सुन्दर शान्त नेपाल परियोजना पर्साको त्रैमासिक संवाद समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ ।
वीरगंजको बसपार्कस्थित कन्ट्रीईन होटलमा भएको कार्यक्रममा संवाद मंच र नागरिक समाज संस्था संचारकर्मीसंग त्रैमासिक बैठक समपन्न भएको हो ।
दलित, सिमान्कृत तथा पिछडा वर्गहरुका समुदायहरुको लागी राज्यले ल्याएको निति नियम बारे त्रैमासिक छलफल तथा संवाद कार्यक्रम समपन्न भएको जन जागरण युवा क्लब बाराले जनाएको छ ।
सुन्दर शान्त नेपाल परियोजना अन्तरगत समपन्न कार्यक्रममा स्थानीय तहमा जाँदा उक्त सेवाबाट दलितहरुको अगुवा भेला गरी सजिलै सेवा प्रवाह गर्न स्थानीय सरकारले उत्तदायी भूमिका निर्वाह गर्नुपर्ने कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।
सुन्दर शान्त नेपाल परियोजना पर्साका संयोजक ओमप्रकाश सर्राफको संयोजकत्वमा भएको कार्यक्रममा दलित र सिमान्कृत समुदायको अधिकार संरक्षित गर्न दलित बस्तीमा अन्तरक्रिया छलफल जस्ता सिपमूलक कार्यक्रम गरी सभ्य र सचेत समुदायको निर्माण गर्न स्थानीय सरकारले अहम भूमिका खेल्नु पर्ने बताएका थिए ।
कार्यक्रममा वीरगंज महानगरापलिकाकी उपमेयर शान्ति कार्कीले दलित तथा सिमान्तकृत समुदायको सिट आरक्षण भएकोले दलित स्कुल ल्याएर मात्र विकास नहुने बताइन् । दलित स्कुलले जातीय बृद्धिको मात्र विकास हुने भएकोले दलित विकासको लागी सबै जातीसंग समायोजन गरेर मात्र शिक्षा दिईयो भने दलित, सिमान्कृत समुदायको विकास सम्भव हुने उनले बताईन् ।
जनजागरण युवा क्लब बाराले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, बहुदरमाई नगरपालिकाकी उपमेयर गायत्री देवी यादव, पत्रकार तुलसी भण्डारी, नागरिक सम्वाद मञ्च पर्साकी सदस्य शोभा धमला, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम लगायतको सहभागीता रहेको थियो । भने कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए ।