वैशाख, जेष्ठ तराईमा विहेवारीका लागी निकै लगन हुने महिना हो, यसै समयमा धेरै परिवार बन्धनमा बाधिन्छन् । भने अभिभावकहरुका लागी समेत चाजो पाजो गरि खर्चिनुपर्ने बाध्यातमक अवस्था हुन्छ । यहि अवस्थालाई साथमा साथ दिन केही मनकारी युवाहरु जुटेका छन् ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका युवा समाज पोखरियाले पकहा मैनपुर गाउपालिका वाड न ३ घर भएको सुरेश साह सोनार, पोखरिया नगरपालिकाको वाड नं. ६ घर भएका जादो लाल राम र वार्ड नं ७ रानीगंज का जोखन साह गोढको घरमा पुगेर चामल, दाल, आलु, चिनी, रिफाईन, सरसोका तेल, पाता, गिलास, सिङ्गारको समान र लाता कपडा लगायत सहयोग गरेका छन् ।
गरिब बिपन्न परिवारको छोरीको बिहेमा साथ र सहयोग पुगोस् भन्ने उदेश्यले स्थानीय नौसाद आलम, भगवान दास तत्वा, सुजित गिरी, राकेश महतो, धर्मेस्वर गिरि, संतोष चौहान, तेज प्रताप चौहान, मनोज गुप्ता, सन्तोष महतो, बबलु सिंह, दिनेश मिश्रा, संतोष तिवारी लगायतको आर्थिक सहयोगबाट एक घरपरिवार बराबर ४५ हजार सम्मको समाग्रि सहयोग गरेको सुजित गिरीले बताए ।