१) तपाईको बाल्यावस्था कस्तो थियो ?
हामीचार दिदीबहिनी एकभाइ थियौं । त्यस मध्ये म कान्छी बहिनी थिए । कोई नेपालगंज, कोई काठमाण्डौं भाई पनि धुलिखेल र म तराईमा साहसी महिला भएर टिकिरहेकी छु । तराईलाई मैले आफ्नो माइती आफ्नो घर सम्झेर बसे म तराई छोड्न पनि चाहन्न । मेरो बाल्यकाल तराईमै बितेको छ र म एकदम खुशी छु कि मधेशको महिला हुँ । मेरो बुबाको घर त्रिसुली र आमा चाहि दार्जलिङ्ग हो । मेरो बसाई बाल्यकाल वीरगंजको विर्ता ४ नम्बर वडामा बितेको र विर्ता मलाई आफ्नो माइतीभन्दा पनि बढि प्यारो लाग्छख । किनभने मेरो बाल्यकालका साथीहरु, दाजुभाईहरु त्यही हुनुहुन्छ । विर्ता आफ्नै माइती जस्तो लाग्छ ।
२) तपाईको मुहारमा जहिले पनि मुस्कान देखिन्छ नि ?
यसको राज भित्रबाटै खुशी हुनु हो । मैले यहाँसम्म पुग्दा खेरी मलाई कहिले पनि नराम्रो भन्ने मान्छे भेटेन । मलाई सबै मान्छेले प्रोेत्साहन नै गर्नु भयो । मेरो दुईवटा छोरीहरु पनि छन् मलाई सहयोग गर्ने । मेरो घर परिवारको मान्छेहरु पनि मेरो सहयोगी छन् । त्यसै भएर होला म एकदमै खुशी हुन्छ ।
३) विवाहपछि तपाईको जिवन कस्तो बित्यो ?
मेरो विवाह १५ वर्षकै उमेर भएको हो । विवाह पछि मेरो जिवन राम्रै भए तर अलिकति संर्घष गर्नु प¥यो । किनभने म क्षेत्री समुदायीको छोरी माइतीको थर बस्नेत हो । यता आएपछि जोशीसंग विवाह गर्दा खेरी इन्टरकाष्ट भएकोे कारण अलिदुःख खेप्नु पर्छ । हाम्रो संस्कृति, संस्कार भिन्न भएको कारण समस्या भएको थियो । सायद मैले आफ्नो थर जोशी नराखेको भए यतिप्रख्यात हुन्दैन थिए होला । मैले बस्नेत हटाएर जोशी राखे ।
४) परिवारमा व्यस्त हुँदा कसरी बाहिर आउने आट गर्नुभयो ?
मैले छोरीहरुलाई राम्रोसंग हुर्काए । एउटा आमाले गर्नुपर्ने कर्तव्यबाट म कहिले हटेन । उनीहरुलाई एकदम राम्रो शिक्षा दिए । उनीहरुलाई आफ्नो जुन नेवारी परम्पराहरु छन् । उसको बारेमा बताए । क्षेत्रीहरुको परम्पराको बारेमा पनि बताए । त्यसपछि मेरो मनमा जहिले पनि हुन्थ्यो । कि सधै गृहणी बनेर बस्न सक्दिन । मलाई जिवनमा केही गर्नु छ । मलाई आफ्नो नाम चिनाउनु छ मलाई अगाडी बढ्नु छ । सबैको माझ आफू गुड्डी जोशी भनरे चिनाउनु छ । आफू सक्षम र साहशी महिला बन्नु छ । त्यस कारणले म बाहिर निस्के । बाहिर गएर पार्लरको नै काम गर्छु भनेर सोच थिएन । घरमा बस्दा खेरी पनि धेरै समाज सेवा नै गर्थे । समाज सेवा भन्नाले हामीलाई समाज सेवा गर्नको लागि हामीले कही जानु पर्दैन । आफ्ना ढोका बाहिर भएको अनाथ, असाहय गरिब आएको छ भने त्यसलाई आफूबाट के सहयोग गर्न सकिन्छ । त्यति गरिदिएमा पनि समाज सेवा हुन्छ । यस्तै गर्दा गर्दै म बाहिर निस्केको छु ।
५) पार्लर संचालन गर्नमा क–कसको साथ छ ?
मलाई आफुबाट केही गर्नुपर्छ । घरमा मात्र श्रीमानको पैसाले समाज सेवा गर्ने होइन । श्रीमानको पैसाले मात्र म राम्रीबन्ने होइन । श्रीमानको पैसाले सबै गर गहना लगाउनु छैन । मलाई केही गर्नुपर्छ भन्ने सोच राखेर बाहिर निस्केको हो । बाहिर आए पछि मैले ट्रेनिङ गरे । घरबाट मैले जानदिनु भएन । हजाम बन्ने होइन, कपाल काट्ने होइन महिला घरमा बस्नु पर्छ । बाहिर गएर कपाल काट्ने सोचेको, हामी बाहिर जान दिदैनौं । तिमीले काम गर्नुपर्दैन । त्यस्ता बाधा अडचन धेरै आए । घरमा भने मलाई कामगर्नु छ । म जिवन भरी घरको काम गरेर बस्न सक्दिन । म गृहणी बनेर घरमा बस्ने महिला होइन मलाई बाहिर जानु छ । दुई पैसा किन न होस् आफ्नो मेहनतले कमाउनु छ । आफु माथि खर्च गर्नु र समाजको लागि केही गर्नु छ । त्यसपछि म बाहिर निस्केको ३ महिनाको ट्रेनिङ गरे त्यसमा मेरो चित्त बुझेन । फेरी म काठमाण्डौं गए र त्यहाँ ढेडवर्ष ट्रेनिङ गरेर ब्युटि पार्लर संचालन गरे ।
६) पार्लर संचालन गर्ने खर्च कहाँबाट आयो ?
केहि पैसा मसंग थियो । केही पैसा आफ्नो गहनाहरु बेचेर त्यही पैसाले मैले एउटा सानो ब्युटि पार्लर खोले । त्यो बेला मैले पानीटंकीमा खोलेको थियो । मेरो पहिलो कमाइ मलाइ याद छ । एक जनादिदी मेरो पार्लरमा आउनु भयो र थे्रडिङ गराउनु भयो । उहाँले भन्नु भयो बहिनी पैसा नचलाउनु र त्यसलाई आफ्नो गल्लामा राख्नु । उहाँले भन्नु भयो तपाई व्यवहार र हात एकदम राम्रो छ । मेरो घरबाटै अनुमति थिएन । त्यसपछि मैले महावीर स्थानमा दुई तल्लामा ७ हजारमा लिए । पैसा ठूलो कुरा होइन । तर मलाई मार्केटमा राम्रो गर्नु छ । सबैभन्दा राम्रो ब्युटिसियन बनेर देखाउछु । त्यसैंले त्यो लिएर मैले पार्लर संचालन गरे । त्यो बेलामा पनि म संग पैसाको कमी थियो । मैले अरुसंग सापटी मागेर गरे तर घरमा मैले पैसा मागिन । पैसा मागेर पनि मेरो श्रीमानले दिदैन्थे । किनभने मलाई पार्लर खोलेर बजारमा बस्ने अनुमति दिनुको थिएनन् । मैले खान लाउनको कुनै कमी थिएन । घरमा सबै भरीपूर्ण परिवारको बुहारी हो । तर पछि गएर मलाई सबै गृहणी बनेर अरुमा निर्भर हुनु पर्छ । त्यो मलाई मेरो मनले कहिले दिएन । त्यसले कारणले मैले यो पार्लर तिर लागेको हो ।
७) पहिला महिला कत्तिको पार्लर जान्थे ?
प्हिला महिलाहरु पार्लरको बारेमात्यति ज्ञान थिएन । यहाँमात्र ८,१० वटापार्लर थियो । पहिला धेरै जनाहरुले कसरी कपाल बनाउने, सिधा कसरी गर्ने, मेकअप कसरी लगाएर हिडने, फेसिअल के हो यो सबै कुराहरुको ज्ञान थिएन । म आफुले पनि भन्छु । मैले गरेर पनि धेरै महिलाहरुले यस बारेमा जानकारी पाए । मैले धेरै जना महिलाहरुलाई ट्रेनिङ्गदिए सक्षम बनाए । आज मेरो विद्यार्थीहरु अमेरीका, अस्ट्रेलिया, लण्डन, इंडिया, संसारका विभिन्न ठाउँमा काम गरेर रोजगारी पाएर उनीहरु खुशी छन् । उनीहरु आफ्नो काममा एकदम खुशी छन् । आफ्नो निजी सेन्टरबाट ८ सय जनालाई सिकाइसकेको छु । वीरगंजमा सिटीभिटी तालिम दिने पहिलो महिला पनि म नै हो । पहिला १५ रुपैयाँमा आइब्रो मिलाउने गरिन्थ्यो । अहिले आएर इन्टरनेटको माध्यमबाट सबैलाई राम्ररी र सुन्दरी बन्ने इच्छा छन् । समयको अनुसार सबै काम भइरहेको छ । पहिलाको तुलनामा हेर्दा खेरी महिला पनि धेरै अगाडी बढिसके छन् । अब हाम्रो देश पनि राष्ट्रपति महिला भएको देश हो । यति धेरैआफु माथि विश्वास गरेको महिलाहरुले कसरी पछाडी परेका छन् ।
८) महिलालाई अझै पनि के गाह्रो छ ?
अहिले पनि हामी जति अगाडी बढे पनि जति सुन्दरी भए पनि जति विश्वासी भए पनि जति ज्ञानी भए पनि हामीले भन्नै पर्छ पुरुष समाज देश हो । पितृ सत्ताले जक्डिएको छ । किनभने आज पनि सराद्ध पुरुषले नै गर्छ । महिलालाई सराद्ध गर्न अधिकार छैन । आज पनि हामीपुरुष समाज देश भन्छौ । तर पुरुष समाज देश भए पनि महिला धेरै एक्टिभ र अगाडी बढिसकेका छन् । जुनदिन मेरो देशमा प्रधानमन्त्री महिला हुन्छ । त्यो दिन हामीले भन्न सक्छौं । हामीलाई पुरुष समाज देश भन्नु पर्ने बाध्यता छैन । महिलालाई सबै क्षेत्रबाट गाह्रो छ ।
९) तपाईले गरेको व्यवसायमा कत्तिको कमाइ हुन्छ ?
पहिलाभन्दा बढि प्रतिस्पर्धा भइसकेको छ । पहिलाको दिदीबहिनी बढि घरमा बस्नु हुन्थ्यो । अब १जना २ जना गरेर धेरै जनाबाहिर निस्किने थालेका छन् । हाम्रो दिदी बहिनी होइन हाम्रो भाइहरु प्नि पार्लरहरु खोलिरहेका छन् । प्रतिस्पर्धा धेरै छ । तर पनि आफुमा आत्मविश्वास हुनुपर्छ । जतिप्रतिस्पर्धा भए पनि म पछाडी पर्नेवाला छैन । मैले आफ्नो समयमा ३ लाख भारु खर्च गरेर मुम्बईबाट पार्लर कोर्स गरेर आएको छु । दिल्लीमा पनि स्किनको कोर्र्ष गरेको थियो । मलाई लाग्छ वीरगंजको लागि म एउटा यस्तो महिला हँु मान्छेहरुले एउटा आइडियल भन्न सक्छ । मैले गरेको व्यवसायबाट राम्रो आम्दानी छ ।
१०) पार्लर, विभिन्न संघ संस्थामा काम गर्न कसरी भ्याउनु भएको छ ?
महिलाले गर्न चाहे भने सबै सबै कुरा गर्न सक्छन् । मलाई धेरै मान्छेले भने किन रक्सौलमा किन पार्लर खोल्नु भएको त्यहाँ धेरै जाम हुन्छ । कति अशुद्ध वातावरण हुन्छ । तर केही गर्छु भन्ने आँट भएको मान्छे त्यसै बस्दैन रहेछन् । मलाई आजपनि लाग्छ कि म अझै पनि केहीगर्न गर्छु । मैले दुबैतिर आफूले सिकाएको स्टाफहरु राखेको छु । त्यस्तो खासै मलाई गाह्रो लाग्दैन । एउटा काम गर्न जोस जागर भएको मान्छेलाई कुनै पनि काम गाह्रो हुदैन ।
१२) अहिले तपाई अरु कुन संघ संस्थामा आबद्ध हुनुहुन्छ ?
म नेपाल भारत मैत्री संघमा, एम्बेसीमा पनि छु र लाइन्स क्लबमा १४ वर्ष भयो । समाज सेवामा काम गर्ने मान्छे । मैले एक्लैले किनगर्नु कुनै संस्थामा लागेर गरौं । मलाई सबैभन्दा राम्रो लाइन्स क्लब नै लाग्यो । म खुशी पनि छु कि म एउटा संस्थामा आबद्ध भएर काम गरिरहेको छु ।