१. बाँझोपनलाई कसरी बुझ्न सकिन्छ ?
बाँझोपन महिलाको मात्र समस्या नभएर दुई दम्पत्तीको नै समस्या हो । पहिलाको बुझाइमा बाँझोपन भन्नाले महिलालाई मात्र दोष दिइन्थ्यो । अहिले महिला र पुरुष दुबै जना समान भएपछि महिलाहरु पनि पढाइलेखाइ र जागिरमा जाने भएकोले दुबै दम्पत्तीको विषय हो । पहिलेको तुलनामा विवाहको उमेर पनि बढेको छ । पहिला २० वर्षमा केटीको विवाह हुन्थ्यो । अहिले २० देखी २५ सम्म केटीको र केटामा २८ वर्षमा विवाह भएको पाइन्छ । जति उमेर बढी भयो शरीर स्वस्थ्य हुन्छ । पढाइले गर्दा, तनाबले गर्दा हर्मोनहरु परिवर्तन भइरहेको छ । कुनै एक दम्पत्ती एक वर्ष परिवार नियोजनको साधन नलिइकन नियमित संगै बस्दै हुनुहुन्छ । एक वर्षमा पनि बच्चा हुन सकेन भने त्यस्तो अवस्थामा बाँझोपन भएको बुझिन्छ । ३५ वर्षको उमेरभन्दा बढीको दम्पत्ती ६ महिनासम्म नियमितसंगै बसेर कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरीकन पनि बच्चा हुदैन भने बाँझोपन भएको मानिन्छ । बाँझोपन दुई दम्पत्ती बीच कुनै एकमा भएको छ भने बुझिन्छ ।
२. महिला र पुरुषमा भएको बाँझोपन कसरी छुट्याउन सकिन्छ ?
महिलामा महिनावारीको गढबढी हुने, हर्मोनहरुको सन्तुलन बिग्रेर नियमित महिनावारी नहुने हुन्छ । कुनै मासु पलाएको, नली ब्लक भएको, पाठेघरको साइज सानो भएको, थाइराइड हर्मोन, प्रोल्याक्टीन हर्मोन बढेमा गर्भ रहन समस्या हुन्छ । महिलामा अण्डकोष बढेमा, ओभरिजमा सिस्ट भएमा र ब्लड जमेमा गर्भ रहन समस्या हुन्छ । पहिला महिलालाई मात्र दोष दिइन्थ्यो । तर पुरुष र महिला दुबैमा ४० प्रतिशत बाँझोपनको समस्या बढेको छ । बाँकीको २० प्रतिशत नर्मल भएर पनि बच्चा जन्माउन सकेका छैनन् । पुरुषमा सामान्यतया कुनै इन्फेक्सन भएको थियो । केटाहरुमा पनि नली ब्लक भएको छ । शुक्रकिटहरु कमजोर भएर, शुक्रकिटहरु कि बन्दै बन्दैन । यो सबै कारणहरुले गर्दा गर्भ रहनमा समस्या हुन्छ ।
३. बाँझोपनको कस्ता लक्षणहरु देखिन्छ ?
विवाह गरेको एक वर्षसम्म पनि कुनै उपचार नगरी बच्चा नबसेको खण्डमा समस्या लिएर दम्पत्ती नै उपचार गर्न आउँछन । त्यो समयमा कहाँ खराबी पत्ता लगाउन थाइराइड हर्मोनको जाँच, भिडियो एक्स–रे , रगत परिक्षण, थाइराइड हर्मोनको मात्रा घटेको वा बढेको छ भने महिनावारी गढबढी हुन्छ । ढिलो–ढिलो महिनावारी हुने, थोरै–थोरै रगत आउने हुन्छ । इन्फेक्सन भएको, पिसाब पोलेको हुन्छ, सेतो पानी, गन्हाउने पानी बगेको हुन्छ । बच्चा बस्न नसकेको समस्या लिएर आउँछन् ।
४. सेतो पानी बग्ने बाँझोपनको लक्षण हो ?
सेतो पानी महिलामा महिनावारी हुनु भन्दा २÷४ दिन अगाडी पनि बग्छ । महिनावारीको बीचमा १४ औं १५ औं दिनमा अण्ड फुटेको समयमा पनि सेतो पानी बगेको हुन्छ । महिनावारी भएको केही दिन पछि पनि सेतो पानी बग्ने हुन्छ । महिनावारीमा सामान्यतया सेतो पानी बगेको हुन्छ । पछि सेतो पानी पहेला पिप जस्तो, हरियो फिज आएको जस्तोे, छेक्रा–छेक्रा भएर आएको हुन्छ । त्यो इन्फेक्सन भएको हो । चिलाउने र गन्हाउने पनि हुन्छ । भने सेतो पानीमा अन्य इन्फेक्सन भएको छ भन्ने बुझिन्छ । सेतो पानी बग्ने महिलामा सामान्य हो । यो बाँझोपनको लक्षण पनि होइन । खास कुनै रोग पनि होइन ।
५.बाँझोपनको उपचार कसरी गर्ने सकिन्छ ?
बाँझोपनको उपचार महासागर जस्तै छ । बाँझोपनको समस्या केमा छ , पत्ता लगाउनु नै मुख्य कुरा हो । महिलाहरुमा नियमित जाँच बाहेकको २÷३ वटा विशेष जाँच गर्नुपर्छ । रगतको जाँचको मात्रा के कस्तो छ । हेमोग्लोबिन के छ, रगतको ग्रुप के छ, थाइराइड सामान्य छ वा छैन, प्रोल्याक्टीन भन्ने हर्मोन सामान्य छ वा छैन, ए एम एच हर्मोनको मात्रा के छ ? जाँच गरेर ति महिलालाई गर्भवती गराउन सकिन्छ वा सकिदैन पत्ता लगाउन सकिन्छ । भिडियो एक्स–रे गर्दा पाठेघर नर्मल खालको छ वा छैन । पाठेघरमा झिल्ली जस्तो छ । कुनै मासु पलाएको छ, इन्फेक्सन भएको छ । पाठेघरमा रगत जमेको छ, ओभरिजमा ठूलो सिस्ट छ, ट्युब ब्लक भएको कारणहरुले गर्दा महिलाले बच्चा जन्माउन नसकेको हो की जाँच गर्नुपर्छ । पुरुषमा सबैभन्दा पहिला शुक्रकिटको जाँच गराउछौं । शुक्रकिट नर्मल मात्रामा छ वा छैन । पुरुषको बच्चा हुनलाई शुक्रकिट ६० देखि १२० मिलियन प्रति एम एल हुनुपर्छ । शुक्रकिट सामान्य छ वा कम मात्रामा छ । पाठेघरसम्म पुग्ने स्वस्थ स्पर्मको मात्रा पनि ६० मिलियन प्रति एम एल हुनुपर्छ । कहिलेकाँही युरो सर्जनबाट पुरुषको नली, कडहरु ब्लक छ की भनेर जाँच गर्नुपर्ने हुन्छ । डिम्बाशयको साइज (हाइड्रोसिल) बढेर गएको छ की ? पुरुषहरु चुरोट, रक्सी,गुट्खा खाने र कुनै कुलतमा फसेका छन की ? कुनै इन्फेक्सन भएको छ की ? जाँच गरेर मात्र बाँझोपनको कारण के हो पत्ता लगाउन सकिन्छ । समस्या के मा हो पत्ता लगाए पछि मात्र औषधी चलाइन्छ । धेरैको गर्भधारण पनि हुन्छ । बाँझोपनको जाँच एक्लै महिलालाई मात्र अस्पताल पठाएर हुदैन । हाम्रो समाजमा सासु वा नन्दहरुले अस्पताल लिएर आउने र उसको श्रीमानलाई घरमा नै राख्ने चलन छ । श्रीमतीको रिपोट नर्मल आउँछ । मुख्य कारण श्रीमानमा हुन्छ । तर उसको जाँच भएको हुदैन । महिलाको उपचार हुदाँ हुदै पनि बच्चा बस्न नसकेको कारण पनि यही नै हो ।
६. बाँझोपन हुन नदिन के कुरामा ध्यान दिनु पर्छ ?
महिलाहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ । जंकफूड, स्पाइसी खाना खानु हुदैन । नियमित फलफूलहरु खाने, स्वस्थ्यकर खानेकुराहरु खाने, नियमित व्यायमहरु गर्ने, ८ घण्टा नियमित सुत्नु पर्छ । विवाहको उमेर २२ वर्षदेखि ३० वर्षसम्म गर्दा कुनै समस्या आउदैन भनिन्छ । चुरोट खाने, अल्कोहल खाने महिलामा, लिभिङ्ग सम्बन्धमा बस्ने महिलाहरुमा, धेरै मानिससंग यौन सम्बन्ध राख्ने महिलाहरुमा इन्फेक्सन फैलिएको हुन्छ । धेरै सरुवा रोगहरुले नली ब्लक गरिदिने हुनाले गर्भ रहने सम्भावना कम हुन्छ ।
७. बाँझोपनको समस्या को मा बढी छ ?
अहिले बाँझोपनको समस्या धेरै नै बढेको छ । अहिले महिला भन्दा पनि पुरुषमा बाँझोपनको समस्या धेरै देखिएको छ । कामको शिलशिलामा विदेशमा छन् । कोही कुलतमा फसेका छन् । कोही धेरै रक्सी,चुरोट खाने छन् । मोवाइल धेरै चलाउदा राम्रो निन्द्रा पनि पुगेको हुदैन । कामको प्रेशरले तनाबमा हुन्छन् । महिलामा जुन समस्या पहिला थियो । अहिले पनि त्यही नै छ । विवाह गर्ने उमेर बढी भएको कारणले महिलामा हर्मोनहरुमा परिवर्तन भएको पाइन्छ । भने महिला भन्दा पनि पुरुषमा नै बढी बाँझोपनको समस्या भएको पाइन्छ ।
८. बाँझोपनको उपचार कसरी हुन्छ ?
बाँझोपनको उपचार मुख्यतया औषधीबाट नै हुन्छ । लगभग ५०÷६० प्रतिशतको रोग पत्ता लगाइसकेपछि औषधी चलाएको ३ महिनादेखि ६ महिनासम्म गर्भ रहन्छ । धेरै समस्या भएमा पाठेघरको मुखमा आएर बस्दा किटाणु जाने बाटो नै छैन भने अप्रेशन नै गर्नुपर्छ । सामान्य हर्मोनको गढबडीले भएको छ भने औषधीले नै हुन्छ । श्रीमानमा नली ब्लक छ,त्यसलाई खोल्न सर्जरी गर्नुपर्छ । यदी औषधीले पनि भएन भने आइ वाई र आइ भि एफ प्रविधिबाट गर्भ रहन सक्छ । कसैको बच्चा लिएर पनि आमा बनेका छन् । त्यसैले अब कसैलाई बाँझो भन्न पाइदैन ।
९.अन्त्यमा के सुझाव दिन चाहनु हुन्छ ?
साधा जिवन, राम्रो जिवन पद्दति छ । कुनै पनि तनाब छैन । राम्रो स्वस्थ्यकर खाना खानु हुन्छ । श्रीमान श्रीमति बीच स्वस्थ्य सम्बन्ध भएमा बाँझोपनको समस्या हुदैन । राम्रो, सुखी परिवारको निर्माण गर्न दुबै दम्पत्तिको महत्वपूर्ण भूमिका हुन्छ । कूलतमा लागेमा पनि बच्चा हुन सक्दैन । त्यसैले धुम्रपान, मद्यपान दुबै दम्पत्तिले नगरौं । महिलाहरुले जैक फूड र स्पाइसी खाना नखाऔं ।