१. बाल्यकालमा माघी पर्वलाई कसरी मनाउनु हुन्थ्यो ?
पहिला माघी पर्व आउनु अगाडीदेखि नै मनमा धेरै खुशी लाग्थ्यो । माघी पर्वमा एकअर्कालाई खुशी बाड्ने काम गथ्र्यौं । घरमा के–के परिकार पाक्छ । साथीहरुलाई सुनाउँदा मन खुशी हुन्थ्यो । नयाँ परिकारहरु, नयाँ कपडा लगाउन पाउने हुनाले बाल्यकालमा माघी पर्व भन्नासाथ अलग्गै उत्साह छाउने गथ्र्यो । हजुरआमा, आमाले रातभर पकाएका खानेकुराहरु माघ १ गते मात्र खान पाइन्थ्यो । थारु समुदायमा पुषमा बनाएका लड्डु परिकारहरु माघ १ गतेभन्दा अगाडी खान मिल्दैन । जस्तो सुकै जाडो, हुस्सु, कुहिरो भए पनि माघ १ गतेका दिन बच्चादेखि वृद्धसम्म सबैले नुहाएर सूर्यको पूजा, दान गरेर मात्र पुषमा पकाएको परिकार खान पाइन्छ । अहिले समाज आधुनिकता तर्फ गएको छ । पुराना कुराहरुलाई खासै विश्वास गर्दैनन् । अहिले माघीलाई कसैले खिचडी, मकर संक्रान्ति, रौतहटमा तिला संक्रान्ति भन्ने गरिन्छ । बाल्यकालमा बिहान उठ्ने बित्तिकै नुहाएर नयाँ कपडा लगाएर अघिल्लो दिन पकाएको परिकार छिटो को खान जाने भनेर प्रतिष्पर्धा हुन्थ्यो । यो क्षण सम्झँदा आज पनि बाल्यावस्था भै दिएको भए हुन्थ्यो भन्ने लाग्छ । माघी पर्वमा थारु समुदायको नयाँ वर्ष भएकोले खानेकुरा लगायत सबै नै समानहरु नयाँ चलन गर्नु पर्छ भन्ने मान्यता छ ।
२. माघी पर्व मनाउनुको कारण के हो ?
२०८१ को माघी पर्व थारु सम्वत् २६४९ औं वर्षको रुपमा मनाउदै आइरहेका छौं । योभन्दा अगाडी पनि माघी पर्व मनाइन्थ्यो । तर त्यसको कुनै दस्तावेजीकरण भएको थिएन । माघी पर्व थारु समुदायको महत्वपूर्ण पर्व हो । थारुहरुको नयाँ साल कपडादेखि सबै कुरा नयाँ नै प्रयोग गरेर मनाइदै आएको छ । जाडोकोे समय सकियो, वसन्त ऋतु लाग्दै छ, सूर्य दक्षिणबाट उत्तरतिर उदाउदै छ । उत्पादन गरेको अन्नबाली भण्डारण गर्ने समय भयो भनेर खुशी हुने दिन भएकोले यो पर्वलाई उत्साहले मनाइन्छ । पहिला विवाह गरेको छोरी, चेलीहरुको घरमा पुषमा बनाएको परिकारहरु लिएर फागुनको होलीसम्म कोसेलीको रुपमा लिएर अनिवार्य जानु नै पर्छ । भुजाको ठूला–ठूला लड्डुका साथै चामलको पिठोबाट सटौरा (कसार) पनि बनाइन्थ्यो । अहिले सटौरा बनाउने चलन हराउदै गयो । प्रायजसो तिल, भुजाको लड्डु मनपराउने भएकोले अब कसार बनाउन छोडिसकेका छन् ।
३. माघी पर्वको इतिहासको बारेमा बताइदिनुस् न ?
माघी पर्व परापूर्वकालदेखि मनाउदै आइरहेको पर्व हो । पुषमा पाकेका खानेकुरा माघमा खाने परम्परा रहेको छ । केही वर्ष यता २०५०÷०५१ सालमा परम्परालाई बिर्सदै युवाहरुमा आधुनिकता तिर सोच गएको थियो । थारु संस्कृतिहरु बिर्सदै गइरहेको थिए । माघी पर्वले गर्दा धेरै सस्कृति मनाउदै आइरहेका छौं । बारा, पर्सा, रौतहटका थारु समुदायले घरघरमा माघी पर्व मनाउने गरेका थिए । तर महोत्सवका रुपमा भने माघी पर्व १ दिन २०५८ सालदेखि वीरगंजमा मनाउदै आइरहेका छांै । अहिलेका धेरै युवाहरुलाई आफ्नो जातको भेषभुषा र परिकारको बारेमा ज्ञान छैन । पुर्खाहरुले पनि आउने युवा पिडीहरुलाई संकार संस्कृतिको हस्तान्तरण गर्न जोड दिएको थिएन । युवा पिडीहरुले संस्कार र संस्कृतिको बिर्सिरहेको थियो । सानो हुँदा दिदी बहिनीहरुले गाउँमा सामा चखेवा, घाटो, झम्टा, गौरा पर्व जस्ता थारु समुदायका सस्कृतिहरु छोड्दै आएरहेका छन् । जसरी गाउँबाट शहरतिर पलायन हुन सुरु भयो । सबै आफ्नो संस्कृतिहरु मनाउने तरिका बिर्सिएका छन् ।
४. रितिरीवाज, धर्म, संस्कृतिलाई जोडिरहन किन आवश्यक छ ?
संस्कृतिलाई जोगाएर राख्न आवश्यक छ । हाम्रो धर्म, संस्कृति र रितिरीवाजले नै समाजमा चिनाउन मद्दत गर्छ । अहिले समाजमा सबैलाई समान देखिन्छ । यदी आफ्नो जातिको धर्म, संस्कृति र रितिरीवाजको बारेमा नजानेको व्यक्तिलाई थारु समुदायको भनेर कसैले चिन्न सक्दैन । सबै समुदायको आ–आफ्नो संस्कृतिहरु छन् । थारु समुदायको पहिचानलाई बचाइ राख्न थारु समुदायको संस्कार,संस्कृति, रितीरीवाजलाई संरक्षण गर्दै युवा पिडीमा हस्तान्तरण गर्दै जान आवश्यक छ । रतनदेव पर्व, सामा चखेवामा दिदीबहिनीहरुले आफ्नो भाइको राम्रो स्वास्थ्यको कामना गर्दै मनाउने गरिन्छ । अहिले यि सबै संस्कृति लोप भइरहेको छ । अविवाहित छोरीहरुले गौरा पर्व मनाइरहेका छन् । गाउँमा पनि यि सबै पर्वहरु लोप हुदै गएको छ ।
५.यो वर्षको माघीमा कस्ता योजनाहरु छन् ?
२०५८ सालबाट वीरगंजमा बसोबास गर्ने बारा, पर्सा, रौतहटका सबै थारु समुदायहरु मिलेर टिम बनाएर माघी पर्व मनाउदै आएको छौं । बारा, पर्सा, रौतहट थारु नागरिक समाजको गठन भयो । यसको संयोजक परमानन्द चौधरी हुन् । ३ जिल्लाको थारु समुदाय मिलेर माघी पर्व मनाउने थालेका हौं । सबै जिल्लाको पर्साको संयोजक हुदाँ रौतहटको प्रमुख अतिथि हुनुपर्छ । बाराको संयोजक हुदाँ पर्साको प्रमुख अतिथि हुनुपर्छ । रौतहटको संयोजक हुदाँ पर्साको प्रमुख अतिथि हुनुपर्छ । हरेक वर्ष पालोपालो गरेर कार्यक्रम गर्ने गरेका छौं । हरेक वर्षको जस्तै खानाको स्टलहरु, सांस्कृतिक कार्यक्रम, थारु सांस्कृतिक झाकीहरु प्रर्दशन गर्ने व्यवस्था गरिएको छ ।
६. कस्ता परिकारहरु विशेष गरेर पाइन्छ ?
मिठाइको रुपमा लड्डुहरु हुन्छ । त्यसको अलवा पनि स्पेशल खाना हुन्छ । घुगी, परेवाको मासु, हाँसको मासु पाइन्छ । पहिलादेखि नै घरमा परेवा र हाँस पाल्ने गरिन्थ्यो । अहिले पनि गाउँघरमा बस्ने पाका उमेरमा आमाहरुले पालिरहेका छन् । कहिले आपत परेको बेलामा, पाहुनाहरु अचानक आइदिदा तुरुन्त परेवा, हाँस काटेर बनाएर खुवाउने चलन छ । माघी पर्वमा ठूला–ठूला माछालाई राख्दैनौं । साना माछाको मुरगी, पौवा बनाएर राखेको हुन्छ । सबैलाई काम बाड्फाड गरेका छौं । माघी मूल समारोहको संयोजक, आर्थिक संकलनको संयोजक, परिकारको व्यवस्थापन स्टलको संयोजक, स्टेज व्यवस्थापनको संयोजक अलग–अलग हुन्छ ।
७. खर्चको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
माघीलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । पर्व मनाउदाँ खर्च हुन्छ भनेर कहिले पनि आत्तिएका छैनौं । थारु समुदायमा पनि व्यपारीहरु छन् । उहाँहरुले सहयोग गर्नुहुन्छ । विद्यालयहरु केही सहयोग गरिदिनु हुन्छ । पहिला पुरानो बसपार्कमा गरेका थियौ । अघिल्लो वर्ष आदर्शनगर स्वीमिङ्ग पूलमा कार्यक्रम गरेका थियौं । यो वर्षको कार्यक्रम पनि आदर्शनगर स्वीमिङ्ग पूलमा नै हुन्छ ।
८. पहिलाको तुलनामा कार्यक्रममा उपस्थिति कत्तिको हुन्छ ?
कार्यक्रममा आउने जानेको क्रम जारी नै हुन्छ । तर पनि ५ हजारको संख्यामा उपस्थिति हुन्छन् । सांस्कृतिक कार्यक्रम पनि हुन्छ । यसमा बलिउड, हलिउड कुनै किसिमको गितहरुमा नृत्य हुदैन । थारु संस्कृतिको संरक्षण गर्नका लागि थारु संस्कृति झल्काउने गितहरुमा मात्र नृत्य हुन्छ । थारु समुदायमा नृत्य गर्ने बच्चाहरुलाई पनि हाम्रो संस्कृति हो भनेर जानकारी होस् । विद्यालयहरुलाई पनि सांस्कृतिक कार्यक्रमको जिम्मेवारी दिएको छ । सबै विद्यालयले अलग–अलग गितमा नृत्य गर्छन । सामा चखेवा, झाम्टा प्रर्दशन पनि राखिएको हुन्छ । थारु समुदायका पुरानादेखि आधुनिक गितहरुमा नृत्य प्रस्तुति रहेको हुन्छ । थारु समुदायको परम्परागत गरगहना, भेषभुषा र पहिरनलाई संरक्षण गर्न सक्कली गहना(चाँदीको) नभए पनि रेडिमेट गहनाको पनि प्रयोग गरिन्छ । तर यसले पनि परम्पराको संरक्षणमा नै जोड दिन्छ । केही चाँदीको गहनाहरु पनि संरक्षण गरेर राखेका छौं ।
९.अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामी आफ्नो उत्पादनलाई भन्दा पनि आधुनिक उत्पादन सामाग्रीहरुलाई प्राथमिकता दिएर गरिब भएका छन् । पहिला घुगी जताततै पाइन्थ्यो । पहिला थारु समुदायले मात्र घुगी खाने गर्थे । अहिले सबै समुदायले खान सुरु गरेका छन् । घुगी यस्तो तरकारी हो जसले धेरै रोग लाग्नबाट बचाउँछ । घुँगी खानलाई डाक्टरले नै सल्लाह दिएको छ । घुँगी खानाले हाइड्रोशिल, हर्निया जस्ता धेरै रोगहरु लाग्दैन । आयुर्वेदिक रुपमा पनि हामीले खाएको खानाले बचाएको छ । तराई महामारी फैलदा सबैभन्दा बढी थारु समुदायको मानिसहरुको मृत्यु भएको थियो । पुर्खाहरु धेरै विज्ञ थिए । उहाँहरुले धेरै जडिबुटीहरुको प्रयोग गरेर थारु समुदायका मानिसहरुलाई बचाएका छन् । थारु समुदायले खाने गंगटोको रगतबाट कोरोना भाइरसको भ्याक्सिन बनेको छ । पहिला आमाहरुले गंगटो र घुगी खोजेर ल्याउनु हुन्थ्यो । हामी पढेर स्कूलबाट आएपछि माछा मार्न जान्थ्यौ । हामी माछा, गंगटो, घुगी किनेर खादैनथ्यौ । तर अहिले हामी किनेर खान्छौं । अहिले रसायनयुक्त खानाले गर्दा ३५ वर्षमा नै हार्ट अट्याक भएको छ । सुगरको समस्या बच्चादेखि नै हुने देखिन्छ ।