माघी पर्व परम्परादेखि नै मनाउदै आइरहेका छौं । हामी पनि आफ्नो पुर्खाहरुले जोगाएको मनाउदै आएको पर्व हो । माघी पर्वको एक दिन पहिला नै तिलहरु शखरमा बनाएर राखिन्छ । विभिन्न परिकार, तिल बनाएर राख्छौं । घरमा विवाह भएको दिदी,बहिनीहरुको घरमा कोसेलीको रुपमा पढाइने पनि गरिन्छ । माघी पर्वलाई विभिन्न नामले पनि चिन्ने गरिन्छ । माघीको दिन घरको ठूलो सदस्यले नाङ्लोमा चामल,दाल,नुन,अदुवा, तिल परिवारको सबै सदस्यलाई राखिन्छ । घरको सदस्यहरु नुहाएर आएरपछि आफ्नो भाग छुने गर्छन । परिवारको सबै सदस्यले समानहरु पंडितलाई दिने गरिन्छ । त्यो दिन थारु जातिको लागि धेरै ठूलो दिन हो । यो दिन रमाइलो गर्ने । माछा, मासु, घुगीहरु खाने गरिन्छ । त्यो दिन घरको छोरीहरुको ससुरालीमा माछा र तिल पठाइन्छ । त्यो दिन रमाइलो गर्ने, घुम्ने आफू स्वतन्त्र भएको महशुस पनि हुन्छ । परम्परादेखी मनाउदै आएको पर्व यसपाली पनि रमाइलो साथ मनाउने आशा छ ।
हामीले सानैदेखि मनाउदै आएको माघी पर्वलाई अहिले धेरै सव्य र भव्य तरिकाले मनाउने गरेका छन् । हामी गाउँघरमा बस्ने मानिसहरुले मनाउने माघी पर्व र शहरमा मनाउने माघी पर्वमा फरक रहेको छ । ठाउँ अनुसार परम्परा र रितिरीवाज रहेको महशुस भएको छ । हामीले आफ्नो पर्वलाई विभिन्न कार्यक्रमबाट भव्य तरिकाले मनाएर अझै जनमानसमा पर्वको महत्व बुझाउनु पर्छ । प्रजातन्त्र र लोकतन्त्र आएपछि माघ १ गते विदा दिने गरेको छ । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । यो पर्वलाई मकरसंक्रान्ति,माघी पनि भन्ने गरिन्छ । विशेष गरेर यो चितवन र पश्चिमका जिल्लाका थारुले यताको भन्दा बढि सव्य र भव्य रुपले मनाउने गर्छन् । वीरगंजको आर्दशनगरमा माघी पर्वमा भव्य कार्यक्रम गरिन्छ । त्यसमा विभिन्न प्रकारको खाना तथा थारु समुदायको कपडाहरु पाइन्छ । पहिलाको माघी र अहिलेको माघीमा धेरै परिवर्तन देखेका छौं । पहिलाको माघी पर्वमा लगाउने लुगा र गहना अर्कै थियो । अहिले आएर केही परिवर्तन भएको देखिन्छ ।
थारु समुदायले माघी पर्वलाई नयाँ वर्ष जस्तै मनाउने गरिन्छ । माघी पर्वका दिन कार्यक्रममा थारु पोशक लगाइन्छ । थारु गितमा नृत्य पनि गरिन्छ । सेतो लुगामा हरियो धरको भएको लुगा र चाँदीको गहनाहरु पनि लगाउने गरिन्छ । घरमा भएको भगवानको पुजा हुन्छ । हामीले धेरै रमाइलो गछौं । यो पर्व मात्र एक दिन होइन ५ दिन रहन्छ । यसमा घरको मानिसहरु घुम्न जाने राम्रो खाना बनाएर खाने, आफू स्वतन्त्र भएको पनि महशुस हुन्छ । हामीलाई यो पर्वलाई सबैको साथ मिलेर मनाउनु पर्छ । थारु समुदायको संस्कृति संस्कार झल्काउने पर्व भएकोले महत्वपूर्ण हो । माघी एउटा पर्व नभएर आदिवासी जनजातिको पहिचान पनि हो ।
माघी पर्व हाम्रो पुर्खाहरुदेखि मनाउदै आएको महान पर्व हो । यसमा पुष २९ गते पकाएको माघमा खाने चलन छ । विभिन्न किसिमको परिकारहरु जस्तै तिल, भटमास, मकै लड्डुहरु बनाएर खाने गर्छौ । त्यो बनाएको परिकारहरु आफ्नो चेलीबेटीहरुलाई कोसेलीका रुपमा दिने गछौं । हरेक वर्ष आफ्नो संस्कृति जागरण गर्नको लागि हाम्रो ठाउँ कहिले पुरानो बस पार्क, आदर्श नगरमा हुने गरेका छन् । तर यसपाली विशेष गरेर स्वीमिङ पुलमा हुदैछ । वीरगंजमा होइन अब गाउँतिर पनि मनाउदै छन् । जिराभवानी गाउँपालिका,पर्टेवा सुगौली, र पर्सा जिल्ला लगायत बारा पनि माघी पर्वको कार्यक्रम हुदैछ । माघी पर्वको एक दिन अगाडी आफ्नो घर सबै सफा गरेर नयाँ सालको रुप मनाउन गछौं । त्यो चोखो भएर सबै काम गरेर पूजा पाठ गरेर चामल, दाल, आलु, प्याज जे जति घरमा प्रयोग गर्ने समानहरु हुन्छ । त्यो समानहरु स्नान गरेर छुनु पर्छ । त्यो छोए पछि अर्को कुनै काम गर्न पाउँछ । त्यो सबै समान गरिबहरुले दिने चलन छ । यसपालीको कार्यक्रम भब्य रुपमा मनाउने प्रयास छ । हाम्रो थारु समुदायको संस्कृतिहरु लोप नहोस् भनेर सबै कार्यक्रमहरु भइरहेका छ । विशेष गरी यो थारु समुदायको पर्व भएकोले थारु समुदायलाई नै लक्षित गरेर यस्तो कार्यक्रम आयोजना गरेका छौं । हामीले अहिले माघी पर्व मनाउँदा आउने भावी सन्ततिले पनि सिकोस्, यो संस्कृति कहिले लोप नहोस् भन्ने खालको पनि हाम्रो मान्यता छ । यसमा थारुले लगाउने गहना र सेतो लुगा हरियो पार भएको हुन्छ । पहिलाको भन्दा पनि अहिले धेरै राम्रो तरिकाले यो पर्वले मनाउने गरेका छन । हाम्रो थारु समुदायले मात्र माघीमा होइन अरु दिनहरु पनि कार्यक्रम गर्दा अझै प्रभावकारी हुन्थ्यो ।
माघी पर्व पुर्खौपुर्खादेखि मनाउदै आएको परम्परा हो । थारु समुदायमा नयाँ साल भनेर चिन्दै आइरहेका छौं । थारु समुदाय २६४९ औं वर्ष हामी मनाउन गइरहेका छौं । माघी पर्व एउटा समुदाय नलिइकन सबैलाई समेटने गरी साथ साथै हामी आदीवासी जनजाती समुदायमा छौं । त्यसले गर्दा विभिन्न किसिममा परिकार पुष मसान्तको दिन मनाइन्छ । माघ १ गते सबै जना एक जुट हुन्छौं । हामी ठूलासंग आर्शिवाद लिन्छौं, सानोलाई माया गछौं । यसै गरी हामी माघी पर्वको महत्वहरु आ–आफ्नो परिभाषाबाट विभिन्न वक्ताहरुले दिने गरेका छन् माघ १ गते का दिन नयाँ पर्वको उपलक्ष्यमा मनाउने गरेका छौं । माघ महिना मात्र होइन हामीले यसमा रिसाएका, बिर्सेका,रुष्ट भएका जति पनि हाम्रो नातेदारहरु, साथीहरु सबै यो पर्वमा बिर्सेर एक ठाउँमा एक जुट भएर हिडने परम्परा हो । यसलाई सव्य र भव्य तरिकाले प्रत्येक वर्ष मनाउने आ–आफ्नो कार्यक्रम योजना बन्छ । हामी विभिन्न संस्कृति झल्कने थारुहरुको पोशाक, गहनाहरु, विभिन्न थारु गितहरु, धारावाहिक परम्पराहरु नाटकिय प्रस्तुत कार्यक्रम योजना गरेका हुन्छौं ।
माघी २०८१ र थारु २६४९ औं को माघ १ गते मनाउने पूर्व तयारीमा छौं । वीरगंजमा माघी जुन मनाइन्छ । नेपाल अधिराज्यको सबै ठाउँमा माघी पर्व मनाउने गरिन्छ । तर अरुको भन्दा थारु समुदायको अलि पृथक हुन्छ । किनभने हरेक साल हामीले कुनै न कुनै एउटा सन्देश माघीले बोकेको हुन्छ । माघी पर्व थारुहरुको नयाँ सालको रुपमा पनि मनाउने गछौं । २२ वटा जिल्लामा नै मनाउँछौं । काठमाण्डौंमा पनि विशेष प्रकारले मनाइन्छ । यसपाली मात्र हैन विगतको केही वर्षदेखि हरेक जिल्लामा, पालिकाहरुमा पनि मनाइरहेका छन् । हाम्रो मुल उद्देश्य समुदायमा ओझेलमा रहेका दाताहरु, हाम्रा सन्ततिको लागि, समाजको लागि धेरै ठूला काम गरेका छन् । त्यस्ता ओझेलमा परेका व्यक्तिवहरुलाई बोलाएर उहाँहरुले सम्मान गर्ने हो । । आप्mनो समुदायलाई आउने भविष्यमा सन्ततिलाई अग्रजहरुले समाजका लागि गरेको कामको सम्मान गर्न सन्देश पुगोस् भन्ने माघीको एजेन्डा हो । बारा, पर्सा ,रौटहट तीन जिल्लाका थारुहरु मिलेर मनाउने गछौं । यहाँ धेरै जिल्लाका थारुहरु बसोबास गर्छन् ।
माघी पर्व थारु समुदायको लागि नयाँ वर्ष हो । परम्परादेखि थारुहरु प्राय जसो खेतिपातीमा निर्भर रहेको पाइन्छ । उनीहरुले आफ्नो धानबालीलाई काटेर घरमा भित्रियाउँछन् । आफ्नो पुरानो हिसाबलाई पुरा गरेर थन्काएर माघ १ गतेदेखि नयाँ कारोबारको पनि सुरुवात गर्छन् । गाउँमा कुनै पनि नयाँ काम गर्दा माघ १ गतेदेखि गर्ने मान्यता पनि छ । थारुहरु खानाको परिकारमा एकदम सोखिन हुन्छन् । माघीमा माछालाई बढि प्राथमिक्ता दिन्छौं । विभिन्न किसिमका माछा, मासुहरु, मिठो खानेकुराहरु हुन्छ । नयाँ आन्नदी धानको किचरलाई विशेष प्राथमिकताका साथ परिकार बनाएर खाने र थारुहरुको मौलिकता झल्किने खानाहरु हुन्छन् । हामी आन्नदी चामलको भात बनाएर माघ १ गते किचरको रुपमा खाने गर्छौ । हामीले आफन्तहरुलाई आफ्नो घरमा बोलाएर खाना खुवाउने गर्छौ । आप्mनो छोरी, बहिनीको घरमा कोसेली पठाउने गर्छौ । आफ्नो संस्कृति नाच देखाएर रमाइलो गछौं । हाम्रो परम्परादेखि नै मनाउदै आइरहेका र यसमा विशेष गरेर नयाँ वर्ष भएको नाताले थारुले बढी प्राथमिकताका साथ मनाउदै आइरहेका छौं । अहिले यसलाई शहरको मानिसहरुले पनि धेरै शव्य र भव्य तरिकाले मनाइरहेको पनि पाइन्छ ।
आदिवासी थारु समुदायको माघी पर्वलाई थारु नयाँ वर्षको रुपमा मनाउने गर्दछौं । यस पर्वले थारुको कला, संस्कृति पहिचान र संगसंगै हामी थारुहरु एक छौं भन्ने नाराले पनि दर्साउदै छौं । हामीले बारा, पर्सा, रौतहटमा भएका जति पनि थारु समुदायका व्यक्तित्वहरु जो वीरगंजमा छन् । सबैलाई समेटेर वीरगंजमा कार्यक्रमको आयोजना गर्दछौ । उक्त कार्यक्रममा थारु भेषभुषामा थारु भाषाको गित प्रस्तुत गर्ने गर्छौ । संस्कृतिक झलक जस्तै थारुको घाटो, झम्टा, सामा चखेवा जस्ता झाँकीहरु देख्न पाइन्छ । उक्त कार्यक्रममा हामीले थारुको खानाको परिकारहरुलाई पनि प्रस्तुत गर्दछौं । यसरी नै हर्साेहुल्लासको साथ माघी पर्वको दिनलाई मनाउने गर्दछौं । परम्परागत हिसाबले हेर्ने हो भने थारुको नयाँ वर्ष भएको कारणले यस दिन थारुहरुले आफ्नो परिवारको साथ खुशियालीका साथ मनाउँछौं ।