मुस्लिम बालिकाहरुको लागि शैक्षिकस्तर उकास्न भनी संचालनमा ल्याएका मदरसा अहिले स्थानीय सरकार मातहतमा आएका छन् । स्थानीय सरकार मातहतमा आएपछि मुस्लिम बालिकाहरुको शैक्षिकस्तर पनि सुधार भएको पाइएको हो ।
मदरसा दर्तामा आएको नतिजाहरुले मुस्लिम बालिकाहरुको शैक्षिक स्थितिमा व्रmमिक सुधार भएको तथ्य फेला परिरहेको छ । २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार वीरगंज महानगरपालिका भित्र २१ प्रतिशत मुस्लिम महिला रहेका छन । तिनीहरुको शैक्षिकस्तरमा आधुनिक शिक्षा दिनको लागि नेपाल सरकारले मदरसाहरुलाई दर्तामा लिने गरेको छ । जस मध्ये वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा अधिकृत आनन्द लामिछानेका अनुसार महानगर अन्तर्गत १२ वटा मदरसा दर्तामा छन् । तर दर्ता नै नभएका धेरै मदरसा तथा मोखतब (धार्मिक पाठ सिकाउनका लागी खोलिएका कक्षाहरु) रहेको पनि पाइएको छ । जुन जानकारी मै छैनन्, अनुगमन पनि गरिएको छैन । वीरगञ्जमा माविस्तरको मदरसा २ वटा मात्र रहेको महानगरको तथ्याँकमा उल्लेख छ । वीरगंज महानगरपालिका वडा नंम्बर १४ गण्डक बहुअरीमा रहको मदरसा तौहिदुल इस्लाम सल्फिया माध्यमिक विद्यालय वि.स. २०४८ सालमा स्थापना भएको प्रधानाध्यापक अकबर हवारीले बताए । उनी गएको ३ वर्षबाट सो मदरसाको प्रधानाध्यापक रहेका छन् । त्यति बेला महानगरपालिका भित्र दर्ता गर्ने यसको व्यवस्था थिएन । हालको शिक्षा विकास तथा समन्वय एकाइ र त्यति बेलाको जिल्ला शिक्षा कार्यालय थियो । त्यसमा विधिगत रुपमा दर्ता भएको मदरसा अहिले स्थानीय सरकार मातहत आएका छ । पहिला समुदायिकभन्दा खेरी यहाँका केहि अगुवा, समाजसेवी र शिक्षा प्रेमी सहमद अंसारीले यो मदरसाको स्थापना गर्नको लागि डेढ कठ्ठा जमिन दिएकोे प्रधानाध्यापक अकबर हवारीले बताए । त्यसपछि यहाँका स्थानियहरुले चन्दा संकल्न गरेर मदरसा केहि मुफ्ती मौलानाहरु राखेर मुस्लिम बालिकाहरुलाई धार्मिक शिक्षा दिन थालेको थियो । यो मदरसा वि.स २०६६ सालमा सरकारको मातहतमा आएपछि नेपाल सरकारको करिकुलम पुर्णरुपमा यो मदरसामा पनि लागु भएको प्रधानाध्यापक हवारीको तर्क छ ।
स्थानीय विषयमा हामी उर्दु, अरबी, इस्लामियात र दिनियात जस्ता विषयहरुलाई ऐच्छिक विषयका रुपमा राखेर विद्यार्थीलाई पढाउँछौं । नेपाल सरकारबाट विधिगत रुपमा दरबन्दिको व्यवस्था गरेको छैन । तर पनि परम्परागत शिक्षा प्रणालीको लागि नेपाल सरकारले एकमुष्ट अनुदानको व्यवस्था गरिएको भए त्यो अनुदान भनेको हरेक वर्षको अलग भएको प्रअ हवारीले बताए । वि.स २०७९ सालमा १० लाख अनुदान आएको र आर्थिक वर्ष ०८०÷८१ मा ५ लाख अनुदान आएको छ । त्यो अनुदानबाट तिन जना धार्मिक विषय पढाउने मौलाना राखेको बताए । स्थानीयस्तरमा १ देखि लिएर १० सम्मको फस्ट टरमिनल, सेकेन्ड टरमिनल, थ्रड टरमिनल गरेर परिक्षा लिने गरेको छ । स्थानिय बोर्ड कक्षाको वीरगंज महानगरपालिले विषय विषेशयज्ञबाट उर्दु, अरबी, इस्लामियातको प्रश्न पत्र बनाएर दिने गरेका छ । एस.ई.ई मा उर्दु विषयको परिक्षा नेपाल सरकारले विगत ५ वर्षदेखि लिदै आएको छ । प्रधानाध्यापक हवारी भन्छन्’ । २०८० सालमा हाम्रो विद्यालयबाट पहिलो पटक एक जना छात्रा समिरा कौलले एच्छिक विषयको रुपमा दुई वटा धार्मिक विषयको परिक्षा दिएको प्रमाण छ”।
मदरसामा ६० प्रतिशत छात्रा र ४० प्रतिशत छात्र छन् । पहिला मदरसा सरकारको मातहतमा भए पनि शुल्क लाग्थ्यो । शुल्क लाग्दा पनि जुन छात्रा सक्षम थियो त्यो आन्थ्यो । मदरसामा जुन समक्ष थिएन त्यसलाई समस्याको रुपमा रहेको थियो । तर जुन बेलादेखि महानगरपालिकाले पुर्ण रुपमा शुल्क विहिन गरेको थियो । त्यति बेलादेखि मदरसामा बालिकाको चाप बढेको र बालिकाहरुको ड्रपआउट पहिलाभन्दा सुधारात्मक स्थितिमा भएको प्रस्तुत तथ्यांकले देखाएको छ । २०७८ मा कक्षा १० मा ५१ जना मध्ये चार जनाले ड्रपआउट गरेका थिए । २०७९ मा ५० विद्यार्थी मध्ये तीन जनाले ड्रपआउट गरेको थिए । २०७७ सालमा कक्षा ९ को ७७ विद्यार्थीमा नौ जना विद्यार्थीले ड्रपआउट गरेका थिए । २०७८ मा सोहि कक्षाको ५६ विद्यार्थी मध्ये दश जना विद्यार्थीले ड्रपआउट गरे । पढाई छाड्नेको संख्या कम भएको त छ । तर पुरै शून्य भने भई नसकेको सो मदरसाले जनाएको छ । पहिला बालिकाहरु एस.इ.इ परिक्षामा धेरै न्युन संख्यामा सामिल हुन्थ्यो । तल्लो कक्षामा नै उनीहरुको विहे भइहाल्थ्यो । तर अहिले विभिन्न किसिमको कार्यक्रमले गर्दा अभिभावकहरुको र बालिकाहरुको मानसिकतामा परिवर्तन भएको प्र.अ.हवारीले बताए । मुस्लिम समुदायमा बाल विवाहमा बढि जोड दिइन्थ्यो ।
त्यो समाजको यस्तो किसिमको समस्यालाई देखेर उनले विभिन्न संस्थाहरुसंग समन्वय गरेको बताए । ती संस्थाहरुको सहयोगमा यहाँका अभिभावक तथा विद्यार्थीहरुलाई यसको बाल विवाहको बारेमा तालिम दिएको कुरा बताए । मदरसाहरु सरकारको मातहतमा आएर राम्रो शिक्षकहरु, विभिन्न किसिमको समानहरु, दिवा खाजा, सेनेटरी प्याडहरु यो सबै कुराले गर्दा छात्राको ड्रप आउटमा धेरै कमी आएको जनाइएको छ ।
पहिला यहाँको छात्राहरुले कुनै पनि कार्यक्रममा भाग लिदैन थिए । तर म आए देखि मेयर कप हुँदा खेरी वा महानगरले जुन सुकै कार्यक्रम गर्दा खेरी हाम्रो यस मदरसाको विद्यार्थीहरुले सय प्रतिशत भाग दिने गरेका छन् । धर्मले अनुशासन कायम गर्छ, धर्म र संस्कृति हामीले बनाउने हो । हाम्रो जुन संस्कृति रहेको छ त्यो संस्कृति प्रति हामी अटल रहेका छौं । त्यो धर्म संस्कृतिलाई समेटेर नै मदरसाका छात्राहरु जुनसुकै कार्यक्रममा भाग लिदा खेरी सम्यमित र सभ्य भएर त्यहाँ भाग भाग लिन्छ । यहाँ मदरसाबाट पास गरेका विद्यार्थीहरु विभिन्न संघ सस्थामा काम गरिरहेको प्र.अ. हवारीले बताए ।
त्यस्तै दर्ता भएको मदरसामा विभिन्न किसिमको सुविधा सरकारले प्रदान गर्ने गर्दा विना दर्ता भएको मदरसालाई मुस्लिम समुदायको मान्छेहरु संचालन गरेका छन् । जस मध्ये वीरगंज महानगरपालिका वडा नं.२ मा पर्ने मदरसा ईदुल जुमन रहमानिया रहेको छ । यस मदरसामा विगत १० वर्षदेखि पढाउदै आएका महम्मद अबुलैस कासमी रौटहड जिल्लाको ११ नम्बर वडामा घर भए पनि उनी यहि वडा नम्बर २ को मस्जिदमा नमाज पढाउने र मदरसाको बच्चाहरुले पढाउने काममा संलग्न छन् । २०६३ सालमा मदरसा र मस्जिद दुवैसंगै स्थापना भएको मौलानाले बताए । यस मदरसामा ९० जना विद्यार्थी छन् । जस मध्य छात्राको संख्या सबैभन्दा बढिरहेको उनको भनाइ छ । विद्यार्थीहरुलाई धार्मिक किताबको हिसाबले कक्षा निर्धारण गरेर अध्ययन हुने गरको खुलेको छ । धार्मिक किताबमा अमा पारा, नुराइनी कैदा, मक्दादी कैदा, त्यसपछि कुरआन यो सबै अलग अलग गरेर पढाउने गरेको भेटिएको छ । अझै पनि धेरै उर्दु किताबहरु त्यस मदरसामा पढाउने गरेको त्यहाँ १० वर्षदेखि पढाउदै आएका मौलानाले बताए । आफ्नो धार्मिक किताबको साथ–साथै सरकारले दिएका सबै किताबको पनि शिक्षा दिने गरेको उनको भनाइ छ । मानिस पुरुष होस वा महिला, त्यसको लागि शिक्षा महत्वपुर्ण रहेको छ । कुनै पनि समुदाय त्यो समयसम्म अगाडि बढन सक्दैन, जबसम्म त्यसको भित्र शिक्षा आउदैन मौलानाले तर्क गरे । धार्मिक किताबहरुमा पनि समाज सम्बन्धि कुरा नै लेखेको हुन्छ । समाजमा कसरी बस्ने, कसरी नम्र व्यवहार गर्ने मात्र भाषाको फरक रहेको कुरा उनले बताए । त्यहाँका छात्राहरु पनि बिचैमा पढाइ ड्रप गर्ने कुराको बारेमा पनि बताए । विगतको ३,२ वर्षदेखि बालिकाहरुको ड्रपआउट कम भएको छ । तर पनि विहेको नाममा कहि न कहि बालिकाहरुको पढाई छुटेका कुरा उनको भनाइ छ । मस्जिदमा एउटा एमामको रुपमा काम गर्दा मुस्लिम केटिहरुको विहे गराउने जिम्मा पनि उनले पाएको मौलानाको भनाइ छ ।
मुस्लिम समुदायमा विहे ह्ुँदा विवाहको पेपरमा हस्ताक्षर गर्नु पर्ने रहेको र त्यसमा बुवाले बताएको उमेर पनि लेख्ने गरेको मौलानाको भनाइ छ । तर मौलानाले विहेको पेपर सहित बालिकाको जन्मदर्ता पनि राखने नियमको आवश्यता रहेको बताए । त्यसले गर्दा घरको अभिभावकमा पनि डर आउँछ कि सानै उमेरमा छोरीलाई विहे गराउनु पर्दैन । मुस्लिम समुदायको धार्मिक ग्रंथको हिसाबले छोरीहरुले पनि शिक्षा लिन अनिवाय रहेको कुरा पनि अबुलैस मौलानाले बताए । सबै मदरसाहरुमा छात्राहरुको संख्या नै बढि भएको तथ्याँक महानगरबाट पाउदै गर्दा मात्र केटिहरुको लागि चलाइएको मदरसा कुल्लिया उम्मेकुल्लसुम लिल्ल बनात वीरगंज महानगरपालिका वडा नम्बर १४ मा रहेको छ । हाल त्यसमा प्रधानध्यापकको रुपमा साबिर अहमद एराज रहेका छन् । यो मदरसा २०६४ सालमा धार्मिक शिक्षा दिने हिसाबले स्थापना गरियो । तर नेपाल सरकारले धार्मिक शिक्षालाई पनि आफ्नो नेपाल सरकारको मूल धारमा ल्याउनको लागि समाहित गरिदेखि २०६५ सालमा नेपाल सरकारबाट कक्षा १ अनुमति पाई नेपाल सरकारको अध्ययनमा आएर यो मदरसाले धार्मिक र आधुनिक शिक्षा दुबै प्रदान गर्दै आएको प्रअ साबिर अहमदले बताए । नेपाल सरकारको अध्ययनमा आएर पढाउन गरेकोमा आधुनिक युगको सबै विषय पढाई हुने र त्यसमा स्थानिय विषय एउटा हुन्छ र यो मदरसा मुस्लिम समुदायको उर्दु विषयहरु पढाउने गरेको प्रअ साबिरको भनाइ छ । उर्दु संग–संगै दिनियात र अरर्बी राखेर अध्ययनन गराएको कुरा पनि बताए ।
मदरसा सरकारको मातहतमा आएपछि कक्षा ४ देखि लिएर १० सम्म को परिक्षा सरकारले पढाउने गरेको बताए । बालिकाहरुको लागि छात्रावास पनि राखेको तर त्यो छात्रावास नेपाल सरकारको वा मदरसाको निजि छात्रावास नभएको कुरा पनि बताए । त्यो विद्यालयको जग्गा दाताले जसले यस्तो मुस्लिमहरुको लागि मदरसा खोल्नु पर्छ बालिकाहरुलाई पनि शिक्षित बनाउनु पर्छ भनेर दिएको जनाइएको छ । जुन हेतुले मुस्लिम बालिकाको लागि मदरसा स्थापना गरेको छ । त्यो मदरसाको होइन भन्ने कुरा बताए । छात्रावासमा महिनाको ३ हजारमा २ छाक खाना २ छाक खाजा बिजुली सबै रहेको र त्यसमा वीरगंज महानगरपालिकाको वरिपरिको र पर्सा जिल्लादेखि लिएर बारा जिल्ला र भारतबाट समेतका बालिकाहरु पनि रहेको जनाइइको छ ।
कुल्लिया उम्मेकुल्सुम लिल्ल बनात २०६४ सालमा स्थापना भएर २०६५ सालमा नेपाल सरकारको दर्तामा आएको छ । त्यो १ वर्षमा खासै विद्यार्थीकोे चापमा असर परेको छैन । त्यहाँ पनि आफ्नो धर्मको हिसाबले पर्दामा रहेर धार्मिक शिक्षा पनि लिन पाइने र आधुनिक शिक्षा पनि लिन पाइने भएको छ । मुस्लिम समुदायको लागि सरकारी मदरसाहरु लाभदायक रुपमा रहेका छन् । जुन मान्छेहरुले छोरी पढाउनु हुदैन, घरबाट बाहिर जानु हुदैन, धार्मिक शिक्षाको लागि मस्जिदमा पढाए हुँदो रहेछ भन्थे । त्यो मान्छेहरुले पनि यो सरकारी मदरसामा पनि पढाउन थालेका छन् । यहाँ दुईटै शिक्षा पाइन्छ भनेर आमा बुवाले र महिलाहरुको लागि मात्र यो विद्यालय हुनाले पनि अभिभावकले खुलेर आफ्नो छोरीहरुको भर्ना गराएको पाइन्छ ।
बहुअरी गाउँमा हेर्ने हो भने यहाँ ५ वटा सरकारी विद्यालय रहेको अवस्था छ । जहाँ ४ वटा मावि विद्यालय नै छन् । त्यसमा पनि यो
एउटा महिला विदालयमा ३९४ जति विद्यार्थीहरु अध्यनरत छन् । मदरसाहरुमा छात्राको ड्रपआउट कुरा उनी एउटा समस्याको रुपमा नै लिन्छन् । यो समस्या सबै तिर समान रुपले नै रहेको र वीरगंजको अरु सरकारी विद्यालयमाहरु पनि यो समस्या नभएको होइन । तर तिनीहरुमा कम छ भने । मदरसाहरुमा बढि छ र मुस्लिममा एउटा यो बालिकाहरुको जाडै विवाह गरिदिने चलनले पनि ड्रपआउट भएको उनको तर्क छ । पहिलाभन्दा ड्रपआउट कम भएको छ किन भने नेपाल सरकारले चलाएको बाल विवाहको विभिन्न कार्यक्रमले गर्दा अभिभावक सचेत भएको प्रअ साबिरले बताए ।
१४ नम्बर वडामा दुई वटा निजि र ३ वटा सरकारी मदरसाले मिलेर तथा अभिभावकहरुलाई भेला गराएर बालिकाहरुलाई पढाउनु पर्ने त्यहाँका मौलानाहरुले सुझाव दिएका छन् । मुस्लिम समाजबाट बाल विवाह हटाउनु पर्छ भन्ने कार्यक्रम पनि चलाएर मुस्लिम समुदायमा बालिकाहरुको पढाइबाट ड्रोप आउटको समस्या कम गराउन पर्ने प्र.अ. साबिरको पनि सुझाव छ ।
त्यस्तै बारा जिल्लाको कलैया उपमहानगर भित्र ७ वटा मदरसा रहेका छन् । त्यसमध्य २ वटा दर्ता र ५ वटा दर्ता बिहिन रहेको स्थानीयको भनाइ छ । त्यहि दर्ता भएको मदरसा भित्र कलैया ६ मा रहेको मदरसा इसलामिया बहरुल उलूम कक्षा १ देखि ५ सम्म रहेको प्रधानध्यापक मोहम्मद खैरुदिनले बताए । सन् २००३ मा यो मदरसा धार्मिक शिक्षा दिनको लागि स्थापना गरिको थियो । तर यसमा बच्चाहरुलाई मात्र धार्मिक शिक्षा नदिएर अग्रेंजी र नेपाली विषय पनि पढाइ दिने गरिन्थ्यो । त्यो पढाउनको लागि एक जना शिक्षक नै राख्ने गरेको र त्यसको तलब समुदायको चन्दाबाट दिने गरेको मौलाना खैरुदिनले बताए । त्यसपछि आधुनिक शिक्षाको आवश्यकता बुझेर मदरसाले दर्तामा ल्याएर कक्षा ५ सम्म सबै सरकारको किताबसंगै धार्मिक उर्दू किताबहरुको पठन पाठन पनि गराइरहेको छ । ४ वटा विषय सरकारी र ३ वटा विषय उर्दू राखेर पढाइ भइरहेको मौलानाको भनाइ छ ।
शिक्षकहरुको तलब सरकारबाट पाएको अनुदानबाट दिने गरेको कुरा उनको छ । दर्तामा आएपछि मदरसाको बालिकाहरुलाई छात्रावृति, खाजा, मसलन्द सबै सरकारबाट पाउन गरेको छ । प्रधानाध्यापक खैरुदिनका अनुसार अहिलेको युगमा धार्मिक शिक्षाको साथमा आधुनिक शिक्षाको पनि अति नै आवश्यक छ । मदरसा दर्तापछि बच्चाहरुको संख्या बढ्यो । बच्चाहरु चासो दिएर पढन आउन थाले । छात्राहरुको ड्रपआउटमा पनि कम भयो । दर्ता भएपछि शिक्षकहरुले चासो दिएर पढाउन थाले बच्चाहरुलाई कक्षाको हिसाबले समक्ष बनाउने जस्तो शिक्षा दिएको प्र.अ.खैरुदिनले बताए । मदरसाहरु दर्ता भएमा सबैभन्दा बढि फाइदा छोरीहरुलाई भएको छ । उनीहरुलाई आफ्नो धर्मले भने अनुसारको पनि ज्ञान प्राप्त हुन्छ भएको छ र बाहिर के कस्तो वातावरणको शिक्षा पनि प्राप्त भएको छ । मुस्लिम समुदायको आमा बुवाले आफ्नो छोरीहरुलाई बाहिरको विद्यालयमा पढन पनि पढाउदैनन् । उनीहरुको पढाइमा छुट छ । यो मदरसा नेपाल सरकारको मातहतमा आएर मुस्लिम छोरीहरुको लागि सुविधाको बाटो बनेको मौलानाले बताए ।
त्यसैगरी मदरसा अर्गनाइजेशन अफ नेपाल पर्साको सल्लाकार फुलमहम्मद मियाँले मुस्लिम बालिकाहरुको ड्रोप आउट कारण चाहि हाम्रो समाज र धार्मिक रिवाजलाई एउटा मूल समस्या भएको स्वीकारे । मुस्लिम बालिकाहरु माथिल्लो कक्षाहरुमा जाँदा खुल्लापन भए र मुस्लिमहरुमा महिलाहरुलाई बुर्का भित्र राख्ने धार्मिक रिवाज अनुसार माथिल्लो कक्षामा गयो भने खुल्लापनमा जान्छन् र धर्ममा खलल पुग्छ भन्ने उनको भनाइ छ । २ ओटा मा.वि मदरसाहरु छन् जसमा बढि बालिकाहरु पढने गर्छन् । त्यहाँ बालिकाहरु जान्छन् । तर बाहिर खुल्लामा कम जाने कुरा पनि बताए । मुस्लिम समुदायको संख्या कम छ । धेरै विद्यालयहरुमा माथिल्लो कक्षाहरुमा मुस्लिम बालिकाहरुको साथी नभएको पनि र आर्थिक हिसाबले पनि कमजोर भएकोले मुस्लिम बालिकाहरुको संख्या माथिल्लो कक्षाहरुमा कम देखिन्छ । सरकारले ल्याएको नीति नियम पनि सरह्रानीय भएको र त्यसै कारणले पनि मुस्लिम बालिकाहरुको संख्या बढेको सल्लाकार मियाँको भनाइ छ । मुस्लिम बालिकाहरुको माथिल्लो तहसम्मको पढाईको लागि धार्मिक अगुवाहरुलाई चेतना दिनुपर्ने रहेको छ । किन भने धार्मिक अगुवाहरुले भनेको कुरा मान्ने मान्यता रहको र मुस्लिम बालिकाहरुको पढाईको लागि विशेष सुविधा तथा कार्यक्रम नेपाल सरकारले दिदा राम्रो हुन्छ सल्लाकार फुलमहम्मदले भने । त्यस्तै मदरसा अर्गनाइजेशन मधेश प्रदेश महासचिव इमामुदिन अहमदले मदरसामा छात्राहरुले कक्षामा पढेर विद्यालय छाडनुको कारण बाल विवाह हो भन्ने तर्क गरे । सानो उमेरमा विवाह हुनुको कारण छोरालाई मात्र पढाइमा प्राथमिक्ता दिने र छोरीलाई कम प्राथमिक्ता दिने भएकोले पनि यस्तो भएको उनको भनाइ छ । छोरी विवाह गरेर जाने जात हो भनेर छोरीमा लगानी कम गर्ने गरेको कारण छोरीहरुलाई उच्च शिक्षा पढाउन अभिभावकहरु उति चासो दिदैनन् । सरकारले पनि छोरीलाई उच्च शिक्षा पढाउनलाई पुरस्कारको व्यवस्था नगरेकोले अभिभावकहरु उति उत्साहित नभएको उनको तर्क छ ।