रात्री मावि बन्द गरेरे दैनिकि सुरु गरेको वीरगंजको रेल्वे माध्यमिक विद्यालयमा अब सिसिटिभी क्यामेराको निगरानीमा पठनपाठन शुरु भएको छ ।
सोमबार वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीले विद्युतिय हाजिरी र सिसिटिभी क्यामेरा जडान कार्यको उद्घाटन गर्दै उनले महानगरको शिक्षालाई गुणस्तरीय बनाउन यहाँका एक सयवटै सबै समुदायीक विद्यालयहरुमा ३ वर्षभित्र यस्तो प्राविधि लागु हुने बताए ।
वीरगञ्ज घण्टाघर स्थित दशकौँदेखी सञ्चालनमा रहेको रेल्वे माविलाई बन्द गराई दैनिकि सुरु गराएका सरावगीले ‘ई हाजिरीले शिक्षकलाई थप जिम्मेवार बनाउने छ, भने सिसिटिभीले विद्यार्थी शिक्षकको क्रियाकलापलाई थप प्रभावकारी बनाउने उनको विश्वास छ ।
सामुदायिक विद्यालयमा स्थानीय सरकारको निगरानी बढाउनका लागि छिट्टै १८ वटा माविमा र अबको ३ वर्षभित्र प्रावि, निमावि तथा माविगरी सबै सामुदायिक विद्यालयमा सिसिटिभी क्यामेरा र विद्युतिय हाजिरी जडान गराईसक्ने दाबी गरे ।
खानेपानीको उचित व्यवस्थापन र शौचालयको व्यवस्था गर्दै डिजिटल जमानामा डिजिटलमै काम गर्नुपर्ने उनको भनाई थियो ।
चुनौति
वीरगंज महानगरपालिकामा भएको सिसिटिभि क्यामराको प्रभावकारिता गर्न नसकेको महानगरले प्रावि, निमावि र माविमा समेत सिसिटिभी क्यामेरा तथा विद्युतिय हाजिरी जडान गरी सञ्चालन गराईसक्नेमा स्थानीय शंका व्यक्त गरेका छन् ।
वीरगंज महानगरपालिकाले सेफर वीरगंजसंग मिलेर वीरगंजको शान्ति व्यवस्था सृद्धिड पार्न ३ वर्ष अगाडी चरणवद्ध रुपमा महानगरभित्र तीन सय सिसि क्यामरा जडान गरेको थियो ।
जडान भएको अधिकांश सिसि क्यामरा ममर्त सम्भार र संरक्षण विना काम गर्न छोडेको छ ।
महानगरपालिकाले झण्डै ३ लाख रुपैयाँको लागतमा रेल्वे माविमा २८ वटा सिसिटिभी क्यामेरा जडान गरेको छ ।
यो पनी पढ्नुहोस् ।
