वीरगंज, १५ वर्षका आदित्य पटेल, वीरगंज महानगरपालिका वडा नं. १५ का स्थायी बासिन्दा, नवदिप एकेडेमीको कक्षा ७ का छात्र हुन्। सरल स्वभावका आदित्यले आफ्नो जीवनका विभिन्न पक्षमा उत्कृष्टता हासिल गर्दै, भविष्यमा आर्मी बन्ने लक्ष्य राखेका छन्।
आदित्य, रामकुमार पटेल र रिना देवीका दोस्रो सन्तान हुन्। उनका एक दिदी पनि छन्। उनले भने, "मलाई आर्मी बन्ने ठूलो इच्छा छ। मेरो परिवार चाहन्छ कि म राम्रो पढाइ गरेर विदेश जाउ, तर मेरो इच्छा भने अर्कै छ। म देश सेवा गर्न चाहन्छु।"
आदित्यका बुबा नेपाल पुलिसमा कार्यरत छन् र आमा गृहिणी हुन्। सानो परिवारमा हुर्केका आदित्य पढाइ र लेखाइमा निकै अब्बल विद्यार्थी हुन्। उनी क्रिकेटमा पनि रुचि राख्दछन्। उनले थपे, "मलाई क्रिकेट खेल्न रमाइलो लाग्छ र पढ्न पनि चाहन्छु।"
विद्यालयका प्रधानाध्यापक सुशिला साहले आदित्यलाई मिलनसार र मेजासिलो स्वभावका विद्यार्थीका रूपमा ब्याख्या गरे। "उहाँ धेरै समय विद्यालयमा बस्न मन पराउनुहुन्छ। साथीहरूसँग बसेर गृहकार्य गर्न र खेल्न रमाइलो लाग्छ।"
आदित्यले सबै विषय सजिलो लाग्ने बताएका छन्, तर अंग्रेजी विषयमा उनले विशेष ध्यान दिएको बताएका छन्। "मलाई अंग्रेजी धेरै मनपर्छ र यो विषयमा अझै राम्रो गर्न चाहन्छु," उनले भने। साथै, विद्यालयका प्रायः सबै क्रियाकलापमा सक्रिय सहभागी हुने आदित्यले आफ्नो समय व्यतीत गर्न रमाइलो मान्दछन्।
घरको खानामा पनि सबै प्रकारका खाना उनलाई मनपर्छ र त्यस्तो मन नपर्ने केही छैन। "घरमा पाकेका सबै प्रकारका खाना स्वादिष्ट लाग्छ," उनले भने।
आदित्यको परिवारका सदस्यले उनका बारेमा भन्नु भयो, "आदित्य शान्त र सरल स्वभावको बच्चा हो। ऊ सबैको कुरा सुनेर मात्र बोल्छ र सबैको भनाइलाई सम्मान गर्छ। त्यसैले ऊ परिवारको प्रिय सदस्य हो।" उनका परिवारका सदस्यहरुले पनि उनलाई राम्रो पढाइमा सहयोग गर्दै, भविष्यमा राम्रो मार्गमा जाने लक्ष्य राखेको बताएका छन्।
आदित्यको भविष्यमा आर्मी बन्ने उद्देश्य सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै, उनका परिवारले भने, "हामीले भनेको काम केवल पढाउनु हो, बाँकी त उसको निर्णय र संघर्ष हुनेछ।"