लैंगिकतामा आधारित हिंसा हत्या, कुटपिट, यौन दुव्र्यवहार, दाइजो सम्बन्धी हिंसा वलात्कार तथा वैवाहिक वलात्कार, वाध्यात्मक गर्भधारण, वाध्यात्मक गर्भपतन, यातनाजन्य तथा हानिकारक परम्परागत कुरितिजन्य व्यवहारहरु, वैवाहिक हिंसा, आर्थिक शोषण, जिउमास्ने वेच्ने कार्य, वाध्यात्मक वेश्यावृति तथा सार्वजनिक एवं निजि क्षत्रमा हुने यौन दुराचार लगायतका विभिन्न स्वरुपमाप्रकट हुँदै आएको छ । पिडितको स्वास्थ्य, मर्यादा, सुरक्षा तथा स्वायत्ततालाई निमिट्यान्न पार्ने यस प्रकारको हिंसाले नेपाली समाजमा विद्यमान रहेको महिला र पुरुष विचको असमानतालाई प्रतिविम्बत गर्दछ । यो कुनै देश वा समाज विशेषमा मात्रै सिमित नभएर मानव अधिकार तथा सुरक्षासंग जोडिएको विश्व व्यापी चुनौतिको रुपमा रहेको छ ।
व्यक्तिगत तहमा पुग्ने क्षतिका अतिरिक्त लैंगिकतामा आधारित हिंसाका कारण सिंगो समाजले नै ठूलो नोक्सानी वेहोर्दछ । यो विकासका लागि एउटा ठुलो वाधकको रुपमा रहेको छ । विश्वव्यापी रुपमा हेर्दा यो १९ देखी ४४ वर्ष सम्मका महिलाहरुको मृत्यूको प्रमुख कारणको रुपमा रहेको देखिन्छ ।
लैंगिकतामा आधारित हिंसाले यूद्ध, अर्वुध रोग तथा सवारी दुर्घटना जस्ता कारणहरुलाई पनि उछिनेको देखिन्छ । दक्षिण एसियाको सन्दर्भमा हेर्दा ४० देखी ७० प्रतिशत महिला तथा किशोरीहरुले कुनै न कुनै प्रकृतिको शारिरिक, यौनजन्य वा भावनात्मक दुव्यवहार भोग्ने गरेको तथ्य विभिन्न अध्यायनहरुले देखाएको पाईन्छ । त्यसै गरी महिलाको आधा जनसंख्याले घरेलु हिंसाको अनुभव गर्ने गरेको तथ्य पनि उजागर भएको छ ।
लैंगिकतामा आधारित हिंसालाई महिलाको मात्रै एकल सरोकारको विषयको रुपमा वुझिनु गलत हुन्छ । यस्तो प्रवृतिले यसका अन्य सरोकारवालाहरुलाई यस समस्या प्रति उदासिन वनाइदिन्छ । निश्चय पनि ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक र अन्य कारणहरुले गर्दा महिला नै लैंगिकतामा आधारित हिंसाको प्रमुख तारो हुने गरेका छन् । त्यसकारण पनि नेपालको सन्दर्भमा लैंगिकतामा आधारित हिंसा अन्त्यका प्रयासहरुले महिला र वालिकाहरुलाई केन्द्रमा राख्नु स्वभाविक हो र आवश्यक पनि छ । संगसंगै यस समस्यालाई समग्रतामा सम्बोधन गर्नकोलागि पुरुष तथा यूवाहरुको सहयोग र सहभागिता अपरिहार्य हुन्छ ।
व्यवहार परिवर्तन नगरिकन केवल दण्डात्मक तरिकाले मात्रै लैंगिक हिंसाको दिगो सम्बोधन असम्भव देखिन्छ । किनकी धेरै जसो लैंगिक हिंसाजन्य कार्यलाई अपराधिकरण गरिएको छ र फौजदारी कसुरको रुपमा दण्डित गर्ने कानुन पनि छन तर समस्या दिन प्रतिदिन जकेडिदै गएको देखिन्छ । दण्डात्मक व्यवस्थाको प्रभावकारी कार्यान्वयन चुनौतिपुर्ण छ । तसर्थ संगसंगै निरोधात्मक उपायहरुको अवलम्बन पनि त्यत्तिकै महत्वपुर्ण हुन्छ ।
यहि वुझाईका आधारमा पछिल्लो समयमा आएर मात्रै महिलाका अतिरिक्त पुरुषहरु तथा किशोरहरुलाई पनि यस्ता प्रयासहरुमा सहभागि गराउने र उनिहरुको सकारात्मक भुमिका खोज्ने प्रचलन वढ्दै गएको छड । यसका माध्यामवाट महिला तथा किशोरीहरुको जिवनमा मात्रै होईन पुरुष र किशोरहरुको जिवनमा पनि रुपान्तरणात्मक परिवर्तन ल्याउन सकिने विश्वास गरिएको छ ।
लैंगिक हिंसाका पिडक तथा सम्भाव्य पिडकको भुमिकामा प्रस्तुत हुने होईन की लैंगिक समानता कायम गर्न पुरुष तथा किशोरहरुको सकारात्मक भुमिकालाई अभिवृद्धि गर्नु पर्दछ भन्ने मान्यता अगाडि आएको छ । यस्तो सकारात्मक भुमिकाले हिंशाको रोकथाम हुने मात्रै होईन पुरुष तथा यूवाहरुको जिवनमा पनि सुधार ल्याउँछ । खासगरी पुरुषत्वका हानिकारक पक्षहरु तथा सिमा बन्धनवाट मुक्त गराउँछ ।
हिंसा रोकथामको रणनीतिहरुले हिंसाालाई प्रश्रय दिने खालका विश्वासहरु तथा मुल्यमान्यताहरुलाई इन्कार गर्ने मात्रै होईन तिनलाई चुनौती दिनु पर्छ । खासगरी हिंसाको वलमा परिपोषित हुँदै आएको पितृसत्तात्मक शक्ति सम्बन्धलाई कमजोर पार्ने तर्फ लक्षित हुन्ु पर्छ । साथै पुरुषत्वको पुनःसंरचना गर्दै अहिंसात्मक तथा लैंगिकन्याय यूक्त वातावरणलाई प्रवद्र्धन गर्न जरुरी छ ।
लैंगिकतामा आधारित हिंसालाई रोकथाम गर्ने तथा अन्त्य गर्ने सम्बन्धमा पुरुषले धेरै भुमिकाहरु निभाउन सक्तछन । उनिहरु निति निर्माण गर्ने निर्णायक ठाउँ देखी लिएर परिवारको मु्ली सम्मका जुनजुन हैसियतमा छन त्यहाँ उनिहरुले रचनात्मक भुमिका खेल्न सक्तछन ताकी हिंशालाई निरुत्साहित गर्न सकियोस । परिवार तथा समुदायको सदस्यको हैसियतले तिनिहरुले पिडकलाई हिंशा गर्नवाट रोक्न सक्तछन । पिडित तथा तिनका आश्रितहरुलाई सहयोग गर्न सक्तछन । लैंगिक समानताका सन्दर्भमा अभियन्ताको रुपमा आफुलाई स्थापित गरेर समुदायका अन्य सदस्यहरुलाई त्यस तर्फ उत्प्रेरित गर्न सक्दछन ।
विश्वव्यापी रुपमा नै वयस्क तथा प्रौढ पुरुषहरु नै लैंगिकतामा आधारित हिंसामा संलग्न भएको पाईन्छ । साथै परम्परागत लैंगिक पुर्वाग्रहि सोच तथा नकारात्मक पुरुषत्वको प्रभाव स्वरुप उनिहरुले आफुलाई पनि विभिन्न जोखिममा पारिरहेका हुन्छन । जस्तै वास्तविक पुरुष वा मर्द भनेको यस्तो व्यक्ति हो जो आकर्षक हुन्छ, शासकीय प्रकृतिको हुन्छ, आक्रामक तथा यौनिक हिसावले शसक्त हुन्छ भन्ने आम सामाजिक धारणा रहि आएको पाईन्छ । उनिहरुलाई पिडिक वन्नवाट र पिडित हुन वाट जोगाउन उनिहरुमा जागृति सृजना गराएर सकारात्मक भुमिकाको प्रवद्र्धन गर्नू जरुरी छ । दुव्र्यसन, आत्महत्या, तथा अवान्छित कृयाकलापमा संलग्न हुनुको पछाडी उनिहरुलाई परिवारमा कस्तो वातावरण दिएर हुर्काइएको हु्न्छ भन्नेमा पनि निर्भर गर्दछ ।
हामीले वालवालिकाहरुलाई कसरी हुर्काउँछौ । त्यसलाई एकाएक परिवर्तन गर्नु अप्ठ्यारो कुरा हो । तर परम्परागत पुरुषत्वका कतिपय नकारात्मक पक्षहरुलाई परिवर्तन गर्दै जानु अपरिहार्य हुन्छ । मद्यपान, धुम्रपान तथा लागु औषध दुव्र्यसन तथा जोखिमपुर्ण यौनिक व्यवहारहरु अंगिकार गर्नु त्यो पनि व्यवहारतः युक्तिसंगत छैन । त्यसले नै गलत कर्मको प्रारम्भ नै हुन नसक्ने गरी समाज रुपान्तरणको ओज उच्च पार्ने काममा लाग्न जरुरी छ ।