१) महिला नेतृत्व बारे बताइदिनुस् न ?
नेतृत्व लिदा धेरै समस्याहरुको सामना गर्नु पर्छ । महिलाले नै महिलालाई अगाडी बढाउनु छ भने प्रोत्साहन नै गर्छौं । महिलाको शत्रु महिला हुदैन । तर शत्रु जस्तै हुन्छ, भनेर वातावरण बनाइएको हुन्छ । त्यो बेलामा महिला सचेत भएर भन्नु पर्छ, हामी समकक्षी हौं । तपाई बजारमा आउनु भएको छ भने समस्या पनि सगैं लिएर आउनु हुन्छ । त्यो समस्यालाई कसरी समाधान दिने ? त्यो समस्याको सामाधान पनि तपाईमा नै छ । आत्म निर्भर छु, म गर्नु सक्छु । म मनाउन सक्छु । त्यो बेला नेतृत्व कुरा सफल हुन्छ ।
२) महिलाको जिम्मेवारी कस्तो हुन्छ ?
महिलाले आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै पर्छ । महिला सर्वप्रथम छोरी हुन्छ, त्यसपछि कसैको श्रीमती हुन्छ । त्यसपछि कसैको आमा हुन्छिन् । समाजमा हेर्ने दृष्टिकोण छ । समाज प्रतिको भूमिका निर्वाह गर्नुपर्छ । त्यो जिम्मेवारी वहन गर्दा रमाउनु पर्छ र खुशी हुनुपर्छ । मेरो जिम्मेवारीभन्दा पनि यो मलाई गर्नै पर्छ भन्ने भावना मनमा आउँछ । कामको जिम्मेवारीले मानिसलाई उठाउँदो रहेछ । आफ्नो काम गर्दा खेरी मोबाइलमा अलार्म पनि लगाउनु पर्दैन, आफै निद्रा खुल्दो रहेछ । त्यो बेला मान्छेको दिमागमा त्यो कुरा सेट हुन्छ कि यो मलाई गर्नुछ भनेर । यो मेरो जिम्मेवारी हो भन्ने बोध हुनु चाही पर्छ ।
३) अनुशासन के हो ?
अनुशासन हाम्रो जिवनको लागि धेरै ठुलो कुरा हो । मान्छेको जिवनमा सबैभन्दा ठूलो भूमिका अनुशासन हुँदो रहेछ । मान्छेको जिवनमा अनुशासन छैन भने सबै कुरा व्यर्थ छ । बिहान उठेदेखि नै अनुशासन सुरु हुन्छ । अनुशासित नभएर उठ्दैन । अनुशासित भएर आफ्नो कार्यशैली गदैर्नौं भने अवश्य समस्या आउँछ । सही तरिकाले र मर्यादामा रहेर कुनै काम गर्ने हो भने समस्या आँदैन । यहि हो अनुशासन । सफल हुनु छ भने अनुशासित भएर बस्नु पर्छ । अनुशासन बिना सफलताको अपेक्षा पूरा हुन्न ।
४) विद्यालय कसरी संचालन गर्दै हुनु हुन्छ ?
रोयलमा कक्षा ८ संचालन गर्दैछौं । अभिभावकहरुको सहयोग साथ र विश्वास पाएका छौं । रोयल एकेडेमी वन अफ द बेस्ट स्कुल भनेर चिनिन्छ । खुशी पनि लाग्छ हामीले मेहनत गरेको अनुसार हौसल्ला र भोलिको दिनमा समाजको राम्रो भविष्य बनाउदैं छ । बच्चाहरुलाई अनुशासित बनाउदै छौं । उनीहरुलाई समाजको लागि तयार पार्दैछौं । सोचेर खुशी पनि लाग्छ ।
५) विद्यालयमा कस्तोे शिक्षा दिन आवश्यता हुन्छ ?
पढाई आफ्नो ठाउँमा गर्नु नै पर्छ । किनभने बच्चाहरु स्कुलमा पढ्न नै आउँछ । अभिभावकहरुले पनि अन्तिममा खोज्ने भनेको रिजल्ट नै हो । पढाईसंग संगै कस्तो वातावरण पाएको छ विद्यालयमा,कस्तो अनुशासन पाइरहेको छ । कस्तो शिक्षा पाइरहेको छ । कस्तो संस्कार पाइरहेको छ । त्यो कुराले पनि धेरै फरक पर्छ । सर्वप्रथम आफु र आफ्नो टिमलाई अनुशासित गर्नुपर्छ । म अनुशासनमा छु भने मेरो कार्य क्षेत्रमा भएको मान्छे पनि अनुशासित हुन्छन् । परिवर्तन म बाट सुरुवात गर्नुपर्छ । हामीले यस्तो वातावरण बनाएका छौं । शिक्षकहरु मा नै लागु गरिएको छ । प्रत्येक दिन बच्चालाई यो कुरा सिकाउनु पर्छ । बच्चालाई अनुशासनको बारेमा बताउनु नै पर्छ । बच्चालाई नैतिकताको बारेमा बताउनु पर्छ । बच्चालाई त्यसको व्यवहारको बारेमा बताउनु पर्छ । भाषा, संस्कृति, संस्कारको बारे सबै कुरा बताउनु पर्छ । हामीहरुले विभिन्न कार्यक्रमहरु गर्छौ । हामी विशेष गरेर नेपाली संस्कृति संस्कार झल्काउने गर्छौ । पढाउने काम सबैले गरिरहेका छन् । संस्कार सहितको शिक्षा, अनुशासन सहितको शिक्षा आजको आवश्यता हो ।
६) जिवनामा खुशी के रहेछ ?
यदि मैले कुनै काम गर्दा चाहे त्यो जुन सुकै काम किन नहोस्, म सन्तुष्ट छु भने म खुशी छु । हाम्रो सन्तुष्टि नै हाम्रो खुशी हो ।