नेपाल प्रहरी प्रधान कार्यालयको अनुसार, चालू आव २०८१/८२ को साउनदेखि पुस मसान्तसम्मको छ महिनामा देशभर ३,६९८ जना बालबालिका हराएका छन्। यसमध्ये ३,१०६ जना फेला परेका छन् भने ५९० जनाको खोजीकार्य जारी रहेको छ। साथै, दुईजनाको मृत्यु भएको पनि जनाएको छ।
प्रहरीका तथ्याङ्क अनुसार, काठमाडौं उपत्यकामा २५० जना बालक हराएका थिए, जसमा २११ जना फेला परेका र ३९ जना अझै बेपत्ता छन्। कोशी प्रदेशमा १४२ जना बालक हराएका थिए, जसमा १२५ जना फेला परे र २४ जना अझै बेपत्ता छन्। मधेस प्रदेशमा १२१ जना बालक हराएका थिए, जसमा ९० जना फेला परे र ३१ जना बेपत्ता छन्।
बाग्मती प्रदेशमा ७१ जना बालक हराएका थिए, जसमा ६६ जना फेला परे र ५ जना बेपत्ता छन्। गण्डकी प्रदेशमा ७४ जना बालक हराएका थिए, जसमा ६४ जना फेला परे, ९ जना बेपत्ता छन् र एकजनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा १८० जना बालक हराएका थिए, जसमा १५६ जना फेला परे र २४ जना बेपत्ता छन्। कर्णाली प्रदेशमा ७२ जना बालक हराएका थिए, जसमा ६७ जना फेला परे र एकजनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेशमा १०९ जना बालक हराएका थिए, जसमा १०३ जना फेला परे र ६ जना बेपत्ता छन्।
हराउनेमा बालकको तुलनामा बालिकाको सङ्ख्या बढी छ। काठमाडौं उपत्यकामा ४१२ जना बालिका हराएका थिए, जसमा ३७२ जना फेला परे र ४० जना बेपत्ता छन्। कोशी प्रदेशमा ३५३ जना बालिका हराएका थिए, जसमा २९१ जना फेला परे र ६२ जना बेपत्ता छन्।
मधेस प्रदेशमा ६४५ जना बालिका हराएका थिए, जसमा ४३७ जना फेला परे र २०८ जना बेपत्ता छन्। बाग्मती प्रदेशमा १९३ जना बालिका हराएका थिए, जसमा १७७ जना फेला परे र १६ जना बेपत्ता छन्। गण्डकी प्रदेशमा १८१ जना बालिका हराएका थिए, जसमा १५९ जना फेला परे र २२ जना बेपत्ता छन्।
लुम्बिनी प्रदेशमा ४९३ जना बालिका हराएका थिए, जसमा ४१८ जना फेला परे र ७५ जना बेपत्ता छन्। कर्णाली प्रदेशमा १५१ जना बालिका हराएका थिए, जसमा १४२ जना फेला परे र ९ जना बेपत्ता छन्। सुदूरपश्चिम प्रदेशमा २४४ जना बालिका हराएका थिए, जसमा २२८ जना फेला परे र १६ जना बेपत्ता छन्।
प्रहरीका अनुसार, बालकको तथ्याङ्कमा सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट बेपत्ता भएका छन् भने बालिकाको तथ्याङ्कमा सबैभन्दा बढी मधेस प्रदेशबाट बेपत्ता भएका छन्।