नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको १२औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट सुनिल कुमार रौनियार सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।
नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा सुशील यादव र सृष्टि विष्ट चयन भएका छन् भने सचिवमा मन्दीप यादव, सहसचिवमा हृदयनारायण पर्वत, र कोषाध्यक्षमा सुशील कुमार यादव निर्वाचित भएका छन्।
यस्तै, सदस्य पदमा अमन पटेल, सृजना बुढाथोकी, प्रभास साह, रवीन्द्र ठाकुर, निरञ्जन पटेल, सुरेन्द्र साह, राम जनम यादव, मुकेश यादव, कविता तोलामि र कविकान्त कुशवाहा चयन भएका छन्।
केन्द्रीय प्रतिनिधि रूपमा अर्जुन अधिकारी, सोनी सिंह, सीमा चौहान, शिवकुमार कुशवाहा, चन्द्रदेव साह, अकलेश सहनी, प्रदीप कुर्मी र दिलीप पटेल चयन भएका छन्।
नयाँ नेतृत्व चयनसँगै सङ्गठनले निजामती कर्मचारीको हक, हित र अधिकारका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।