केन्द्रिय वीउ प्रयोगशालाले प्रमाणित गरेको धानको विउ गुणस्तरहिन पाइएकाले अझै किसानहरुलाई विऊ उपलब्ध हुन नसक्ने भएको छ ।
किसानहरुको सहुलियतको लागी कृषि ज्ञान केन्द्र पर्साले वितरण गरिरहेको माहारानीझोडा ‘राम धान’ जातको विउ स्थानीय प्रयोगशाला मै गुणस्तरहिन प्रमाणित भएपछी जिल्ला प्रशासन कार्यालय पर्साले वितरणमा रोक लगाएको थियो ।
कृषि विकास मन्त्रालय, वीउ विजन गुणस्तर नियन्त्रण केन्द्र, केन्द्रिय वीउ परीक्षण प्रयोगशाला हरिहरभवन, ललितपुर नेपालले दिएको वीउ विजन नमुना परीक्षण प्रतिवेदनमा ‘राम धान’ को उम्रने शक्ति ९३ं प्रतिशत र शुद्ध वीउ ९९.५० प्रतिशत भनेर प्रमाणित गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षण गराएको प्रयोगशालाले ८०.५० प्रतिशत भन्दा कम उम्रने शक्ति रहेको भन्दै विक्री वितरणमा रोक लगाईएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र प्रसाद यादवले जानकारी गराए ।
साना किसान कृषि सहकारी सँस्था लि. झापाबाट उत्पादित ‘राम धान’ जातको वीउ गुणस्तरहीन रहेकाले १५ दिनसम्म पर्सागढ़ी नगरपालिका ८ हरपुर गोदाममा ताल्चा लगाएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ २६ गते साँझ सामाजिक सञ्जालमा (फेसबुक) सूचना सार्वजनिक गर्दै ‘कृषि ज्ञान केन्द्र पर्सा अन्तर्गत पर्सागढ़ी नगरपालिका ८ हरपुर गोदाममा रहेको धानको वीउको वीउ विजन प्रयोगशालाबाट परीक्षण गराउँदा लल्का बासमतीको वीउको उमार्णे शक्ति न्यून्तम स्तर भन्दा पनि बढि रहेको र माहारानीझोडा ‘रामधान’को वीउको उमार्ण सक्ने शक्ति उन्नत वीउमा हुनुपर्ने न्यून्तम स्तर ८० प्रतिशत भन्दा कम पाइएकले जिल्ला प्रशासन कार्यालय पर्साले वितरणमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी गराए ।
माहारानीझोडा साना किसान कृषि सहकारी सँस्था लि.ले ‘रामधान’ को वीउ केन्द्रिय वीउ परीक्षण प्रयोगशाला हरिहर भवनबाट परिक्षण गराई कृषि ज्ञान केन्द्र पर्सालाई सप्लाई गरेको थियो । तर विउ गुणस्तरहिन रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले वितरण कार्यमा रोक लगाएको हो । २० टन धानको विऊ भण्डारण गरि राखिएको उक्त गोदामको ताल्चा हालका लागि खोलिएपनी पुनः पठाइएको सेम्पलको नमुना नआउन्जेल विक्रि वितरण अझै नगर्ने प्रशासनको निर्देशन कायमै रहेको छ ।
विउ वितरणमा रोक लगाएको कारण धानको बिउ छर्ने समय ढिलो हुन् लागेको हुदाँ बढिमा २०/२५ लाख रुपैया खर्च हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. यादवले बताए ।
झापा जिल्लाको गौरादह नगरपालिका–५ स्थित रहेको माहारानीझोडा साना किसान कृषि सहकारी सँस्था लि.ले पर्सा जिल्लाको किसानहरुको लागि उन्नत जातको ‘रामधान’ वीउ ३.५ मेट्रिक टन पठाएको थियो ।
आफू सरकारको निती नियम अनुसार कानुनी दायराभित्र रहेर ईमन्दारी पूर्व काम गरिरहेकोले केही कार्यालयकै कर्मचारीहरु मलाई झुठो बदनाम गराउन लागेको कार्यालय प्रमुख डा. यादवले दुखेसो पेखे । उनले भने केन्द्रिय परिक्षण प्रयोगशालाले गुणस्तर परिक्षण गरेपछि नै उक्त धानको विउ वितरण गरिरहेका थियौ ।