प्रेम मानिसको जीवनको सबैभन्दा सुन्दर भावना हो। यही प्रेमलाई विशेष महत्व दिने दिन हो— फेब्रुअरी १४, जसलाई विश्वभर भ्यालेन्टाइन डे भनेर मनाइन्छ। यो दिन प्रेमी-प्रेमिकाहरू, श्रीमान्-श्रीमती, साथीभाइ तथा आफन्तहरूले एकअर्कालाई माया, सद्भाव र सम्मान प्रकट गर्ने अवसरको रूपमा लिइन्छ।
भ्यालेन्टाइन डे को इतिहास
भ्यालेन्टाइन डे को इतिहास सन्त भ्यालेन्टाइन सँग जोडिएको मानिन्छ। भनिन्छ, तेस्रो शताब्दीमा रोमका राजा क्लाउडियसले सैनिकहरूलाई विवाह गर्न निषेध गरे, ताकि उनीहरू केवल युद्धमा ध्यान दिन सकून्। तर, सन्त भ्यालेन्टाइन नामक पादरीले गोप्य रूपमा प्रेमी जोडीहरूलाई विवाह गराइरहेका थिए। जब यो कुरा थाहा पायो, राजाले उनलाई जेल हाल्ने आदेश दिए। कारागारमा रहँदा उनले जेलरकी छोरीलाई माया गरे र उनलाई एउटा पत्र लेख्दै "तिम्रो भ्यालेन्टाइन" भनेका थिए। यही दिन फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो। त्यसबेलादेखि, यो दिनलाई प्रेम र समर्पणको प्रतीकका रूपमा मनाइन्छ।
भ्यालेन्टाइन सप्ताह
भ्यालेन्टाइन डे अघि नै प्रेमको उत्सव मनाउन फेब्रुअरी ७ देखि १४ सम्म विभिन्न दिनहरू मनाइन्छ:
नेपालमा भ्यालेन्टाइन डे
नेपालमा पनि भ्यालेन्टाइन डे लोकप्रिय बन्दै गएको छ। यो दिन विशेष गरी युवायुवतीहरूले उपहार आदान-प्रदान गर्छन्, प्रेम प्रस्ताव राख्छन्, रेस्टुरेन्ट तथा पार्कहरूमा भेटघाट गर्छन्। प्रेमलाई सम्मान गर्दै केही जोडीहरूले विवाह समेत गर्ने गर्छन्।
भ्यालेन्टाइन डे को महत्त्व
यो दिन केवल प्रेमीहरूका लागि मात्र होइन, प्रेम, मित्रता, परिवार र आपसी विश्वासलाई सुदृढ गर्ने अवसर पनि हो। साँचो प्रेम केवल एक दिनको उत्सवमा सीमित हुनु हुँदैन, बरु प्रत्येक दिन एकअर्कालाई सम्मान गर्ने, विश्वास गर्ने, र माया गर्ने प्रण गरिनु पर्छ।