१. चिसो मौसममा डाइबिटिज र ब्लड प्रेसर किन बढ्छ ?
नर्मल ब्लड प्रेसर माथिको १३० बढी र तलको ८० भन्दा बढी भएमा ब्लड प्रेसर बढेको मानिन्छ । उमेर अनुसार ब्लड प्रेसरको अवस्था फरक हुन्छ । ब्लड प्रेसर भएमा रिगंटा लाग्ने, आँखा धमिलो देखिने हुन्छ । खानपिनमा सबैले ध्यान दिएका हुदैनन् । तेल, मसला, चिल्लो धेरै प्रयोग भएका खानेकुराहरु खाने भएकोले ब्लड प्रेसर बढ्ने गरेको पाइन्छ । जाडो मौसम अल्छी भएर ढिलो उठ्ने गर्छौ । दैनिक व्यायम कम हुन्छ । चिल्लो पदार्थ र तेलमा छानेका खानेकुराहरु बढी खाने भएकोले मानिसलाई प्रेसर, डाइबिटिज देखिन्छ । चिसोमा मानिसहरु अल्छी मानेर अस्पताल गएर जाँच नगरी औषधी किनेर खाइरहेका हुन्छन् । जाडो पछि जाँच गराउँदा सुगर,प्रेसर बढेका हुन्छ ।
२.यो रोगबाट बच्न कस्तो उपाय अपनाउनु पर्छ ?
हामीले खाना खानु पहिला सन्तुलित आहारमा ध्यान दिनुपर्छ । डाइबिटिज(सुगर) धेरै कार्बोहाइड्रेड भएका खानाहरु, भात, आलु, चिनीका साथै चिनीबाट बनेको गुलिया परिकारहरु खान कम गर्नुपर्छ । फाइबर भएका खानाहरु खानु पर्छ । नुनको मात्रा कम खाने, तरकारीमा नुन थपेर खानु हुदैन । सागसब्जी, हरियो तरकारी बढी मात्रामा खानुपर्छ । जहिले पनि सुगर रोगीहरुले घरमा गुल्कोमिटर राख्न जरुरी छ । गुल्कोमिटरले डाइबिटिज नाप्न सकिन्छ । बिरामीले खाली पेटमा जाँच गर्दा १२६ र खाना खाइसकेपछि डाइबिटिजको लेबल २ सयभन्दा माथि छ भने तुरुन्त डाक्टरसंग सल्लाह गर्नुपर्छ । एच.बी.ए वान सीको जाँच बाट तीन महिनाको डाइबिटिजको लेबल के छ पत्ता लगाउन सकिन्छ । एच.बी.ए.वान सीको जाँच गर्दा डाइबिटिजको लेवल ६.५ छ भन्दा माथि छ भने डाइबिटिज भएको मानिन्छ । बिरामीलाई पहिलादेखि नै हाइपर टेन्सन, डाइबिटीज पनि छ भने मृगौलाको जाँच गर्नुपर्छ । खानापछि सुगरको अवस्था हेरेर औषधी मिलाएर बिरामीलाई खुवाउँछौं । धेरै किसिमका औषधीहरु हुन्छन् । खानपिनमा ध्यान दिन, कार्बोहाइड्रेट भएको खानाहरु कम खान, फाइरयुक्त खानाहरुलाई खान सल्लाह दिन्छौं । हाइपर टेन्सनमा भएकाहरुलाई नुन कम खाने, चिल्लो पिरो कम खाने, समय–समयमा ब्लड प्रेसर जाँच गर्नु पर्छ ।
३. हाइपो टेन्सन र हाइपर टेन्सनमा के फरक छ ?
मानिसको ब्लड प्रेसर माथिको ९० र तलको ६० भन्दा कम भयो भने बिरामीलाई हाइपो टेन्सन अथवा (ब्लड प्रेसर लो)भएको मानिन्छ । हाइपर टेन्सन भन्नाले माथिको १३० र तलको ८० भन्दा बढी भएमा हाइपर टेन्सन भएको भनिन्छ । खानपिन राम्रो नभएर,खानेकुराहरु राम्रोसंग नपचेर पनि हाइपर टेन्सन हुने गर्छ ।
४. डाइबिटिज र ब्लड प्रेसरका लक्षणहरु कस्तो देखिन्छ ?
कसैलाई डाइबिटिज भएमा पिसाब धेरै लाग्ने, धेरै भोक लाग्ने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुन्छ । ब्लड पे्रसर भएकाहरुलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने, धेरै पिरपर्दा हातखुट्टा काम नगर्ने हुन सक्छ । धेरै प्यास लाग्ने हुन्छ ।
५.डाइबिटिज र ब्लड प्रेसरका बिरामीले कस्तो उपाय अपनाउनु पर्छ ?
डाइबिटिज र ब्लड प्रेसरका बिरामीले जिवन पद्दती परिवर्तन गर्नुपर्छ । दैनिक बिहान ३० मिनेट दौडने, वृद्ध मानिसहरुले छिटो–छिटो हिड्ने गर्नुपर्छ । बिहान भलिबल, ब्याड मिन्टन जस्ता खेलकुद गर्दा पनि हुन्छ । कतिपय मानिसहरु योग पनि गरिरहेका हुन्छन् । आलु, चामल जस्ता कार्बोहाइड्रेड भएका खानेकुरा कम खाने, चिनी भएको खाना कम खाने बजारमा सुगर फ्रि उपलब्ध खानेकुराहरु खान सकिन्छ । बजारको प्याकिङ्ग गरेका ड्राइफूडहरु खानु हुदैन । घरमा बनाएको खानेकुराहरु मात्र खानुपर्छ । हरियो तरकारी, सागसब्जी, फलफूलहरु खान बढी जोड दिनु पर्छ ।
६. डाइबिटिज र ब्लड प्रेसर रोग निमूल पार्न सकिन्छ त ?
डाइबिटिज,ब्लड प्रेसरका बिरामीहरु औषधीले नै निको पार्न भने सकिदैन । यो कन्ट्रोल हुने कुरा हो । यसकोलागि बिरामी स्वयम सचेत हुन जरुरी छ । बिरामीले आफ्नो व्यवहारलाई परिवर्तन गरेर कन्ट्रोल गर्न सकिन्छ । बिरामीले दैनिक व्यायम गर्ने, डाक्टरको सल्लाह अनुरुप तालिका अनुसार खाना खाने, नियमित रुपमा औषधीको सेवन गर्दा कन्ट्रोल गर्न सकिन्छ । कुनै–कुनै बिरामीले जिवन पद्दती परिवर्तन गरेर, व्यायम गरेर, खानपनिमा कन्ट्रोल गरेर औषधी पनि बन्द गर्नु परेको अवस्था छ । तर डक्टरको सल्लाह बिना कुनै औषधीको सेवन गर्न छाड्नु पनि हुदैन । औषधीको मात्रा बढाउनु पनि हुदैन ।
७. डाइबिटिज रोगीहरुले उपचार कसरी गराउनु उपयुक्त हुन्छ ?
डाइबिटिज भएकाहरुले कम्तीमा प्रत्येक महिना खाली पेटमा र खानापछि फस्टिङ्ग पि भी जाँच गर्नुपर्छ । हरेक ६÷६ महिनामा (सेरोम क्याटीन) मृगौलाको जाँच गर्नुपर्छ । ३÷३ महिनामा एच बि ए वान सी जाँच गर्नुपर्छ । रगतमा ३ महिनादेखि डाइबिटिजको मात्रा कस्तो थियो एच बि ए वान सीका जाँचले पत्ता लगाउन सकिन्छ । सुगरको एभरेज ६.५ भन्दा तल भएमा बिरामीको डाइबिटिज कन्ट्रोल छ भन्न सकिन्छ । बिरामीले खानेकुरा, व्यायम र औषधीमा ध्यान दिए शरीरको धेरै अंगमा असर हुनबाट जोगिन्छ । डाइबिटिज रोगीहरुले ६÷६ महिनामा आँखा जाँच गराउनु पर्छ ।
८. डाइबिटिज रोगीहरुको घाउ, चोट समयमा निको हुदैन भनिन्छ नी ?
डाइबिटिज रोग नभएको मानिसहरुलाई घाउ चाडै निको हुन्छ । डाइबिटिज भएको मानिसहरुको डाइबिटिज कन्ट्रोल छैन भने सानो घाउ पनि ठूलो हुन सक्छ । छिटो घाउ निको हुन सक्दैन । सानो घाउले हातखुट्टा पनि काट्नु पर्ने अवस्था आउन सक्छ । डाइबिटिज कन्ट्रोल छ भने घाउ चाँडो निको हुन सक्छ । समयमा नै औषधीको सेवन गरेर शरीरमा भएका घाउहरु निको पार्न सकिन्छ ।
९. डाइबिटिज र ब्लड प्रेसरले शरीरको कुन भागलाई बढी असर गर्छ ?
डाइबिटिज र ब्लड प्रेसर यस्तो रोग हो । डाइबिटिज र ब्लड प्रेसर कन्ट्रोल छ भने शरीरको हरेक भाग सुरक्षित हुन्छ । यदी डाइबिटिज र ब्लड प्रेसर कन्ट्रोल नहुदाँ शरीरको हरेक भागलाई असर गर्छ । दिमागदेखि लिएर खुट्टासम्मका सबै अंगहरुमा असर गर्छ । धेरै प्रेसर बढेमा मानसिक समस्या हुन सक्छ । डाइबिटिज र प्रेसर कन्ट्रोल छैन भने आँखामा असर पर्छ । मुटु, मृगौला, कलेजोमा समस्या हुन सक्छ । कुनै घाउ भयो समयमा घाउ चाडो निको हुदैन । प्रेसर कन्ट्रोल भए भने हातखुट्टा नचल्ने, मुख बाङ्गो हुन सक्छ । डाइबिटिज कन्ट्रोल नभएमा हातखुट्टा झमझमाउने हुन्छ । ३५ वर्षमाथिका मानिसहरुलाई सुगर र प्रेसर हुने सम्भावना बढी हुन्छ ।
१०.अन्त्यमा के सुझाव दिन चाहनु हुन्छ ?
डाइबिटिज र ब्लड प्रेसर सबैभन्दा बढी लाग्ने समस्या भएकोले यसबाट बच्न डाइबिटिज र ब्लड प्रेसरको बारेमा राम्रो जानकारी लिनु पर्छ । यसको नर्मल अवस्था र असामान्य अवस्था के हो बुझ्न जरुरी छ । डक्टरकोमा समयमा नै उपचार गराए समयमा नै डाइबिटिज र ब्लड प्रेसरलाई कन्ट्रोल गर्न सकिन्छ ।