चन्चले स्वभावकी ६ वर्षिय आरोही श्रेष्ठ वीरगंज महानगरपालिकाको वडा न ५ स्थित अवस्थित मैस्कट एकेडेमिको कक्षा १ मा अध्ययनरत छात्रा हुन । आमा रोशनी श्रेष्ठ र बुबा अजय श्रेष्ठका कान्छी सन्तान हुन आरोही । उसकी एक दिदी छिन् । दिदी आर्या श्रेष्ठ सोहि विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा हुन् । आमा रोशिनी सोहि विद्यालयको शाखा प्रमुख हुन भने बुबा होट्ल सुरजका कर्मचारी हुन् । हाल आफनै घर विर्तामा बसोबास गर्छन् आरोही र उसका परिवार ।
पढाईका साथ साथै खेलमा पनि रुचि राख्ने आरोहि चन्चले स्वभावकी छन् । विद्यालयमा हुने खेलकुद, हाजिरिजवाफ,नृत्य, संगित लगायतका अतिरिक्त कृयकलपमा समेत सकृय सहभागिको रुपमा उनी प्रस्तुत हुन्छिन् । त्यस मध्ये आर्ट एण्ड क्राफ्ट उसको मन पर्ने खेल रहेको उसले बताईन । आफुलाई गणित विषय सजिलो लागे पनि विज्ञान विषय गाह्रो लाग्ने बताईन । संगै बस्ने, सबै कुरा सियर गर्ने, संगै अभ्यास गर्ने भएकोले सफलता परियार उनको मिल्ने साथी रहेको उनको भनाइ छ । तर उनि म संग कहिले काहि झगडा पनि हुन्छ उनले हास्दै भनिन् ।
घरमा आमाले बनाएको खाना मन पराउने आरोहि प्याज खान मन पराउदिनन् । त्यो बाहेक फलफुल पनि रुचाउछिन उनि । घरमा हुँदा पढेर वा खेलेर आफ्नो दिन बिताउने उनी टि भि र मोवाइल चलाउन पनि माहिर छन् । उनलाई चित्र बनाउन असाध्यै मन पर्ने भएकोले घरमा हँुदा पनि प्राय नयाँ नयाँ बुट्टा बनाउने चित्रहरु कोर्ने गर्छिन् उनकी आमा रोशनीले भनिन् । त्यो बाहेक घरको काममा आफ्नि आमालाई सघाउने गरेकी छन् । भविष्यमा नेल आर्ट र फेसन डिजाईनर बन्ने उनको इच्छा छ । अलिक चनचले छिन् । भनेको मान्छिन् । उसको पढाई पनि ठिक छ । उसकी आमा रोशनीले थपिन् ।
कक्षाको प्रथम विद्यार्थी उनी विद्यालयमा हुने हरेक कृयाकलापमा सहभागि हुन्छिन । सबैभन्दा बढि आर्ट एण्ड क्राफ्टमा रुचि छ उसको । त्यो बाहेक स्वीमिङ्ग पनि गर्छिन् । घरमा हुँदा प्राय मोवाईल चलाउने र टिभि हेर्न हातमा कापीकलम बोकेर चित्र बनाउन उनी मन गर्छिन् । त्यो बाहेक घरको काममा मलाई सहयोग पनि गर्छिन् । खानामा जे दिए पनि खान्छिन् । यो चाहियो त्यो चाहियो भनेर कहिल्यै किचकिच नगर्ने एकदमै राम्रो बानि उनको आरोहीकी आमा रोशनीले भनिन् ।
हामीले यो बनाउछु त्यो बनाउछु भनेर सोचेका त छैनौ । तर उसको कृयकलाप हेर्दा उसको रुचि बुज्दा र मेरो व्यक्तिगत सोचाई र अरुको कुरा सुन्दा भविष्यमा उसलाई फेसन डिजाईनर कोर्स गराउने सोच बनाएकी छु । किनकि चित्र नेल आर्ट र डिजाईनमा उसको बढि रुचि देखेको छु । पछि उसको रुचि र ईच्छा अनुसार पढाउने छु । म आफै निजि विद्यालयमा भएकोले मैले मेरै निगरानिमा हुन्छन, हेरचाह पनि हुन्छ भनेर उनिहरुलाई निजि विद्यालयमा राखेका हो ।