समाज परिवर्तनको लागि आजको पहिलो आवश्यकता भनेको हरेक क्षेत्र भित्र समाजमा महिला र पुरुषको समान सहभागिता सगैँ साझेदारी हुन आवश्यक छ । महिला र पुरुष सृष्टिका समान हिस्सेदार पात्र हुन् । पटक पटक व्याख्या गरिएता पनि नैसर्गिक रुपमा समानताको लागि हाम्रो सोच, चिन्तन, व्यवहार, संस्कार, रहनसहन, बोली व्यबहारको दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ ।
हुन त मानविय सोचमा परिवर्तनको कुरा गरिरहंदा महिलालाई नै समाजसगँ तुलना गर्ने हामी नै हो भने समाजमा बस्ने पनि हामी नै भएको हुँदा समाजलाई औंलाएर महिला स्वतन्त्रतालाई बन्धी बनाउनु पक्कै पनि राम्रो कुरा होईन । महिला हक र अधिकारको लागि युगौ देखि गरिएको आन्दोलनले पाएका सफलतालाई उजागर गर्दै मिहिन ढंगले अगि बढ्नु आजको आवश्यकता हो ।
आज समाजमा महिलालाई हेर्ने दृष्टिकोणको कुरा गरिरहँदा महिला पछि पर्नुको एउटा कारण आत्मनिर्भर पनि हो भन्दा अनुयुक्ति नहोला । उचित शिक्षा, अनि प्राप्त ज्ञानलाई समाजमा छर्ने वा फैलाउने उचित वातावरणको अभाव अहिले पनि सागँुरो नै हुनु दुखद पक्ष हो । अधिकार सगैँ महिलाले गर्ने घर भित्र र बाहिरको कामलाई रुपैँया पैसामा तुलना गर्ने संकुचित सोचमा परिवर्तन ल्याउन जरुरी छ । काम कै कुरा गर्ने हो भने महिला र पुरुषको कामलाई यो महिलाले गर्ने पर्ने र यो चै पुरुषको काम भनेर लगाईने भागबन्डामा समानता आउन जरुरी छ ।
समाजमा कामको तुलना गर्दा महिलाहरुले नै गर्ने काम बढी छन् । अझ भनौं भने औसतमा महिलाको तुलनामा पुरुषहरुले गर्ने काम १४ % प्रतिशत छ भने ८४% प्रतिशत काम महिलाले नै गर्ने गरेका छन् । तर आम मानवको सोचाईमा महिलाले गर्ने घरायसी काम लाई काम नसम्झने प्रविधीका कारण भनौँ या त कामलाई आर्थिकआय संगको तुलनाले गर्दा काम भएर पनि कामको सम्मान हुन नसक्नुको बिडम्बना अहिले पनि यथावत नै छ । आज महिलाहरु पछि पर्नुको एउटा कारणको रुपमा श्रमको उचित मुल्य वा सम्मान नपाउनु हो भन्दा फरक पर्दैन । किन कि आज पनि घर परिवार वा समाजमा महिलाले गरेको काम लाई काम नदेख्नु अनि पुरुषले गर्ने कामलाई काम देख्नु भनेकै आर्थिक पक्ष वा आय आर्जन बलियो भन्ने अंकित गर्दछ ।
यदि श्रमको मुल्य घर भित्र र बाहिर दुबै ठाउँमा बराबर तोक्ने हो भने महिला र पुरुषको विवेदमा थुप्रै परिवर्तन ल्याउन सकिन्थ्यो । जस्को उदाहरणको रुपमा हिजो आज घर बाहिर निष्किएर आफ्नै बल बुतामा दुई पैसा कमाएर ल्याउने महिलालाई लिन सकिन्छ, जो गाउँ,समाज अनि शहर सँग परितिच हुदै अथाह परिश्रम पश्चात समाजमा स्थापित हुने प्रयत्नमा आफ्नो पहिचान बनाउन तल्लिन छन् । तर यसो भनिरहँदा महिला पछि पर्नुेको कारण पुरुष नै हुन भन्न खोजिएको भने पटक्कै होईन । कतिपय ठाँउमा परिस्थिती अनुकुल आफुलाई ढाल्न नसक्नु कहिँ न कहिँ महिला स्यमं नचुकेका पनि होईनन् ।
महिला स्यमं आफुलाई दक्ष, आत्मनिर्भर, क्षमतानवान बनाउन आफ्नो सोच, अनि कार्यलाई परिवर्तन गर्न सक्ने हो भने केहि हद सम्म मानवीय सोचमा परिवतर्न ल्याउन सकिन्छ ।
पछिल्लो समयमा महिलाहरु घरको काम साथ साथै बाहिरको काम समेत गर्नेको सँख्यामा बृद्घि हुनु सबल पक्ष हो । महिलाले पनि केहि गर्न पर्दछ आफ्नो दक्षता र क्षमतालाई समाजमा उजागर गर्नका लागि पछि हट्न नहुने कुरा बुझीरहदाँ घरमा साथ साथै बाहिर काम गर्ने सहज वातावरण हुन आवाश्यक छ ।
घर परिवार, बालबच्चा, देखि लिएर स्कुल, कलेज अनि नोकरीको धाप दौडलाई सहज वातावरण निर्वाह गर्न परिवारका सदस्य देखि समाजले उचित वातावरण बनाईदिने हो भने महिलाले जस्तो सुकै चुनौतिको समेत सामना गर्न पछि हट्दैनन् । घर परिवार अनि हाम्रो समाजले महिलाहरुले पनि आत्मनिर्भर हुन पर्दछ भन्ने कुरालाई सहज रुपमा लिने हो भने बर्षौ देखि गरेको आन्दोलन र आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाजमा परिवर्तनको लागि एउटा सहज वातावरणको रुपमा परिमार्जित गर्न सकिन्छ । महिला हक र अधिकारबाट प्राप्त केहि गर्न सक्ने क्षमता महिलाकै लागि न अवशर आउँन सक्छ न चुनौति सामना गर्ने तागत नै तसर्थ समाज परिवर्तनको लागि सर्व प्रथम स्यंम आफ्नो सोच अनि कार्यशैली परिवर्तन गर्न सक्नु पर्दछ ।
बदलिदोँ समयको यस चक्र सगैँ घर भित्र अनि बाहिरका हरेक क्षेत्रमा आएका अवसरलाई अंगाल्दै जस्तो सुकै चुनौतिसगँ लड्न महिला तयार हुनु पर्छ । जसका लागि गाउँ, समाज, अनि राज्यले पनि उचित समन्वय गर्न जरुरी छ ।