नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको नवनिर्वाचित कार्यसमितिले आज औपचारिक रूपमा सपथ ग्रहण गरेको छ। निर्वाचन अधिकृत नारायण तिमिल्सिनाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभएको हो।
गत निर्वाचनमार्फत वृजकिशोर पटेल सभापतिमा निर्वाचित भएका छन् भने मधु राणा र भगवती चौधरी उपसभापतिमा चयन भएका छन्। त्यसैगरी, मन्त्रीमा विनोद गिरी, कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत तथा उपकोषाध्यक्षमा पवित्रा गजुरेल निर्वाचित भएका छन्।

सदस्य पदमा शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद गुप्ता, जितेन्द्र कुमार वर्मा, बाबुनन्द चौरसिया, राजेश्वर प्रसाद चौरसिया , अलिअसगर देवान, कविता खड्का, मूना खनाल र बबिता कुमारी कानु निर्वाचित भएका छन्।
तर, उपमन्त्री पदका लागि संतोष कुमार गुप्ता र साविर अहमद एराजले समान मत प्राप्त गरेकाले सो पदको सपथ ग्रहण स्थगित गरिएको छ। निर्वाचन अधिकृत तिमिल्सिनाले उपमन्त्री पदका लागि थप निर्णय पछि गरिने जानकारी गराउनुभएको छ।

सपथ ग्रहणपछि नयाँ कार्यसमितिले सामाजिक सेवाका कार्यहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
