"मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" तथा "स्वस्थ रहौं, समृद्ध बनौं" भन्ने नारासहित ग्लोबल बिजनेस कलेज, बिरगंज श्रीपुरले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समाजमा रक्तदानको महत्त्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम बिरगंज महानगरपालिका–११, श्रीपुरस्थित कलेजको हलमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका हालै निर्वाचित सभापति बृजकिशोर पटेल थिए। त्यस्तै, विशिष्ट अतिथिको रूपमा बिरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चौगाई, करन यादव, दिपु बर्णवाल तथा नेपाल रेडक्रस सोसाइटी, रेसमकोठीका युवा संयोजक अभिलाष गुप्ता उपस्थित थिए।
रक्तदान कार्यक्रममा २२ महिलासहित १०६ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्ने उल्लेखनीय व्यक्तिहरूमा हिमानी गुप्ता रौनियार, अमृता सराफ, विश्वजित चामारिया, अभिजित गुप्ता, सुमित ठाकुर, विष्णु साह कानु, बिक्की कुशवाहा, क्षितिज अधिकारी, अप्सना कुमारी यादव, सावित्री मंडल, आशिष गुप्ता, महेश साह, अभय गुप्ता, राहुल गुप्ता, निरज साह, आशिष रौनियार, सन्दीप शाह, ओम प्रकाश शाह, सोनि साहलगायतका व्यक्ति रहेका थिए।
ग्लोबल बिजनेस कलेज, बिरगंज श्रीपुरका प्रिन्सिपल राम दासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सफल बनाउन कलेजका सञ्चालक अशोक सराफ, ओम श्रेष्ठ, निभा देवी दासलगायतको महत्वपूर्ण भूमिका रहेको थियो।
रक्तदान कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गर्न रक्तसञ्चार केन्द्र, बिरगंजका प्रमुख सौरभ राज पाण्डे, राजन श्रीवास्तव, जितेन्द्र कुशवाहालगायतको टोलीले महत्त्वपूर्ण योगदान दिएका थिए।