१) विद्यालयमा नेतृत्व निर्वाह गर्दा कस्ता चुनौतिहरु आए ?
आफ्नो नेतृत्व निर्वाह गर्दाखेरी साथ सहयोग पनि पाएँ । काम गर्दा समस्या पनि आउँछ । हिड्न सिक्दा लडिन्छ भने काम गर्न थालेपछि विभिन्न किसिमको समस्या आउँछ । कोरोनापछि हामी अलि पछाडी प¥यौं । विभिन्न जाति धर्मका बालबालिका अभिभावकहरु छन् । हरेक कुरामा कहिले काँही विवाद भइरहन्छ । संचालकको सबैभन्दा ठूलो समस्या अभिभावकले समय नदिनु र समयमा शुल्क नर्तिनु हो । त्यो सबभन्दा ठूला समस्या अहिले पनि हामी सामना गर्दैछांै । किन कि एउटा संस्था टिकिरहनुमा सबैको भूमिका हुन्छ । त्यहाँ जति मेरो भूमिका छ त्यति नै अरुको भूमिका पनि हुन्छ । यो मेरो संस्था मात्र होइन हाम्रो संस्था हो ।
एउटा सेस्मी परिवार भनेर म जहिले पनि भन्छु । अभिभावलाई जहिले पनि अभिन्न अङ्गको रुपमा हेरेको छु । जहिले पनि मैले उहाँहरुलाई सर्वश्रेष्ठ दर्जा दिएको छु । किन कि उहाँहरुले गर्दा नै संस्था चलिरहको छ । मेरो शिक्षक टिमहरु अहिले पनि हामीसंग हुनुहुन्छ । मैले १० वर्षदेखि संस्था चलाइरहेको छु । त्यो भन्दा पनि पुरानो शिक्षकहरुको साथ पाइरहेको छु । यस्तो समस्या आयो कि अभिभावकहरुलाई सम्झाउन पनि गाह्रो हुन्छ । आज बच्चाको जन्मदिन मनाउनको लागि २ हजार दिन सक्छौं । पिकनिकमा जाँदा २ हजार खर्च दिन सक्छौं । विद्यालयको शुल्क दिदाँ मन दुखी बनाउनु हुन्न । तपाईको परिवारको अभिन्न अङ्ग हो विद्यालय पनि । तपाईले पनि समस्याको बेला मलाई सहयोग दिनु हुदैन भने त्यो कष्टकारी हुन्छ । हामी अरु विद्यालयको बारेमा भन्छौं । मलाई ठूलो बिल्डिङ्गले हैन मलाई सिकाइ राम्रो गर्नु छ । बालमैत्री शिक्षामा जोड दिइरहेका छौं । बच्चाले मलाई त्यतिकै आमाको दर्जा दिइरहेको छैन नि । अब मलाई काम गर्न रमाइलो लाग्छ । समस्या आयो भने नआत्तिई त्यसको सामना गर्न म तयार छु ।
२) महिलाको नेतृत्वलाई समाजले स्वीकारेको छ त ?
महिलाको नेतृत्वलाई समाजले अहिले पनि स्वीकारेको छैन । किनभने मेरै अफिसमा आएर एक जना मलाई नै सोध्नु भयो । सर कहाँ हुनुहुन्छ मैले भने कुन सर त भन्नु भयो । प्रिन्सिपल सर जब कि म त्यहाँ कुर्सीमा बसेको छु । सबै नाम राखेको छ । तर पनि प्रश्न गर्नु भयो । तब मैले भने किन तपाईहरु अहिले पनि प्रिन्सिपल म्यामलाई स्वीकार गर्नु भएको छैन । प्रायः अभिभावकहरु गाउँतिरको नै आउनु हुन्छ । आउँदा खेरी उहाँहरु सम्बोधन गर्दा नमस्कार सर भन्नु हुन्छ । हामीलाई त्यो नमस्कार त्यस्तै फर्काउनु पर्छ । तर त्यो कुरा सर भने पछि कही न कही त्यसले अस्वीकार जस्तै महसुश हुन्छ । यो पद मात्र पुरुषको लागि हो भन्ने उहाँहरुको कुराले लाग्छ । तर पनि विस्तारै परिवर्तन भइरहेको छ । हुन त पहिले त्यो पदमा पुरुष नै हुने गरेकोले पनि, उहाँहरुले त्यसो गरेको हुन सक्छ ।
३) महिला र पुरुषले गर्ने नेतृत्वमा के फरक छ ?
महिला र पुरुषले गर्ने नेतृत्वमा धेरै फरक छ । जति पुरुषले समर्थन पाएको हुन्छ त्यति महिलाले पाउदैन । महिला प्रति गर्ने विश्वासको समस्या अहिले पनि समाजमा छदैछ । महिला हो खै गर्न सक्छ कि सक्दैन भन्ने गर्छन् । एक पल्ट म जुन कुरा भनी दिन्छु त्यो जसरी पनि पुरा गरेर दिन्छु । मलाई महिलाले गरेको नेतृत्व धेरै राम्रो लाग्छ । म आफ्नो स्कूलको उदाहारण दिन चाहन्छु । मेरो संस्थामा महिला, पुरुष दुबै हुनुहुन्छ । जो योग्य छ उसलाई मौका दिनु पर्छ । म महिला छु भने मैले मात्र महिलालाई मात्र प्राथमिकता आज कुनै केटा राम्रो छ मैले यसलाई पनि प्रोत्साहन दिनु पर्छ । महिलाको नेतृत्वमा निर्णय गर्न सफा छ । हामीले महिला पुरुष भनेर छुट्याउने काम गरेको छैनौं । केही महिलाहरुले काम ग¥यो भने धेरै राम्रोसंग गर्छन् । वीरगंजमा पनि त्यस्तो धेरै उदहारणहरु छन् । म आफ्नो घर, संस्था पनि हेर्छु । मेरो ठाउँमा पुरुष आइ दिएमा सबै हेर्न सक्छन् त ?
४) महिलालाई आरक्षण किन चाहिएको होला ?
हामी पुरुष र महिला समान छांै । हामी बीच समान प्रतिस्पर्दा छ । म कहाँ पनि महिला शिक्षिकाको संख्या धेरै छ । उहाँहरुलाई हेर्छु एकदम धपेडी गरेको जस्तो छिटो हतारमा भएजस्तो पाउँछु । गाउँबाट सासु ससुरा आउनु भएको छ । विदा लिनको लागि भन्नु हुन्छ । यसले महिलालाई दोहोरो भूमिका भएको आभाष यत्तिकै पाइन्छ । काम पनि बाध्यता छ । त्यो भिन्नताले कही कम गरिदिएको भए उहाँलाई झन आफ्नो सिप देखाउन राम्रो मौका पाउँछ । यो भन्दा पनि राम्रो गरेर हामीले समाजले देखाउन सक्छौं । महिलालाई सकारात्मक साथको खाँचो छ ।
५) जिवनमा अनुशासन कत्तिको चाहिने रहेछ ?
जुन मानिस अनुशासनमा छ त्यसको जिवन धेरै राम्रो छ । यसको लागि समस्या आउँदैन । म आफ्नो विद्यार्थीलाई जहिले भन्छु । तपाईहरु अनुशासनमा बस्नु हुन्छ भने तपाई धेरै उच्च स्तरसम्म पुग्न सक्नु हुन्छ । यदि अनुशासनमा बस्नु भएन भने केही हुन सक्दैन । मैले यदि आफ्नो सबै काम समयमा गरेन भने मेरो विद्यालयमा नराम्रो हुन्छ । मेरो परिवारमा अशान्ति हुन्छ । यदि हामी आफ्नो कार्य बुझेका छौं र काममा अनुशासनमा रहेर गर्नुपर्छ ।
६) धैर्यता र खुशी के हो ?
धैर्यता भनेपछि मेरो लागि एउटा शक्ति हो । खास शक्ति हो । धैर्यताले तपाई भित्र शक्ति उत्पन्न गर्छ । आज आत्तियो भने सबै काम बिथोलेर जान्छ । धैर्यता भनेपछि म त्यसलाई एउटा शक्तिको रुपमा लिन्छ । धैर्यताले जिवनमा सफलता प्राप्त गर्छ । खुशी भनेको मेरो परिवार र मेरो काम हो । त्यसैलाई खुशीको रुपमा लिन्छु ।