‘८४ मा महिला पहिला’ सशक्तिकरणको लागि अनुपम अभियानमहिला नेतृत्वको लागि देशव्यापी महिलावादी अनुपम अभियान’ नागरिक आवाज र टेवा नेपालले अभियानको रुपमा सञ्चालन गरिरहेको छ । वीरगंजमा पनि फागुन १३ गते महिला सशक्तिकरणकोलागि विशाल ¥यालीको गरिएको छ ।
¥यालीमा अनुपम अभियानका रिता थापा र नागरिक आवाजका डा. सुसन रिसल नेपालले महिला सशक्तिकरणकालागि “२०८४ मा महिला पहिला” भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता सहितको नारालाई सशक्त बनाउन जोड दिए । वीरगंजका महिला दिदीबहिनीहरुले यसको लागि तयारी अवस्थामा रहन पनि उनले सुझाव दिए । कार्यक्रममा बारा, पर्साका राजनीतिकर्मी महिलाहरु, पत्रकार महिलाहरु, स्वाथ्यकर्मी, शिक्षिका, विभिन्न संघ–संस्थामा आबद्ध महिला दिदीबहिनी, व्युटिसियन महिला दिदीबहिनी, अधिवक्ता, महिला अधिकारकर्मीहरु, समाजसेवीहरु, वीरगंज महानगरका महिला कर्मचारीहरु, नर्सिङ्ग कलेजका छात्राहरु, पालिका उपाध्यक्षहरु र स्थानीय महिलाहरुको सक्रिय उपस्थिति थियो ।

महिला नेतृत्वको लागि देशव्यापी महिलावादी अनुपम अभियान’ मा पर्साको ठोरी गाउँपालिकाको उपाध्यक्ष गोकुली रेग्मीले महिलाहरुले पनि स्वःमूल्याँकन गर्दै आफ्नो दक्षता अभिवृद्धि गर्नु पर्नेमा जोड दिइन् । उनले महिलाका प्राप्त अधिकार सदुपयोग गर्न पनि सक्नु पर्ने र अधिकार लिन पनि पछि पर्नु नहुने उनको भनाइ थियो । पटेर्वा सुगौली गाउँपालिका, ठोरी गाउँपालिकाको उपाध्यक्षले सक्रिय नेतृत्वगरी पालिकाको महिला दिदीबहिनीहरुलाई महिला सशक्तिकरणको अभियानको ¥यालीमा सकृय उपस्थिति गराएका थिए । देशव्यापी महिलावादी अनुपम अभियान’को वीरगंजमा निकालिएको ¥यालीमा “८४ मा महिला पहिला” भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता भन्ने मूल नारा सहितको ¥याली घण्टाघरबाट सुरु भएर माइस्थान, आदर्शनगर हुदैँ घण्टाघर पुगेर कोणसभा गरिएको थियो । कार्यक्रममा महिला अधिकारकर्मी बबिता जयसवालले पुरुषलाई पछाडी पार्ने चाहना होइन । महिला र पुरुष सम विकास, महिला सञ्जालको कामना भएको बताएकी थिइन् । जुनसुकै पार्टीले पनि सक्षम महिलालाई कहिले पनि निर्णायक पदमा लान नचाहेकाले हरेक क्षेत्रका वा पार्टीका महिला एक भएर अगाडी बढ्नु पर्ने अवस्था भएको उनको जोड थियो । राजनीतिकमा महिलाले फट्को मार्नु पर्छ । पहिला एकजुट भएर मिसन “८४ मा महिला अगाडी आउनु एक भएर अधिकार लिनु पर्ने बताएका थिए ।

पुरुष नभएर आमाको नामबाट पनि बच्चाको जन्मदर्ता, नागरिकता बन्ने नीति भए पनि वडा अध्यक्षहरु नबनाई दिएको धेरै केशहरु अदालतमा आउने गरेको अधिवक्ता प्रतिमा चौरसियाले बताइन् । कानूनले दिएको आफ्नो अधिकार खोजेर नपाए खोसेर दिने हिम्मत महिलाले जुटाउनु पर्नेमा उनको पनि जोड थियो । अधिवक्ता भएकोले महिलाहरुको लागि परेको समस्यालाई कानूनी रुपमा समाधान गर्न सधै तत्पर रहेको चौरसियाले कार्यक्रममा जानकारी दिइन् । जसपाको नेतृ रमितामाया गुप्ताले महिला पनि पुरुष समान भएको बताइन् । पुरुषहरुले महिलाहरुलाई कमजोर नठानी सगैं नेतृत्वमा समकक्षी भएर साथ दिन आग्रह गरेकी छन् ।
नेपाल महिला संघ केन्द्रीय सदस्य किरण सरकारले पार्टीहरुले महिलाले जित्न सक्दैनन् भनेर टिकट नदिने गरेको उनले गुनासो गरिन् । संविधान पनि महिलालाई विभेद गरेर बनाइएको छ । प्रत्यक्ष निर्वाचन तर्फ नभई समानुपातिकमा मात्र ३३ प्रतिशत महिलालाई आरक्षण दिइएकोमा उनले विरोध जनाएकी थिइन् । समानुपातिकमा महिला र पुरुष दुबैलाई बराबर गर्नु पर्नेमा नेतृ किरण सरकारले तर्क गरिन् । पछाडी पारिएका पुरुषहरुलाई पनि समानुपातिक कोटा निर्धारण गरिनु पर्नेमा उनले जोड दिइन् । महिला नेतृहरुले पनि आफ्नो क्षमता अनुसार पदमा दाबेदारी गर्न आह्वान गरेकी छन् । महिला नेतृ करिमा वेगम एक पटक मात्र एउटा महिलालाई चुनावमा टिकट दिदाँ जितेर पनि ५ वर्षसम्म सिक्न लाग्ने भएकोले पुनः उसलाई अर्को कार्यकालका लागि टिकट दिइनु पर्ने उनले बताइन् । अर्को पटक टिकट नदिनाले महिला नेतृहरुले राम्रो काम गरेर देखाउन नसकेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसकी नेतृ डा. शुष्मा तिवारीले ८४ आउन केही समय अझै बाँकी भएकोले महिला एकजुट भएर आजैदेखि एक अर्काको साथ दिएर मिसन ८४ लाई सफल पार्न पर्ने आग्रह समेत गरेकी थिइन् । प्रदेश सभा सदस्य बिना शर्मा माडवारीले महिला जुनै संगठनको भए पनि एकजुट भएर मिसन ८४ लाई सफल पार्न पर्ने बताइन् । पैसावाला मानिसहरुको काम कार्वाही छिटो हुन्छ । जो पीडित छ, गरिब निमुखा मानिस छ भने उसको पक्षको काममा वडामा, महिला सेलमा पनि ढिलाई भएको मुस्लिम संघको अध्यक्ष तसिमा खातुनले गुनासो गरिन् । वडा अध्यक्ष पनि भोटको राजनीतिक गर्ने पैसावालाको पक्षमा साथ दिने र पीडितलाई न्याय दिनुको सट्टा थप पिडा दिने काम भइरहेको उनको गुनासो छ ।

देशमा गणतन्त्र आएपछि महिलाले पनि आफ्नो अधिकार पाइन्छ भनेर धेरै खुशीयाली, उत्सव मनाएका थिए । तर पछिल्लो समयमा पुरुष प्रधान समाज महिला मैत्रीं भने हुन सकेन । कहीले पदकालागि कहीले गठबन्धनको नाममा जुनसुकै पार्टीका महिलाहरुले पुरुषहरुको लागि आफ्नो राजनीतिक क्षेत्रमा आहुँती दिनु परेको महिला नेतृहरुको भनाइ थियो । केही गर्छु भन्ने क्षमतावान महिलाहरुलाई राजनीतिमा आकर्षण नभएको पनि उनीहरुको भनाइ थियो । राम्रा विचार भएका निस्वार्थ भावनाको नेतृत्वलाई जनताको रोजाइमा पर्न थालेपछि भने पछिल्लो समयमा युवा महिला नेतृहरुको आकर्षण बढ्न थालेको उनीहरुले बताए ।
महिला संचारकर्मीहरुको सकृयतामा संचालित मधेश प्रदेशकै पहिलो रंगिन पत्रिका मध्य नेपाल मिडिया प्रा.लि. ‘मिडिया पार्टनर’ रहेको अनुपम अभियानमा सयौं संख्यामा पर्साका महिला नेतृहरुको सहभागिता रहेको थियो । पर्सामा पहिलो पटक महिलाको अधिकार, आरक्षण सिट अनुसार नेतृत्व गर्न पाउनु पर्छ भनेर महिला दिदीबहिनीहरु एकजुट भएर हातेमालो गर्दै यो अभियान संचालन भएको थियो । अभियानले मिसन ८४ लाई सफल पार्न हरेक महिलाहरुले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न पर्ने उनीहरुको जोड थियो ।
ठोरी गाउँपालिकाको उपाध्यक्ष गोकुली रेग्मी, पटेर्वासुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतो, दलित संघ पर्साको अध्यक्ष निला राम, मधेश खबरकी पत्रकार माधुरी महतो, महिला सञ्जाल बाराको अध्यक्ष बबिता जयसवाल, मानव अधिकार रक्षक सञ्जाल बाराको अध्यक्ष निभा सिंह, पोखरिया नगरपालिकाको पूर्व उपमेयर सल्मा खातुन, कञ्चन कोइराला लगायत अन्य महिला सहकर्मीहरुको आयोजित कार्यक्रममा मिसन ८४ लाई सफल पार्न मुख्य भूमिका खेल्नु पर्नेमा महिला नेतृहरुको निष्कर्ष छ ।



