औद्योगिक तथा व्यापारिक घरना केडिया परिवारले सामाजिक कार्यको लागि स्थापना गरेको महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्घारा स्थापित एवम नेपाल नेत्रज्योति संघ अन्र्तगत संचालित राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पतालले २०८१ फाल्गुण १२ गते सोमवारका दिन स्वर्ण महोत्सव मनाएको छ ।
अस्पतालले स्वर्ण महोत्सवको उपलक्ष्यमा पहिलो चरणको कार्यक्रममा विहान घण्टाघरबाट दृष्टि रैलि शुरु गरि वीरगंजको मध्य भाग होटेल मकालु, हेटेल पुजन, घडिअर्वा पोखरी हुदै माईस्थान मन्दिर अगाडी कोण सभामा परिणत भएको थियो । उक्त कोण सभामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार केडियाले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । दृष्टि रैलिमा अस्पताल व्यवस्थापन समिति, नेपाल नेत्रज्योति संघ केन्द्र, प्रदेश एवं जिल्ला शाखा, विभिन्न ठाँउबाट आउनु भएका देश विदेशका पाहुनाहरुका साथै स्थानीय संघ संस्था एवम नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
अस्पतालले स्वर्ण महोत्सवको अवसरमा दिउँसो विभिन्न कार्यक्रम आयोजना गरेको थियो । महोत्सवको प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आँखा स्वास्थ्य एवम उपचारको क्षेत्रमा केडिया आँखा अस्पतालको योगदानको प्रशंशा गरे । यस अस्पतालले गरेको सेवाले नेपालको संबिधानले नागरिकको स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले सरकारको नीति र लक्ष्यलाई सहयोग पुग्ने गरी उपचार सेवालाई प्रभावकारी बनाउन आग्रह समेत गरे ।
यस अस्पतालले स्थापनाकालदेखि नै सामाजिक सेवाको उद्देश्य राखी सर्वसुलभ उपचार र आँखा स्वास्थ्यबारे जनचेतना जगाउनुको साथै विभिन्न परियोजना मार्फत निःशुल्क उपचार एवं शल्यक्रिया सेवा प्रदान गर्दै आएको र यस अस्पतालबाट मधेश प्रदेशका साथै, बागमती र भारतको विहार तथा उत्तरप्रदेशका बासिन्दा समेतले सेवा पाईरहेको जानकारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार केडियाले दिएका थिए । आफ्नो स्वागत मन्तव्यमा जानकारी गराउदै अध्यक्ष केडियाले आफ्ना पूर्वजहरुले गर्नु भएको यस अस्पतालको स्थापना र संचालन जस्तो पुनित कार्यको थालनीदेखि हाल सम्म २७ लाखभन्दा बढीको आँखा जाँच र ४ लाखभन्दा बढीको शल्यक्रिया गरिसकेको बताए । यसका साथै कोरोना महामारीको बेला पनि रिच परियोजना मार्फत पर्सा जिल्लामा १ लाख ८२ हजारभन्दा बढी १८ वर्षभन्दा मुनिका बाल बालिकाको आँखा परिक्षण तथा ३ हजार पाँच सयभन्दा बढीलाई निःशुल्क चश्मा वितरण गरेका परियोजनाका कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । अस्पतालका विगत र हालमा कार्यरत नेत्र चिकित्शक, प्रबिधिक तथा प्रशासनिक कर्मचारीहरु मिहिनेत तथा लगनशिलताले अस्पताल यहाँसम्म पुगेको जानकारी गराउदै आगामी दिनमा यस अस्पताललाई नेत्र विज्ञान अध्ययनमा स्तरउन्नति गर्दै देश कै नमुना अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य रहेको जनाइएको छ ।
सो अवसरमा अस्पताल परिसर भित्र दृष्टि स्तम्भ अनावरण र अस्पतालमा नयाँ अत्याधुनिक ५ तले भवनको शिलान्यास उपराष्ट्रपति यादवले गरेका थिए । भवन निर्माण भएपछि अस्पतालको हालको ६ सय बिरामी क्षमता प्रति दिनबाट बढेर १ हजार देखि १२ सय जनालाई सुलभ तरिकाले सेवा प्रदान गर्न सकिने जानकारी मेडिकल डायरेक्टर नितिन तुल्स्यानले गराएका थिए ।
स्वर्ण महोत्सवको अवसरमा महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टको आर्थिक सहयोगमा राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पतालद्घारा ५० थान व्हील चेयर, ५० थान स्ट्रेचर प्रदान गर्ने घोषणा अनुसार १८ जना अपाँग र ५ जना महिला स्वयं सेविकाहरुलाई स्टे«चर पनि उपराष्ट्रपतिको हातबाट प्रदान गरिएको थियो । यसका साथै केडिया बाल छात्रवृति कोषबाट ५ जना दृष्टि बिहिनलाई उच्च शिक्षाकोलागी जनही ११ हजारको दरले छात्रवृति पनि उपराष्ट्रपतिबाट प्रदान गराइएको थियो । स्वर्ण महोत्सव कार्यक्रमको मंचमा आसिन रहेका यस भेगमा लोकप्रिय जापानका नेत्र विषेशज्ञ डा. जुनसुके आकुराले आफु यस अस्पतालमा काम गर्दा अस्पतालको स्मरण गर्दै हालसम्म भएको विकास हेर्दा हर्षित भएको बताएका थिए । स्वर्ण महोत्सवको अवसरमा देश विदेशका नेत्र विशेषज्ञका साथै विभिन्न आँखा अस्पतालको प्रतिनिधिका साथै वीरगंजका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
स्वर्ण महोत्सवको तेश्रो र अन्तिम चरणको कार्यक्रम सोही दिन साँझ होटेल कलार्क रिसोर्टमा भएको थियो । यस कार्यक्रममा अस्पतालमा विगतमा काम गरेका र हाल कार्यरत कर्मचारीहरुलाई सर्टिफिकेट र मेडलबाट पुरस्कृत गरिएको थियो । यसका साथै जापानको मोरियामा आई केयर सित सिप साटासाट सम्झौता हस्ताक्षर भएको थियो । जस अनुशार जापानका नेत्र विषेशज्ञहरु केडिया आँखा अस्पतालमा सिप सिक्न आउने र केडिया आँखा अस्पतालका नेत्र विषेशज्ञ आवश्यक सिप सिक्न जापान जाने सम्झौतामा भएको अस्पताल व्यवस्थापन समितिका सल्लाहकार रमेश कुमार केडियाले बताए । अहिलेसम्म विदेशीहरु नै सिकाउने दक्षता राख्दछ भनी सोचको अन्त भएको छ । हाम्रा नेत्र विषेशज्ञहरु पनि सिपमा दक्ष रहेका छन् भनी नयाँ अध्यायको शुरुवात भएको छ । यो सम्झौता हुनुभन्दा पहिला नै केडिया आँखा अस्पतालमा जापान, संयूक्त राज्य अमेरिका, जर्मनी, क्यानडा र मालद्विपका नेत्र विषेशज्ञहरुले विभिन्न तालिमहरु लिई सकेका र नेपाली नेत्र विषेशज्ञ तथा प्राविधिक कर्मचारीहंरु वर्षेनी तालिमका लागि आईरहेको जानकारी गराएका थिए ।