महिलाहरुको राजनीतिक पहुँचमा कस्तो अवस्था छ ?
महिलाहरुले राजनीति गरिरहेका छन् । म पनि राजनीति गरिरहेको छु । मधेश भन्ने बित्तिकै एकै थरीका मानिस छैनन् । महिला भन्ने बित्तिकै एकै थरीका हुदैनन् । हाम्रो समाजमा पनि विभिन्न तहहरु छन् । महिलाहरु यदि आफ्नो पठ्नपाठन पुरा गरेर शिक्षा लिएर आउनु हुन्छ भने अगाडीसम्म पुग्नु हुन्छ । उदाहरणकालागि सलमा खातुन, ममता महतोसंग अरु पनि महिला छन् । माथि पदसम्म पुग्न सफल भएका छन् । शिक्षित महिला छ भने मधेश, पहाड जहाँ पनि महिलाहरुको लागि राम्रो हुन्छ । राज्यले ३३ प्रतिशत महिलाको लागि विधानमा उल्लेख गरेको छ । तर व्यवहारमा हेर्दा सबै ठाउँमा लागु नभएको जस्तो लाग्छ ।
तपाईको विचारमा गठबन्धन के हो ?
म गठन्धनलाई जबरजस्ती लाद्ने प्रयास भन्छु । जसले ५ वर्ष मेहनत गर्छ । कुनै नेताले कुनै पनि कार्यकर्ताले ५ वर्ष हैन आफ्नो जिवन नै राजनीतिमा लगानी गरेको हुन्छ । गठबंधनले गरेर विधिको साशनलाई नै उल्टो पाल्टो पार्छ । संविधानको नियम नमान्ने गरी भएको गठबन्धनमाथि कसैको विश्वास हुदैन । खास गरेर महिला कार्यकर्ता माथि हावी हुनको लागि पुरुषहरु जे पनि गर्न सक्छन् । गठबन्धन सकारात्मक सोचको लागि हुन्छ भने राम्रो कुरा हो । तर गठबन्धनको हावी महिला माथि नै हुन्छ ।
गठबन्धनबाट सबैभन्दा बढि मारमा को छ ?
गठबन्धनबाट सबैभन्दा बढि मारमा महिलाहरु पर्र्दा रहेछन् । पुरुषहरु आधा रातमा ५ जना मिलेर गठबन्धन गर्ने, नियम बनाउने गर्छन् । नियम बनाउने त्यसमा महिलाहरु आधा रातमा सामिल हुन सक्दैनन् । सबैको आफ्नो दायरा हुन्छ । त्यसमा आफ्नै किसिमको निर्णय गर्ने हुन्छ । महिलाले दिएको सल्लाहलाई नमान्ने । महिलाले गरेको निर्णयलाई मुल्य मान्यता दिदैनन् । त्यसैले सबैभन्दा बढि मारमा महिलाहरु पर्ने गर्छन् । महिलाहरुले पनि राजनीतिक गर्न सिक्नु पर्छ । नेतृत्व गर्न सिक्नु पनि समयको माग पनि हो ।
महिलाले मधेश आन्दोलनबाट उपलब्धी के पाए त ?
मधेश आन्दोलनबाट केहि न केहि त उपलब्धी भएकै छ । नभएको भने होइन । ३३ प्रतिशत आरक्षण पनि आन्दोलनको उपलब्धी हो । मधेशले कहिले सक्षम महिलाहरु उत्पादन गर्न नसकेको अवस्था छ । महिलाहरु काम गर्न जानु हुन्छ कागजहरु पढन जान्नु हुन्न । महिला शिक्षित भएन भने उचित कदम चाल्न सक्दैनन् । योजनाहरु बनाउन सकेन भने कसरी कार्यन्वयन गर्ने, गराउने त्यो पनि विडम्बना छ । मधेशमा मात्र समस्या छैन । महिलाहरु माथि केन्द्रित भएर कुरा गर्ने हो भने महिलाहरुलाई राजनीतिक गर्न सबै परिवारलाई छुट छैन ।
तपाईले स्वाभिमानलाई कसरी बुझ्नु भएको छ ?
सम्मान र स्वाभिमान सबैभन्दा ठूलो हो । यो सबैकोलागि आवश्यक छ । केहि नपाए पनि मानिस स्वाभिमानी हुनुपर्छ । धेरै मानिस स्वाभिमानी छन् । स्वाभिमान कसैले दिने वस्तु होइन । यो हरेक व्यक्ति भित्रबाट उजागर हुनु पर्छ ।
अर्थपूर्ण निर्णायक तहमा महिला किन नभएको होला ?
साउथ एसियामा पाकिस्तानको प्रधान मन्त्री बेनजीर भुट्टो , बंगलादेशको बेगम खालिदा जिया, शेख हसिना, भारतमा इन्दिरा गान्धीले नेतृत्व गरेका थिए । नेपालमा विडम्बना नै भन्नु पर्छ । विद्या भण्डारी राष्ट्रपति हुनुभयो । त्यो कार्यकारी पद होइन । निर्वाचनमा जितेर पदमा आफ्नो स्वाभिमान कायम राख्ने कमै छन् । कुनै पनि समाजमा महिलाको संख्या पुरुष भन्दा बढि हुन्छ । मधेशमा ५४ प्रतिशत महिलाको संख्या छ भने ३३ प्रतिशत मात्र किन । मधेशमा होइन् नेपालमै महिलाको संख्या बढि छ । अहिले पुरुषहरु बढि विदेशीका छन् । महिलाहरु बढी मतदाता हुन्छन । महिलाबाट नै छान्नु पर्दा कहाँ महिलालाई दिन्छन त ?
राजनीतिक गरिरहँदा मधेशलाई के खाँचो छ ?
मधेशमा भौतिक स्तरमा हेर्ने हो भने गाउँहरुमा रोड बनी सकेको छ । ८,९ वर्षमा विद्युतीय पोलहरु लागि सकेको छ । मानवीय विकास हुनुपर्ने हो त्यो भएको छैन । भौतिक विकासले मात्र हुदैन । मानवीय विकास जहाँको त्यहि छ । सबै भन्दा पहिला चेतनाको स्तर हुनु पर्ने हो । गाउँमा जाँदा खेरी मानवीय स्तरको कुरा गर्दा महिलाहरुले खान लाउनको अलावा धेरै कुरा सिकाउन सक्छु । अरु पनि कुरा गर्न सक्छु ।
तपाईको विचारमा धैर्यता के हो ?
धैर्यता र अनुशासन हुनै पर्छ । धैर्यता र अनुशासन जिवनको साँचो हो । जसले मानिसलाई अगाडी पु¥याउनमा धेरै नै मद्दत गर्छ । सामाजिक अनुशासन हुनु पर्छ । अनुशासनले मात्र धैर्यता राखेर अगाडी जानुपर्छ । एक व्यक्तिमा मात्र अनुशासन र धैर्यता भएर हुदैन । जुन संगठनमा, ठाउँमा बस्छौं । सम्पूर्णको धैर्यता र अनुशासन भए पाउनु पर्नेले समयमा पाउँछन् । सबै जना अनुशासित हुदै विकास हुन्छ । भौतिक विकास, सामाजिक विकास, मानवीय विकास सबै विकासमा टेवा पुग्छ ।