सशक्तिकरण ‘अनुपम अभियान’ बारामा पनि महिला सशक्तिकरणको लागि संचालित ‘अनुपम अभियान’ बाराको कलैया पनि निकालिएको छ । नागरिक आवाज र टेवा नेपालले देशव्यापी अभियानका रुपमा सञ्चालन गरिरहेको सो अभियान बाराको कलैयामा पनि निकालिएको हो ।
महिलाको नेतृत्व विकासका लागि देशव्यापी महिलावादी अनुपम अभियान’ २०८४ मा महिला पहिला” भन्ने नाराका साथ निकालिएको आयोजकले जनाएको छ । सो कार्यक्रममा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता सहित देशव्यापी अभियान छेडिएको पनि आयोजकको भनाइ छ । नागरिक आवाज र टेवा नेपालले देशव्यापी अभियानका रुपमा छेडेको अनुपम अभियान कलैया उपमहानगरपालिका परिसरबाट निकालिएको थियो । ¥याली भरत चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । बाराका महिला दिदीबहिनीहरुकालागि मिसन २०८४ मा तयारी अवस्थामा रहन पनि उनले सुझाव दिए । कार्यक्रममा बारा, पर्साका राजनीतिकर्मी महिलाहरु, पत्रकारहरु, मध्य नेपाल मिडियाको टिम, स्थानीय महिला दिदीबहिनी, सामुदायिक प्रहरी लगायत विभिन्न संघ–संस्थाले अनुपम अभियानलाई साथ दिएका थिए । महिला नेतृत्वको लागि देशव्यापी महिलावादी अनुपम अभियान’ मा महिला संचारकर्मीहरुको सकृयतामा संचालित मधेश प्रदेशकै पहिलो रंगिन पत्रिका मध्य नेपाल मिडिया प्रा.लि. ‘मिडिया पार्टनर’ को रुपमा सकृय रहेको छ । सो मिडिया प्रा.लि.ले बाराको अनुपम अभियानलाई पनि सघाएर नेतृत्वदायी भूमिका निर्वाह गरेको मध्य नेपाल मिडिया प्रा.लि.को सम्पादक कविता खड्काले बताइन् ।

अनुपम यात्रालाई जनता सामु पु¥याउन आफूहरुले साथ दिएको उनको भनाइ छ । मध्य नेपाल मिडिया प्रा.लि.की सम्पादक कविता खड्काले मिसन ०८४ मा हरेक क्षेत्रको नेतृत्व तहमा महिला पहिला आउन महिला सशक्तिकरण अभियानको सुरुवात गरिको बताएकी थिइन् । जुनसुकै क्षेत्रमा नेतृत्व गर्न सक्ने महिला आउनु पर्ने उनको भनाइ थियो । बारामा निकालिएको ¥यालीमा कलैया उपमहानगरपालिकाका मेयर विनोद प्रसाद साहको पनि सहभागिता रहेको थियो । महिलाहरुले चालेको अनुपम अभियानलाई मनन् गर्दै आगामी दिनमा महिलाका मुद्दाहरुलाई प्राथमिकता दिने उनले बताएका थिए । महिला सञ्जाल बाराका अध्यक्ष बबिता जयसवालले कोढा सभामा निर्णायक तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन पर्नेमा जोड दिइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले स्वरोजगार कार्यक्रम संचालन गर्न पर्ने उनको भनाइ थियो । महिला आत्म निर्भर भए हिंसामा कम हुने उनको तर्क थियो । महिला सशक्तिकरण अभियानमा महिलाहरुलाई सशक्त बनाउन र बालिबालिकाहरुको उच्च शिक्षामा पहुँचकोलागि गाउँ–गाउँमा सचेतनाको कार्यक्रम स्थानीय सरकारले पनि गर्नु पर्ने महिला नेतृहरुको भनाइ थियो । सरकारले विवाहको उमेरलाई २० वर्ष नै कायम गर्नु पर्ने उनीहरुको तर्क पनि छ । विवाहको उमेर घटाएमा बालविवाह गर्नेको संख्या अत्याधिक रुपमा वृद्धि हुने पनि अध्यक्ष जयसवालको दावी थियो । जुनसुकै पार्टीले पनि सक्षम महिलालाई कहिले पनि निर्णायक पदमा लान नचाहेको अनुपम अभियानमा सहभागी महिलाहरुको दावी छ । हरेक क्षेत्रका वा पार्टीका महिला एक भएर अगाडी बढ्नु पर्ने पनि उनीहरुको जोड छ । राजनीतिकमा महिलाले फट्को मार्नु पर्ने समय आएकोले पहिला एकजुट भएर मिसन “८४ मा महिला अगाडी आउनु पर्ने पनि महिला नेतृहरुको तर्क छ । राजनीतिमा मात्र नभई घर, समाजमा पनि निर्णायक भूमिकामा कसरी महिला पहिला आउन सकिन्छ ? अब ध्यान त्यता हुन पर्ने अभियानमा सहभागी महिलाहरुको भनाइ थियो ।

बालविवाह उन्मूलनका अभियान्ता रिंकु ठाकुरले आफ्नो १३ वर्षको उमेरमा विवाह हुन लाग्दा विरोध गरेर अभिभावकलाई पछि सारेको भन्दै उच्च शिक्षा हासिल गर्ने अवसर पाएको पनि बताइन् । अरु बालिकाहरुले पनि परिवार र समाजसंग प्रतिकार गरी बालविवाहलाई न्युनिकरण गर्दै उच्च शिक्षा हासिल गर्न स्वयंम अग्रसर हुन पर्ने उनको जोड थियो । अनुपम यात्राको मिसन २०८४ मा हरेक तहमा महिला पहिला आउन सम्पूर्ण जनताको साथ सहयोगको आवश्यक्ता भएको प्रयास प्रशंसा सिंहले बताइन् । कलैया उपमहानगरपालिकाको उपमेयर रोशन प्रविणले अनुपम यात्रा सहभागी हुदै मिसन ०८४ लाई सफल पार्न उपमेयरहरुले पनि भूमिका खेल्न पर्ने बताएकी थिइन् । देशमा गणतन्त्र आएपछि महिलाले पनि आफ्नो अधिकार पाइन्छ भनेर धेरै खुशीयाली मनाएका थिए । तर पछिल्लो समयमा पुरुष प्रधान समाज महिलामैत्रीं भने हुन सकेन । केहीले पदकालागि केहीले गठबन्धनको नाममा जुनसुकै पार्टीका महिलाहरुले पुरुषहरुको लागि आफ्नो राजनीतिक क्षेत्रमा आहुँती दिनु परेको महिला नेतृहरुको आरोप थियो । केही गर्छु भन्ने क्षमतावान महिलाहरु राजनीतिमा आकर्षण नभएको पनि पन्छिन थालेका छन् । राम्रा विचार भएका निस्वार्थ भावनाको नेतृत्वलाई जनताको रोजाइमा पार्न महिलाहरुले संघर्षबाट पछि हट्न नहुने पनि उनीहरुको भनाइ । कारामा पनि महिलाको अधिकार, आरक्षण सिट अनुसार नेतृत्व गर्न पाउनु पर्छ भनेर महिला दिदीबहिनीहरु एकजुट भएर हातेमालो गर्दै यो अभियान संचालनान सहभागी भएको धेरै महिलाहरुको भनाइ छ ।
अभियानले मिसन ८४ लाई सफल पार्न हरेक महिलाहरुले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न पर्ने उनीहरुको जोड छ । महिला सञ्जाल बाराको अध्यक्ष बबिता जयसवाल, मानव अधिकार रक्षक सञ्जाल बाराको अध्यक्ष निभा सिंह लगायत अन्य महिला सहकर्मीहरुले आयोजित कार्यक्रममा मिसन ८४ लाई सफल पार्न मुख्य भूमिका खेल्नु पर्ने बताएका छन् ।
