वीरगन्जका पत्रकार लालबाबु शेखको नेतृत्वमा प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। सोमबार रौतहटको चन्द्रपुरमा सम्पन्न दोस्रो अधिवेशनले शेखको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति चयन गरेको हो।
शेख हाल प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिवमा दिवाकर भण्डारी, कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन्। त्यस्तै, सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा चयन भएका छन्।
सदस्यहरूमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आशिक अंसारी, सुरेश प्रसाद आचार्य, संगिता शिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पद तथा गोपनीयताको सपथ गराएका थिए। यसअघि अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए।