प्रेम प्रसाद यादव वीरगंज वासीको लागि खासै नयाँ नाम पक्कै पनि होईन । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ३ पदमौल गम्हरीया टोलमा २०१८ साल पुष १५ गते जन्मेका यादव ३ दाजुभाई र ५ दिदीबाहिनी मध्येको माईलो छोरा हुन । २०३५ सालमा शारदा माध्यमिक विद्यालय बहुअरीबाट एस.एल.सी. उतिर्ण गरि एम. ए. सम्मको अध्ययन गरेको उनले बताए । २०४२ सालमा राम साह मा.वि. तहनहुमा अस्थायी शिक्षकको रुपमा समेत उनले काम गरे, त्यसपछि २०४३ सालमा पढ्ने उदेश्यले जागिर छोडेर त्रिभुवन युनिर्भसिटीमा पढई गरे । २०५२ सालमा हरिहर प्रसाद यादवसंग ज्ञानवाटिका स्कुल संचालन गरेर चलाउँदै गर्दा २०५४ सालमा उनि छुट्टीए । २०५५ सालमा लेखा शाखामा काम गर्ने शारदा शंकर गुप्तासंग पार्टनसिपमा वीरगंजको श्रीपुरस्थित होली ल्याण्ड ईङ्गलिस बोर्डिङ्ग स्कुल संचालनमा ल्याए । ८ वर्षसम्म भाडामा लिएर चलाएका विद्यालय दुई पटकमा ४ कठ्ठा ७ धुर रानिघाटमा जग्गा किनेर एकै थलोमा १० कक्षासम्म संचालन गरी विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका होलील्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कुलका संचालक तथा प्रधानाध्यापक प्रेम प्रसाद यादवसंग मध्य नेपालको लागी गरिएको कुराकानी :
१) बर्तमान अवस्थामा माध्यमिक विद्यालयको शैक्षिक अवस्था कस्तो पाउ“नुको भएको छ ?
कक्षा ११ र १२ लाई पहिला उच्च माध्यमिक भन्ने गरिन्थ्यो । तर नेपाल सरकार यसलाई पनि माध्यमिक विद्यालय नै गरिदिएको छ ।
अहिले समुदायिक र निजी विद्यालयहरुमा पनि ११ र १२ कक्षाको पढाई भईरहेको छ । नेपाल सरकारले उच्च माध्यमिक विद्यालयलाई माध्यमिक तहमा गाभे पनि अहिले समुदायिक विद्यालयहरुमा त्यस अनुसारको शिक्षकको दरवन्दी मिलान गरेको छैन । तर त्यही निजी विद्यालयमा कक्षा ११ र १२ चलाउनलाई दरबन्दीको आवश्यकता छैन ।
निजी विद्यालयमा चाहे जतिको शिक्षक राख्ने सजिलो छ तर समुदायिक विद्यालयमा दरबन्दी लगायत अरु धेरै कुराको विषयमा सरकारको काम अलि फितलो देखिएको छ । तसर्थः नेपालको शैक्षिक क्षेत्रमा जुन किसीमले विकास हुनुपर्ने हो त्यो अनुसार विकास भएको छैन । अहिले उच्च माध्यमिक विद्यालयमा बीबीए, एमबीए, अथवा बी.आई.एम जस्ता धेरै प्रोफेशनल कोर्षहरु आईसकेका छन् ।
राज्यको हरेक ठाउँमा पु¥याउन सकिएको छैन । तर पहिला भन्दा अहिले शिक्षामा हामी धेरै माथि गईरहेका छौ । शिक्षाको गुणस्तरीयतामा अभिबृद्धी भई शैक्षिक स्तर बढिरहेको छ ।
२) विद्यालयहरुको भौतिक अवस्था कस्तो पाउनु भएको छ ?
निजी वा समुदायिक कुनै पनि विद्यालयमा चाहिए जतिको भौतिक संरचना छैन । निजी विद्यालयमा डेक्स, बेन्स, पंखा, जेनेरेटर, सिसी क्यामरा जस्ता पूर्वाधारहरु पर्याप्त छन् । तर समुदायिक विद्यालयमा सरकारले हरेक सेवा सेविधा दिएपनि नेतृत्व वर्गहरुको लापर्वाही र
नियमकानरी निकाय मौन हुँदा बेला बेलामा भौतिक पूर्वाधारको अभाव रहेको सामाचारमा आईरहेको हुन्छ ।
अहिले निजी र समुदायिक दुबैमा खेलकुदको लागी पर्याप्त ठाउँ खासै भएको देखिदैन । केही विद्यालयहरुमा स्वीमिङ्ग गर्ने, भलीवल तथा बासकेट बल खेटाउन सक्ने ठाउँ छ । अतः व्यवस्थापन र उत्पादनको हिसाबले सरकारी क्यामपसभन्दा निजी क्यामपस राम्रो छ । यस अनुसार सरकारी क्याम्पसले भौतिक पूर्वाधारको विकास गर्न सकेको छैन ।
३) सामुदायिक विद्यालयभन्दा निजी विद्यालयमा अध्यापन गराउने शिक्षकको सेवा सुविधा कम भएता पनि शिक्षाको अवस्था उनैको अब्बल छ । समुदायिक विद्यालयको शैक्षिक अवस्था नसुध्रिनुको अर्थ के हो ?
समुदायिक विद्यालयको शिक्षामा सुधार गर्न अहिले सरकार काम गरिरहेको छ । पहिला खासै थिएन । अहिले सरकारले समुदायिक विद्यालयमा पढ्ने विधार्थीलाई मात्र छात्रबृति दिईरहेकोले यसप्रति विधार्थीको लगाव बढिरहेको छ । अहिले प्राय विधार्थीहरु कक्षा ८ सम्म निजी विद्यालयमा पढि समुदायिक विद्यालयमा गईरहेको अवस्था छ । निजी विद्यालयले आफ्नै खल्तीबाट शिक्षकको तलब दिने हुँदा विधार्थीको पढाईमा ध्यान दिएका हुन्छ ।
निजी विद्यालयमा पढ्ने विधार्थीहरुको बेला बेलामा शैक्षिक अवस्था बारे विभिन्न परिक्षा गराई लिने गरिन्छ । जुन समुदयिक विद्यालयले पनि लिन्छ । तर विधार्थीहरुमा कमिकमजोरी भएर निजी विद्यालयका जिम्मेवारी पुर्ण सुधार्ने कार्यमा लाग्छन् भने समुदायिक विद्यालयका शिक्षक सरकार मातहत काम गरिरहेकोले विधार्थीहरु प्रति त्यति ध्यान दिएको देखिदैन ।
४) शैक्षिक क्षेत्रमा देखिएको वेतिथिलाई न्युनिकरण गर्न के गर्नु पर्छ ?
अहिलेको आधुनिक युगमा हरेक व्यक्तिले राजनीति गरिरहेका छन् । देशको हरेक निकायमा रहेका कर्मचारीहरुको कुनै न कुनै पार्टीमा संलगनता छदैछ अथवा संलग्नता नभए समर्थन पनि गरेका हुन्छन् ।
नेपालमा हरेक मानिस राजनितिक कुरा गर्छन र बुझ्छन पनि । मुख्यतः शिक्षामा सुधार ल्याउनको लागी हरेक शिक्षकलाई २ वर्षमा सरुवा गरिरहनु पर्छ ।
शिक्षकको लागी नयाँ विधार्थी र नयाँ माहोल भएकोले शिक्षक पनि टिक्नको लागी कडा मेहेनत गर्छन । र कुनै विधार्थीहरु खासै नजिक नहुँदा आफ्नो व्यक्तिगत स्वार्थको लागी विधार्थीहरुलाई उचाल्न पनि सक्दैनन् । संसारकै कुरा गर्दा जति पनि ठुला आन्दोलन हुन्छ त्यसमा मुख्य भूमिका विधार्थीहरुकै हुन्छ, खास गरि कक्षा ११ र १२ मा पढ्ने विधाथीैहरुको । यि कक्षाका विधार्थीहरु आफूले दिमाग नलगाई अरुको वहकावामा बढि लाग्ने गर्छन ।
५) पहिले धेरै नाम चलेको स्कुलमा गनिन्थ्यो यहाँको होली ल्याण्ड ईङ्गलिस बोडिङ्ग स्कुल, तर अहिले खासै चर्चा छैन किन होला ?
हाम्रो स्कुलभन्दा पनि बढि भौतिक सेवा सुविधा भएको स्कुल आयो । अहिले ठुल–ठुला उधोगी व्यापारीहरुले ठुलो बेलडिङ्ग बनाएर व्यापारमा संलग्न रहेका प्राय धेरै जसो मानिसले समाजिक प्रतिष्ठाको लागी पनि त्यसतै स्कुलमा पठाउने गरेका छन् । र अहिले धेरै विधार्थीहरु कक्षा ८ पास गरेर नै छात्रबृति खानको लागी पनि हाम्रो स्कुल छोडर समुदायिक विद्यालयमा गएका छन् । अहिले प्रायः मानिसले ठुलो बेल्डिङ्ग र समाजमा ठुलो कहलाउनको लागी पनि ठुल–ठुला भवन भएको स्कुलमा पठाउने गरेका छन् ।
६) होलिल्याण्ड ईङ्गलिस बोर्डिङ्ग स्कुलको शैक्षिक अवस्था अझै सुदृढ बनाउन के कस्तो योजना बनाउनु भएको छ ?
अहिलेको समयमा किताबी ज्ञानको साथै व्यवहारिक ज्ञान हुनु पनि एकदमै जरुरी छ । त्यकारण हामीले विधार्थीहरुको लागी छुट्टै डान्स कक्षाकोठाको व्यवस्था मिलाई डान्स टिचर पनि राखेका छौ । सौद्धान्तिक ज्ञानको साथै विभिन्न आधुनकि प्रविधीद्वारा पनि विधार्थीहरुलाई किताबी ज्ञानको साथै व्यवहारिक शिक्षण सिकाई पनि गराउने कार्यमा लागेका छौ ।
७) सपलतापूर्वक विद्यालय संचालन गर्नको लागी के के कुरामा ध्यान दिन जरुरी छ ?
सफलतापूर्वक विद्यालय संचालन गर्नको लागी दक्ष शिक्षकको आवश्यक पर्छ जुन अहिले धेरै नै गाह्रो भएको छ । अहिले पनि हाम्रो स्कुलमा गणित विषयको शिक्षकको आवश्यकता रहेका छ । तिन जना शिक्षक आए तर एउटा प्रश्नको पनि जवाफ दिन सकेन । यसको मुख्य कारण पनि क्यामपसबाट उत्पादन भईरहेको विधार्थीहरु पनि खासै दक्ष नभएको अवस्था छ ।
धेरै नक्कल गरेर पास भएको हुनाले पनि अहिले निजी विद्यालय पनि संचालन गर्न गाह्रो छ । दक्ष तथा अनुभवी भएको शिक्षकहरु लोक सेवा आयोगमा नाम निकाली सरकारी जागिर खाईरहेका छन् । तसर्थः दक्ष र अुनभवी शिक्षकको अभावको कारणले पनि निजी विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ ।
८) निजी विद्यालयले शिक्षाको नाममा व्यवसाय गर्ने आरोप लाग्ने गरेको छ ? यो आरोपलाई यहा“ले कसरी नियाल्नु हुन्छ ?
यो एउटा सेवामूलक व्यवसाय हो । तर दोकान जस्तो होइन । गरिब, दलित, आर्थिक अवस्था दयनिय भएका विधार्थीहरुलाई हामीले पनि मिलाएर लैजान्छौ । जेहेन्दार, गरिब भएका विधार्थी पढ्नमा उत्कृष्ट छन् भने हामीले निःशुल्क छात्रवृत्ति दिएर पनि पढाउँछौ । तर केही ठुल(ठुला व्यापारीहरुले धेरै पुजी लगाएर स्कुल संचालन गरी जति पनि पुँजीपति वर्गका व्यक्ति छन् ति सबै जना आफू ठुलो कहलाउनका निम्ति त्यस्तै व्यपारीले खोलेको स्कुलमा चर्काे शुल्क लिएर पढाउने गरेकोले निजी विद्यालयमा व्यवसायिकरण भएको हो ।
९) शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्छ ?
अहिले बनेको स्थानीय सरकारले माध्यमिकसम्म शिक्षा व्यवस्थापन िगर्ने अधिकार पाएको छ । स्थानीय सरकारले विद्यालयमा कक्षाकोठा, भौतिक संरचना लगायत हरेक स्कुलमा विषयबस्तु अनुसारको शिक्षकको दरबन्दी मिलान गर्नु पर्छ ।
विधार्थीहरुको पठनपाठनको लागी आवश्यक निति नियम बनाई विधार्थीहरुको उन्नती, प्रगति बारे अभिभावक तथा शिक्षकहरुसंग बैठक बसाई शैक्षिक अवस्था बारे जानकारी लिई सुधार कार्यमा जुट्नु पर्छ ।
१०) वीरगंजका केही कन्सल्टेन्सि सरकारको मापदण्ड विपरित चलिरहेको पाईयो नि ? यस बारेमा यहा के भन्नु हुन्छ ।
कन्सल्टेन्सि संचालकहरुले विधार्थीहरुलाई मितव्ययी वातावरणमा गुणस्तरीय शिक्षा दिन सक्ने स्रोत साधनको राम्रो व्यवस्था गर्नुपर्छ । अनि मात्र सरकारको मापदण्ड अनुसार कन्सल्टेन्सि संचालनमा ल्याउनु पर्छ । तर यहाँ केही कन्सल्टेन्स सरकारलाई दिईने कर बचाउँनको लागी सरकारको मापदण्ड विपरित संचालन गरेका होलान् ।
कन्सल्टेन्सीमा खास गरी बिबिए, एमबी, लेबका विधार्थीहरु पढ्न जान्छ । स्कुल कलेजमा जति राम्रो पढाई भएपनि अहिले प्रायःधेरै विधार्थीहरु कन्सल्टेन्सिमा पढ्ने गरेका छन् । यसको कारण कतिपय विधार्थीह स्कुल, कलेजमा त्यति ध्यान पढ्ने पनि गर्दैनन् । यसले एकतिर विद्यालयको पढाईको वातावरण धमिलो हुन्छ भने कन्सल्टेन्सिहरुले राम्रो ध्यान नदिदाँ अभिभावकको पैसा खर्च हुनुको साथै विधार्थीहरुको भविष्य समेत अन्धकारमा जान्छ । त्यसकारण सम्बन्धित निकायले सरकारको मापदण्ड विपरित संचालन गरि चलाईरहेका कन्सल्टेन्सिहरुमाथि विषेश ध्यान दिनु अत्यन्तै जरुरी छ ।
११) प्रदेश नं. २ को शिक्षामा सुधार ल्याउन प्रदेश सरकारको भूमिका कस्तो हुनु पथ्र्यो ?
लोकतन्त्र र गणतन्त्र पछिको नयाँ लोकतान्त्रिक संविधानले राज्यलाई स्थानीय, प्रदेश र संघीय सरकार गरी तिन तहमा बाडेको छ ।माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारले पाएको छ भने उच्च शिक्षालाई हेर्ने कानुन त बनेको छैन तर मौखिक रुपमा प्रदेश सरकारले जिम्मेवारी पाएको छ । प्रदेश नं. २ को सरकारले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । शिक्षाले नै प्रदेशको विकास हुन्छ । पैसा र श्रोतले हुने होईन । जबसम्म शिक्षा गुणस्तरीय र प्रभावकारी हुदैन तबसम्म कुनै पनि क्षेत्रको विकास हुदैन ।
प्रदेश नम्बर २ को शिक्षाको निती, वातावरण अन्य प्रदेशको तुलनामा पहिलादेखि नै खस्किएको छ । अहिले पनि विधार्थीहरु परीक्षा दिन जाँदा अभिभावकहरु चिट पु¥याउन जान्छन । अभिभावकहरुले जसरी भए छोराछोरीलाई पास गराउने सोच पहिलादेखि नै विद्यमान छ । पढाईमा भन्दा अन्यतिर लगानी छ । पढाईमा लगानी गर्नु भनेको खर्च हो जस्तो उनीहरुको पहिलादेखि नै चलिआईरहेको छ । अभिभावकहरुको यो भावना अहिलेसम्म परिवर्तन हुन सकेको छैन । स्कुल राम्रो भएर मात्र हुदैन ।
जबसम्म शैक्षिक जनजागरण हुदैन तबसम्म हाम्रो विकास हुन सक्दैन । त्यसकारण प्रदेश नम्बर २ को सरकारल गुणस्तरीय शिक्षा निती बनाएर प्रदेशमा राम्रो बजेट दिएर शिक्षामा प्राविधिक, कृषि र व्यवसायीक शिक्षालाई अगाडी बढाउन आवश्यकता अनुसार पूर्वाधार, स्कुल, क्यामपसको स्थापना गर्नुपर्छ ।
प्रदेश सरकारले प्राविधिक शिक्षाको संगसंगै टेक्निकल शिक्षा, कृषि शिक्षा र व्यवसायीक शिक्षालाई पनि अगाडी पढाउनु पर्छ । अहिले जसरी छोरीलाई पढाउने अभियान प्रदेश सरकारले चलाएको छ त्यसरी नै छोराछोरी दुबैलाई पढाउनै पर्ने अभियान पनि चलाउन जरुरी छ । अनि मात्र प्रदेश नं. २ लाई शिक्षाको विकासकै आधारमा अन्य कृषि, संस्कृतिक, धार्मिक लगायत सबै कुरामा यसको प्रभाव साकारात्मक हुन्छ ।
१२) प्रदेश नं. २ को सरकारले ल्याएको मदर्शा शिक्षा बोर्डलाई यहा“ले कुन रुपमा लिनु भएको छ ?
शिक्षालाई जुन रुपमा हेर्नु पर्ने हो त्यो अनुसार प्रदेश नं. २ को सरकारले हेरेको छैन । मदर्शा बोर्ड शिक्षाको एउटा सानो अङ्ग मात्र हो ।
सरकारले समग्र शिक्षा नीति ल्याउन सकेको छैन । प्रदेश सरकार आफैमा अन्योलमा छ । मदर्शा शिक्षा बोर्ड ल्याउनु नराम्रो होइन् । मुश्लिम धर्मावल्मीहरुले पनि आफ्नो समुदायलाई उर्दुक भाषाको ज्ञान सिक्न जरुरी छ । त्यो अनुसार मदर्शा शिक्षा बोर्ड राम्रै हो । तर प्रदेश सरकारले शिक्षा बिज्ञहरुसंग समन्वय गरि शिक्षामा समग्रताको नितीलाई बढि प्राथमिकतामा राख्नु पर्छ ।
पहिलाको सरकार जस्तै यो सरकार पनि राजनीतिक अवधारण गरेर गईरहेको छ । त्यसकारण यही प्रवृति रहेयो भने प्रदेश सरकारले शिक्षामा विकास गर्छ भने मलाई लाग्दैन । मुख्यतः यसमा आमुल परिवर्तन गर्नको लागी एउटा पक्षलाई मात्र खुसी नपारी समग्रतामा गुणस्तरीय शैक्षिक वातवारण बनाई समय सापेक्ष प्रा.वि., मा.वि. तथा उच्च मा.विमा कसरी शिक्षा दिने भन्ने रोड म्याप सरकारले बनायो भने शिक्षामा धेरै विकास हुन्छ ।
सरकारले सानो कुरालाई छोडेर समग्रतामा प्रदेश नम्बर २ लाई शैक्षिक हब बनाउने शिक्षा नीति र वातावरण कस्तो हुनुपर्छ भने प्राविधिकसंग छलफल गरि शिक्षाको एउटा रोड म्याप बनाई अघि बढेमा मात्रै शिक्षाको विकास हुन्छ । तसर्थः राजनीतिक, संस्कृति, समाजिक, आर्थिक, कृषि, व्यवसायी आदी सबै पक्षको विकासको लागी शिक्षाको धेरै महत्व हुन्छ । त्यसकारण स्थानी, प्रदेश र केन्द्र सरकारले एक अर्काको खिचातानी नगरी शैक्षिक क्षेत्रलाई बलियो बनाउन सबै समुदायको उत्थान हुने गरि शिक्षा निती ल्याउनु पर्छ ।
१३) विद्यार्थीको सफलतामा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?
पढाई राम्रो हुनको लागी स्वयम विधार्थी, अभिभावक र गुरुवर्ग तिनै जनाको महत्वपूर्ण भूमिका हुन्छ ।
विधार्थी स्कुल पछि घरमा जादाँ के गर्दैछ, कति बजे घरमा आईरहेको छ, मोबाईल चलाईरहेको छ भने मोबाईलमा के चलाईरहेको छ, कस्तो सङ्गत छ, खान्छ भने के खान्छ, बुवा÷आमासंग बसेर वा एकलै कति टिभी हेरिरहेको छ, पढिरहेको छ भने कुर्शीमा बसेर कि ओच्यानमा सुतर पढिरहेको छ । किन भने ओच्यानमा सुतेर पढदा विधार्थीहरुलाई चाँडै नै निद्रा लाग्छ । यी सबै कुरामा ध्यान दिन अभिभावकहरुकै महत्वपूर्ण भूमिका हुन्छ । किन भने विद्यार्थी विद्यालयमा ५÷६ घण्टा मात्र हुन्छ, बाँकीको समय भने उ घरमै हुन्छ । त्यसकारण छोराछोरीको पढाई गुणस्तरीयता बृद्धि गर्न र उनीहरुलाई पढाई प्रति सम्बेदनशिल बनाउने कार्यमा अभिभावकहरुको धेरै नै भूमिका हुन्छ ।
१४) अन्त्यमा, नेपाल सरकारले ल्याएको लोकसेवा आयोगको विज्ञापन कतिको न्यायोचित छ ?
संविधानले सिंह दरबारको अधिकार स्थानीय तहमा दिए पनि शक्ति भने केन्द्र सरकारसंग नै छ । देशमा संघीयता आएपछि त स्थनीय, प्रदेश र संंघीय तिनवटै सरकारले आ(आफ्नो कर्मचारी राख्ने अधिाकार पाउँनु प¥यो नि ? प्रदेश सरकारले पनि आफ्नो राज्यमा आफ्नो प्रहरी, पं्रशासन, कर्मचारी तथा आफ्नै लोक सेवा आयोग राख्न पाउँने अधिकार हुनुपर्छ । तर अहिले त्यसतो देखिएको छैन ।