युवा देशका कर्णधार हुन् भन्ने कुरा आजकल जो कोहीलाई राम्रै हेक्का हुन थालेको छ । अझ मुलुकभरीका सबै सरकारको नेतृत्व गरेका जनताका जनप्रतिनीधिहरुलाई यो कुराको हेक्का नहोला भन्नु बेइमानी हुन्छ । तर वास्तविक अर्थमा भन्ने हो भने बेइमानी चाही जनप्रतिनीधिहरु नै भइदिंदा नेपाली युवा सयौंको संख्यामा हरेकदिन विदेश पलायन हुनुपर्ने बाध्यता छ । यो बाध्यताबाट जति सक्दो चाँडो युवा जगतलाई मुलुकभित्र नै स्वरोजगार बनाउन सबै तह र तप्काबाट लागि पर्नुपर्छ । यसको लागि सबैभन्दा बढि भूमिका अब त स्थानीइ तहहरुको हुनु पर्छ । हरेक स्थानीय तहहरु आफै स्थानीय सरकार भएको कारण पनि अब युवाहरुको भविष्यका लागि स्थानीय तहहरु नै बढि जिम्मेवार हुनु पर्छ । यसै कुरालाई समेटर मध्य नेपालले युवा रोजगारका लागि स्थानीय सरकारले कस्तो नीति अख्तियार गर्नुपर्छ भनी स्थानीयहरुसँग लिएको प्रतिकृया :
प्रो. डा. दिपक शाक्य (संचालक)
बीरगंंज पब्लिक क्लेज (वीपीसी)
युवाहरुलाई रोजगर दिएर बेरजगारी समस्या कहिले पनि सामाधान हुदैन ।रोजगारभन्दा पनि स्वरोजगारतिर ध्यान दिनुपर्छ । युवाहरुलाई विभिन्न सिप सिकाई उनीहरुको लागी लगानी गरि कमाउन पनि सिकाउनु पर्छ । तर अहिले स्थानीय सरकारले युवाहरुको लागी करोडौ रकम छुट्याए पनि तालिम दिने कार्यमा मात्र सिमित रहेको छ । स्थानीय सरकारले स्थानीय स्तरमै युवाहरुलाई रोजगार दिन विभिन्न उद्योगधन्धाको विकास गर्नु पर्छ । हेल्बिटान्स जस्तो संस्थाहरुसंग सहकार्य गरि युवाहरुको पहँच सजिलो बनाउनु पर्छ । हेल्बिटान्स संस्थाले अहिले धेरै युवाहरलाई खेती गर्ने, ड्राईभिङ्ग गर्ने स–साना उद्योग खोल्नमा सहयोग गर्दै आईरहेको छ । स्थानीय सरकारले युवाहरुलाई विभिन्न सिप सिकाउनुको साथै व्यपार, व्यवसाय गर्नको लागी लगानी गरि कमाउने बातावरण पनि बनाउनु पर्छ । त्यसतै कृषकले उत्पादन गरेका बस्तु बिक्री वितरण गर्न बजार व्यवस्थापन पनि गर्न जरुरी छ । मुख्यतः स्थानीय सरकारले युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न किसिमका तालिमको साथै स्थानीय स्तरमा उद्योग संचालनमा ल्याउनु पर्छ ।
निकी गुप्ता (शिक्षिका)
होलि ल्याण्ड इङ्गलिश बोर्डिङ्ग स्कुल वीरगंज, पर्सा
मुलुकमा संघीयता आएसंगै सिंह दरबारको अधिकार जनताको दुःख, सुखलाई चिन्तन, मन्न गर्न सक्ने र सधै जनताको नजिक रहने स्थानीय सरकारले पाएको भन्ने गरिन्छ । संघीय सरकारले पनि स्थानीय स्तरमा जनताको सम्पूर्ण विकासको जिम्मेवारी स्थानीय सरकारकै कांधमा दिई त्यो अनुसार बजेट पनि दिईरहेको छ । तर बेरोजगार युवा, महिला, कृषक लगायतलाई लक्षित गरि खासै योजना ल्याएको देखिदैन । तसर्थः स्थानीय सरकारले युवावर्गलाई रोजगार दिलाउन विभिन्न किसिमका सिपमूलक तालिम, स्थानीय स्तरमै निःशुल्क लोक सेवा आयोगको कक्षा संचलान, महिलाहरुलाई उद्यमी बनाउन सिलाई कटाई तथा व्युटिसियन जस्ता विभिन्न सिपमूलक तालिम दिलाई रोजगारी उन्मुख हुने विभिन्न औधोगकि कारोबार संचालनमा ल्याउनु स्थानीय सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । सिप सिकेका युवा, महिलाहरुले सजिलै व्यवसाय व्यपार गरी आय आर्जन गर्न सक्ने गरी पालिकाले सस्तो, र शुल्भ रुपमा ऋणको अनुदान पनि दिनुपर्छ । साथै प्रदेश नं. २ कृषिमा आधारित प्रदेश भएको हुनाले युवावर्गलाई लक्षित गरि आधुनिक प्रविधिद्वारा कम लगानी मै बढि उत्पादन गर्न सक्ने कृषिमैत्री तालिम, योजना तथा बजेट छुट्याउनु आजको आवश्यकता हो ।
लालबचन प्रसाद सुमन (स्थानीय वासिन्दा)
कालिकामाई गाउँपालिका वडा नं. २
स्थानीय सरकार अधिकार समपन्न भएपनि जनताको हितमा खासै काम गरिरहेका छैन् । स्थानीय तहमा विकासभन्दा बढि भ्रष्टाचार मैलाएको छ । युवा, किसान, महिला बालबालिका जस्ता कुनै पनि पक्षलाई समेट्ने गरी खासै काम गरिरहेका देखिदैन । सरकारले बजेट दिईरहदाँ पनि स्थानीय तहको अधिकांश बजेट फ्रिज भएर गाईरहेका छ । र अहिले पनि पुरानै परम्परा अनुसार असारे महिनामा जसरी भएपनि बजेट सकाउने प्रवृति भन्ने कायमै छ । यसमा मुख्यतः स्थानीय सरकारले सडकको अवस्था सुदृढ गरी विभिन्न उद्योग, कलकरखाना संचलानमा अउने सक्ने विकास र वातावरण बनाउनु पर्छ । युवाहरु स्थानीय स्तरमै विभिन्न रोजगारमूलक तालिम, सिप दिई त्यस अनुसारको काम गर्न लगानी पनि गर्नु पर्छ ।
रामेश पटेल (स्थानीय वासिन्दा)
भिखमपुर पिपरा, पर्सा
स्थानीय सरकारले युवाहरु आफ्नै गाउँठाउँमा बसी आर्थिक आय आर्जन गर्न सक्ने गरी भैसी पालन, बाख्रा पालन, गाई पालन जस्ता कुरामा युवाहरुलाई लक्षित गरि बढि बजेट छुट्याउनु पर्छ । पढेलेखेका युवाहरु पनि आधुनिक तरिकाले घर निर्माण गर्न सक्ने तालिम दिनुको साथै नेपाल कृषि प्रधान देश भएकोले आधुनिक तरिकाले युवाहरुले पनि खेती गर्न सक्ने गरी कृषि सम्बन्धी विभिन्न तालिम दिई सिचाई, ट्रयाक्टर, दमकल, बोरिङ्ग जस्ता स्रोत साधन उपल्बध गराउनु पर्छ । पहिला मान्छे त्यति शिक्षित नहुँदा सही विधीद्वारा खेती हुदैन्थ्यो, बलियो घर निर्माण हुन सक्दैन्थ्यौ । त्यसकारण पढेलेखेका युवाहरुलाई लक्ष्ािँत गरि बलिायो पक्की घर बनाउन सक्ने तालिम, खेतीको लागी कृषि सम्बन्धी समग्री जस्ता कुरामा जोड दिएर स्थानीय सरकारले बजेट छुट्याई भैषी पालन, बाख्रा पालन र गाई पालन जस्तामा कार्यमा पढेलेखेका युवाहरुलाई समावेश गर्नु पर्छ ।
दिलिप राज कार्की (युवा नेता)
नेपाली कांग्रेस, पर्सा
कुनै पनि देशको आमूल परिवर्तनमा सबैभन्दा बढि भूमिका युवाहरुले नै खेलेका छन् । त्यसकारण समाजमा भएका विभिन्न किसिमका द्वन्द्वलाई न्युनिकरण गर्ने अभियानमा युवाहरुलाई परिचालन गर्नु पर्छ । स्थानीय सरकारले गर्ने शिक्षा, स्वास्थ, कृषि, सडक, नाल निर्माण जस्ता कार्यमा युवाहरुलाई नै परिचालन गराएर विकास निर्माणको काम गराउनु पर्छ । युवाहरु आफै यस्ता समस्याको बारेमा अध्धयनशिल भएकाले समाजिक बृकृतिलाई हटाउनुको साथै सहि तरिकाले विकास निर्माणको कार्य गराउँनमा लाग्छन् । यसले समाजको विकास भई बजेटको समुदपयोग हुनुका साथै बेरोजगार युवाहरु रोजगारी पनि पाउँछन् । र भोलीको दिन सडक, शिक्षा, स्वास्थयमा सुधार आए पछि शिक्षित समउन्नत समाजको निर्मा भई विदेशी लगानी पनि भित्रिने सम्भावना बढ्छ । साथै युवाहरुलाई विभिन सिप, तालिम दिई व्यवसाय गर्न सहुलियत हुने ऋण पनि सहयोग गर्नु पर्छ । तसर्थः स्थानीय सरकारले स्थानीय स्तरमा हुनु पर्ने हरेक कार्यमा युवावर्गलाई नै परिचालन गरि काम गराईयो भने उनीहरु रोजगारी पनि पाउँछन् र देश दिगो विकास पनि हुन्छ ।
संतोष पटेल (स्थानीय वासिन्दा)
बहुदरमाई नगरपालिका वडा नं. १, बिश्रामपुर
अहिले स्थानीय तहमा धेरै बजेटहरु फ्रिज भईरहेको अवस्था छ । सडक, नाला बाहेक अरु कुनै पनि विकास निर्माणको कार्यमा खासै काम भईरहेको छैन् । युवावर्गलाई लक्षित गरी स्थानीय सरकारले रोजगार उन्मुख हुन सक्ने विभिन्न किसिमका सिप मूलक तालिम जस्तै, मोटरसाईकल बनाउने, मोवाईल फोन, पलम्बरको काम, सिचाई लगायत अन्य व्यवसाय गर्ने सक्ने उद्यमी बनाउनु पर्छ । र सिप, तालिम मात्र नदिई उनीहरुलाई व्यापार व्यवसाय गर्न सस्तो र सुुल्भ तरिकाले ऋण पनि दिनुपर्छ । रोड, नाला, स्वास्थ, शिक्षाको कार्यमा पनि युवावर्गकै अगुवाईमा विकास निर्माणको कार्य गराउनु पर्छ । यसले युवाहरु रोजगारी पाउँनुको साथै विकास निर्माणको कार्य पनि टिकउ भई पछि अन्य क्षेत्रमा पनि स्थानीय सरकारले लगानी गर्न टेवा पुग्छ ।
महेश कुश्वाहा (शिक्षक)
होलि ल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कुल वीरगंज, पर्सा
स्थानीय सरकारले प्रदेश सरकारसंग समन्वय गरी प्रत्यके पािलका, वडाबाट बेरोजगार युवाहरुकोे डाँटा निकाली स्थानीय र प्रदेश दुबै सरकारले युवाहरुलाइ स्वरोजगार बनाउने कार्यमा लाग्नु पर्छ । जसको लागी दुबै सरकारले एकअर्कासंग समन्वय गरी शिक्षा, स्वास्थ, कृषि, सिचाई, माछा पालन, पशुपालन जस्ता विभिन्न व्यवसायको बारेमा सिपमूलक तालिम दिई त्यस अनुसारको सहुलियत दरमा ऋण दिनुको साथै स्थानीय स्तरमै विभिन्न उधोगधन्धा, व्यापार व्यवसायको विकास गर्नु पनि पर्छ । अनि मात्र युवाहरु रोजगार हुन्छन् । जसले प्रत्येक व्यक्तिको आर्थिक आय बृद्धि भई मुलुकको अर्थ तन्त्र पनि बलियो हुन्छ र आफ्नै गाउँ, ठाउँमा युवाहरु रही देशभित्र रहेका विभिन्न कच्चा पद्धार्थ, प्राकृतिक स्रोत साधनको लाभ पनि लिन सक्छन् ।
गौरिशंकर यादव (एम. आर)
जेटा हेल्थ केयर, ब्रान्च जनकपुरधाम
अहिलेको स्थानीय सरकार धेरै नै अधिकार सम्पन्न छ । तर जनचाहना अनुसार खासै काम गरेको देखिदैन । पुरानै परम्परा अनुसार अहिले पनि असारे महिनामा बजेट सकाउने प्रवृति भन्ने कायमै छ । सडक, नाला बाहे अरु कुनै क्षेत्रमा खासै काम गरिेका देखिदैन । स्थानीय तहमा आएको बजेटलाई स्थानीय सरकारले सही तरिकाले सदुपयोग गरे भने विकासको सन्दर्भमा नेपाल विश्वकै नम्बर वन मुलुकमा आउँछ । तसर्थः स्थानीय सरकारले शिक्षा, स्वास्थ, सडकसंगसंगै युवाहरुलाई कृषि, लोकसेवा आयोगको निःशुल्क कक्षा संचालन, विभिन्न आधुनिक प्रविधिको उपल्बध गराई सिप सहित आत्म निर्भर बन्ने गरी राजगारमूलक कार्यक्रम संचालन गर्नु पर्छ । विदेशीनेभन्दा पनि आफ्नै देशमा भएको स्रोत साधनलाई सदुपयोग गरि विभिन्न उद्योगधन्धा संचालनमा ल्याउने शुसासन सहितको वातावरण बनाउनुपर्छ र वैदेशिक लगानी भित्रियाई युवहरुलाई स्वरोजगार बनाउने कार्यमा लाग्नु पर्छ ।