सुरेन्द्रप्रसाद चौधरी नेपाली राजनीतिमा एक नेताको इतिहास बनिसकेका व्यक्ति हुन् । नेपाली कांग्रेस पार्टीमा आबद्ध उनी पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ पथरैयामा २०१६ साल भदौ महिनामा जन्मेका हुन् । उनले लोकतन्त्र बहालीका लागी ११ पटक जेल गई ७ वर्षसम्म जेल जिवन बिताएको बताए । स्व. बुवा बुवा रामदयाल चौधरी र स्व आमा लक्ष्मी देवीको कोखबाट जन्मेका चौधरी स्कुल बढ्दाढेदेखि नै राजनीतिमा सक्रिय रहेका छन् । त्रिभुवन विश्व विद्यालयबाट एम.ए.इन ईङ्गलिस लिटरेचर, पोल्टिकल साईन्समा वि.ए, बि. एड. सम्मको अध्ययन गरेका उनले लोकतन्त्रमा लामो समय संघर्ष गरेको अनुभव सुनाए । पर्साबाट २०४८ सालमा निर्वाचित भएपछि वाणिज्य आपूर्ति मन्त्री, २०५३ सालमा निर्वाचित भएपछि बिज्ञान प्रविधि मन्त्री तथा २०५७ सालमा पुनः बिज्ञान प्रविधि मन्त्री भएको बताए । पूर्व मन्त्री चौधरीको स्व. बुवा रामदयाल चौधरी २००७ सालमा राणा बिरोधी मुक्ति आन्दोलनमा नेपाली कांग्रेसको सेनाका रुपमा सहभागी हुँदै जिनव पर्यन्त नेपाली कांग्रेसको राजनीतिकमा प्रजातन्त्र पुनस्र्थापनाको निम्ति जिवन भरी नै संघर्ष गरेका उनले बताए । राजनीतिमा लामो समयदेखि क्रियशिल रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता एंव पूर्वमन्त्री चौधरीसंग मध्य नेपालको लागी गरिएको विशेष कुराकानी :
१) वर्तमान मुलुकको राजनीति अवस्थालाई कसरी लिनु हुन्छ ?
वर्तमान सरकारले संविधानलाई पूर्र्णतयाः लागु गर्न सकेको छैन । संविधान नै अहिले अन्योलमा छ । सत्तारुढ दल नेकपाले नै यो संविधानलाई अस्वीकार्य गरी संसदीय व्यवस्थाभन्दा पनि राष्ट्रपतीय प्रणालीमा ढाल्न चाहिरहेको छ । मुलुकको लागी राष्ट्रपतीय प्रणाली नै उपयुक्त छ भने प्रस्ताव पनि पास गरिरहेका छन् ।
एकातिर यो संविधानलाई अस्वीकार्य गरिरहेको अवस्था छ भने अर्काे तिर यही संविधानलाई टेकेर प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीको सपथ ग्रहण गरी सत्ता स्वाद लिने तर यो संविधानलाई नमान्ने वर्तमान सरकारको रवैया छ । अहिलेको संविधान पूर्णता लागु हुन नसकेको स्थितिमा संसदीय लोकतान्त्रिक व्यवस्थाले गति लिन सकेको छैन ।
देशमा संविधानले कानुन र व्यवस्थाको जुन राम्रो वातावरण बनाउने हो । त्यो बनाउन सकेको अवस्था छैन । जसले दिनुहँु भ्रष्टाचार मौलाउदै, हिंसा, अराजकता, दण्डहिनता बढ्दै गइरहेको छ ।
२) भ्रष्टाचारका सवालमा नेपाली कांग्रसको सरकार भएको बेला भन्दा न्युनिकरण भएको सरकारको दावी छ नि ?
नेपाली कांग्रेसको सरकारको बेला भ्रष्टाचार नै थिएन वा जिरो थियो भने होइन । तर तुलनात्मक रुपमा अहिलेको सरकारभन्दा धेरै नै कम थियो ।
नेपाली कांग्रेसको पालामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सबैभन्दा बढि सवलिकरण, सर्वाधिकार संस्थाको रुपमा ल्याउने काम पनि नेपाली कांग्रेसले नै ग¥यो । त्यो बेला आईजिपी, डिआईजीदेखि ठुल(ठुला नेपाली सेनाका अपिसर र मन्त्रीहरुमाथि जेल हाल्ने काम पनि नेपाली कांग्रसकै देन हो नि । अख्तियार अनुसन्धान आयोगलाई बलियो पारेकै कारण भ्रष्टाचार न्युनिकरण भएको हो नि । त्यसकारण नेपाली कांग्रेस लोकतान्त्रिक व्यवस्थामा विश्वास र काम गर्ने पार्टी हो । जनचाहना अनुुसार काम गर्नै पर्छ । नेपाली कांग्रेस अधिनायकबाद र एकदलिय व्यववस्थामा विश्वास गर्दैन । नेकपा त एकदलीय व्यवस्थामा विश्वास गर्छ । नेकपालाई त बहुदलीय जनबादको कुरा गर्ने वाध्यता छ नि ?
३) वर्तमान सरकारले ल्याएको निती तथा कार्यक्रम यहाँलाई कस्तो लाग्यो ?
अहिलेको निती तथा कार्यक्रममा कुनै पनि कार्यक्रममा फोकस छैन । कनिका छरे जस्तो धेरै किसिमका कार्यक्रमहरु ल्याइएको छ । सरकारलाई काम गर्ने कुनै संस्थाको क्षमता नभई सरकार आफैमा दृष्टिबिहिन छ । मुलुकलाई कुन दिशामा लाने कुरामा नै सरकार अन्योलमा परेको छ । विकास बजेट समेत २० प्रतिशत मात्र खर्च हुन सकेको छ । जनचाहना अनुसार सरकारले काम गर्न नसकेको कुरा यहीबाट पुष्टि हुन्छ ।
यता प्रदेश नं. २ को सरकारले पनि २२ अर्व रुपैयाको बजेटमा जम्मा १० प्रतिशत मात्र खर्च गर्न सकेको छ । अब १ महिना मात्र बाँकी छ । तसर्थः यसले के देखाउँछ भने संघीय सरकार र प्रादेशिक सरकार दुबै देश चलाउन असफल भएका छन् । २५÷३० प्रतिशत महंगाई बढेको छ भने संसारका सबैभन्दा बढि कर लादने देशको सूचिमा पनि नेपाल आयो । मालसमान लोड अन्लोडमा पनि कर, सानो तथा खुद्रा पसल, लुगा कपडा लगायत जग्गा जमिन खरिद विक्री गर्नमा समेत स्थानीय, प्रदेश तथा केन्द्र सरकारले लगाएको करबाट जनता तथा स(साना व्यवसायी पनि मर्माहित भएका छन् । संघीय तथा प्रदेश सरकारका मन्त्रीहरु आफ्ना आसेपासे तथा सम्बन्ध भएका व्यक्तिहरुलाई मात्र ठेक्कापट्टा दिई मुलुकलाई भ्रष्टाचार र कमिशन लुट बनाएका छन् ।
जनताको जिवनमा आमूल र परिवर्तन हुने गरी राष्ट्रिय तथा प्रादेशिक महत्वको कुनै पनि योजना आएको छैन । सानोतिनो कनिका छरेर आफ्नो घर परिवार र आफू कसरी धनी बन्ने भन्ने दिशा तर्फ मात्र सरकार उन्मुख रहेको देखिन्छ ।
४) देशमा सबैभन्दा बढि सत्ता नेपाली कांग्रेसले नै चलाएको छ । तर पनि मुलुकले खासै विकास गर्न सकेको छैन । अहिले पुनः विकासको ठुलठुला गफ सुनिने गरिन्छ । नेपाली कांग्रेस अब भन्ने गरेको विकास कस्तो होला ?
२०४८ सालमा जब नेपाली कांग्रेस सत्तामा आयो त्यो बेला देशको बजेट १ खर्ब पनि थिएन । ३०/४० अर्बको बजेट थियो ।
अहिले नेपालमा १५ खर्बको बजेट आयो । एकचोटी यत्रो ठुलो आर्थिक बृद्धिदर नेकपाले त रातारात गरेको होइन नी ? यसमा धेरै ठुलो योगदान नेपाली कांग्रेसको छ । पहिला नेपाल बैङ्ग लिमिटेड, राष्ट्रिय बाणिज्य बैङ्ग र कृषि विकास बैङ्ग मात्र थियो । तर अहिले सयकडौ बैङ्गहरु आयो । यो कस्को देन हो ? नेपाली कांग्रसको हो । मुलुकमा जति पनि उद्योगधन्दा, विश्व विद्यालय, ईन्जििनियरिङ्ग कलेजहरु आएको छ यो सबैमा नेपाली कांग्रसकै देन हो ।
आज गाउँ गाउँमा पक्की स्कुल, बिजुली, तिनपैया ह्वीलर गाडी बस जुन चलिरहेको छ, यो काम रातोरात नेकपाको सरकारले त गरेको हेइन नी ? मुलुकमा जति पनि परिवर्तन र विकासको काम भएको छ त्यो नेपाली कांग्रेसको सरकारले नै गरेको छ ।
पंचायती व्यवस्थामा पर्सा जिल्लाको पश्चिमी भेगमा जाने कुनै पुल नै थिएन । आज सिरिसिया नदीको पुल, तिलावे पुल, मलहियाको पुल, नैरङ्गीया, गाद, दुताहा, सिकटा यस्ता यस्ता कम्तिमा ४÷५ सय पुल पर्सा जिल्लामा नेपाली कांग्रेसले बनाएको छ । पंचायतीकालमा नेपालमा अढाई हजार किलोमिटर मात्र सडक थियो तर अहिले लगभग ३० हजार किलोमिट भन्दा बढि नै बलैकटप सडक बनिसकेको छ । त्यसकारण नेपाली कांग्रेसले मुलुकमा विकास नै गरेको छैन भन्ने कुरा छैन । मुलुकमा १० वर्षसम्म माओवादीले गरेकोे जनयुद्धले गर्दा ५ वर्ष व्यवस्थापन गर्दा गर्दै देश १५ वर्ष जति द्वन्द्वकालमा नै बित्यो । अर्बाैं खर्बका सम्पति तथा भौतिक पूर्वाधारहरु माओवादीले ध्वस्त पारे ।
नेपाली कांगे्रसले नेपाललाई दैनिक बस्तुको उत्पादनमा कसरी आत्मनिर्भर बनाई जनता र मुलुकलाई दिगो विकासको गतिमा लैजाने भन्ने दिशातर्फ कार्य गर्न अगाडी बढिरहेको छ ।
५) नेपाली कांग्रेसले अहिले मुलुक भरी नै जागरण अभिभायन संचालन गरिरहेको छ । यसले कार्यकर्ता तथा आम नेतृत्व वर्गलाई के चेतना देला ?
नेपाली कांग्रेस कुनै पनि पार्टीभन्दा कहि पनि कमजोर छैन । अहिले पनि नेपाली कांग्रेसको सबै पार्टी भन्दा १ लाख पोपुलर्स भोट बढि नै छ । नेपाली कांग्रेस भित्रको आन्तरिक कलहले हामी केही सिट हारेका छौ । तर अहिले पनि नेपाली कांग्रेसको भोटबैङ्ग स्थिर छ । नेकपा लगायत अरु पार्टीको भोट वैङ्ग स्तिर छैन र माओवादी त सबैभन्दा ठुलो पार्टी भएर अहिले विसर्जन नै भइसक्यो । अहिलेको राष्ट्रिय जागरणमा नेपाली कांग्रेसको समिक्षा गरेर पार्टी सबैलाई एकिकृत गरी पार्टीभित्रको मतभेद, गुटउपगुटलाई हटाई सबैलाई एक ढिक्का र एक सुत्रमा बाध्ने अभियानमा लागेका छौ ।
६) यो अभियानले आम जनता र देशलाई के दिन्छ ?
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ ।
पहिलो संविधान सभामा नेपाली काांग्रेस कमजोर भएपछि संविधान बन्न सकेन । त्यसपछि नेपाली कांग्रेस बहुमत पाएर सरकार बनाएपछि देशमा संविधान बन्यो । त्यसकारण नेपाली कांग्रेस कमजोर भयो भने देश कमजोर हुन्छ र नेपाली कांग्रेस भयो भने मात्र देशमा भ्रष्टाचार, अपराध न्युनिकरण भई मुलुक दिर्घकालिन विकासको दिशामा अगाडी बढ्छ र लोकतन्त्र बलियो हुन्छ ।
७) यहा“ पर्सा जिल्लाबाट निर्वाचित भएर मन्त्री पनि बन्नु भयो । तर जनचाहना अनुसारका जिल्लाको लागी खासै काम नगरेको जनगुनासो पनि सुनिन्छ नि ?
मेरा बिरोधीहरुले गर्ने प्रचार हो । वीरगंजस्थित डूाईपोर्ट कस्ले ल्याएको हो ? यो प्रोजेक्ट सुरेन्द्र प्रसाद चौधरीले साईन गरेर ल्याएको प्रोजेक्ट हो भनेर अहिले पनि डूाईपोर्टमा सुरेन्द्र प्रसाद चौधरी नाम लेखेर झुुन्डयाईएको छ । यस प्रोजेक्टले गर्दा जिल्लाको जग्गा जमिनको भाउ ५० गुणा बढ्यो । डूईपोर्टले गर्दा नेपालको औधोगिकरण बिस्तार भयो ।
नेपालको ढुवानी खर्च कम भयो । मैले जितेपछि पर्सा जिल्लामा जति पनि ठुल(ठुला पुलहरु बने, सबै मैले नै बनाएको छु । तिलावे पुल, मर्लहियाको पुल, नैरङ्गीया, गाद, दुताहा, सिकटा जस्ता धेरै पुलहरु मैले नै बनाएको छु । आज पर्साको ८४ वटै गाउँमा बिजुली समेत मैले नै पु¥याएको होु ।
पहिला पर्सा जिल्ला सेढवा, पोखरी, उदयपुरघुर्मी, निचुटा लगायत ४/५ ठाउँमा मात्र उपस्थास्थय चौकी थियो । तर अहिले पर्साको प्रत्येक गाविसमा हामीले उपस्वास्थय चौकी बनाएका छौ । प्रत्येक गाविसका पाठशालाहरु पक्की भवन बनेको छ । तर पनि मेरो विरोधीहरुले भन्छन् सुरेन्द्र चौधरीले के ग¥यो ? जनताले भनेका छैनन् । यो हाम्रा विरोधीहरुले आँखा चिम्लेर नेपाली कांग्रेसको बिरोध गर्ने बानीका कारण यस्तो भएको हो ।
८) जिल्लामा नेपाली कांग्रेसले जनताभन्दा पनि पार्टीको कार्यकर्ताको लागी बढि काम गरेको आरोप लाग्ने गरेको छ नि ?
पर्साको सदरमुकाम जोड्ने तिलावे पुल, डूाईपोर्ट, ढोङ्गही नदी, धुतहा नदीको पुल, प्रत्येक गाउँमा स्वास्थ चौकी, बिजुली पक्की पाठशाला लगायतका विकास निर्माणका कार्य आम कार्यकर्ताको लागी हो ? हामी लोकतान्त्रिक शक्तिहरु हौ । हामी आम जनताको लागी काम गर्छौ । नेपाली कांग्रेस जहिले पनि लोकतान्त्रिक तरिकाबाट काम गर्ने पार्टी हो । नेकपा जस्तो गुण्डा र माफिया पालेर देशमा अराजकता भ्रष्टाचार गर्ने पार्टी होइन ।
९) लामो समयदेखि पर्सा जिल्लाको विकास हुन नसक्नुको कारण के होला ?
अहिले प्रदेश नं. २ को जिडिपीको कुरा गर्दा सबैभन्दा बढि आर्थिक बृद्धिदर भएको जिल्ला बारा र पर्सा नै हो । अहिले जनकपुर राजधानी भएपछि अलिकति धनुषा बारा र पर्साको हराहरीमा आएको छ ।
प्रदेश नं. २ को राजधानी जनकपुर भएपछि २५/३० खर्ब रुपैया त धनुषाको विकासकै लागी खर्च भयो नि । अहिले संघीय तथा प्रदेश सरकारको अधिकांंस बजेट धनुषामा नै खर्च हुने भएकोले धनुषा अलि माथि आएको छ । प्रदेश नं. २ मा अहिले पनि उत्पादन, उत्पादकत्व, कुल ग्राहस्त, साक्षरतामा समेत प्रदेशमा बारा र पर्सा मािथ छ । यसले देखाईरहेको छ नि पर्सा जिल्लामा काम भएको छ कि छैन ?
१०) अहिलेको स्थानीय सकारको कामकाजबाट यहाँ कतिको सन्तुष्ट हुनुहुन्छ ?
अहिले हरेक ठाउँमा चरम भ्रष्टाचार भईरहेको छ । हाम्रो बेलामा २२/२४ गाविसमा जम्मा २/३ करोड रुपैया आउँथ्यो । अहिले त एउटा वडामा २÷३ करोड आईरहेको छ । केन्द्रको सबै बजेट स्थानीय तहमा ल्याउनु नेपाली कांग्रेस कै देन हो । गाउँपालिका, नगरपालिकामा जति पनि शशक्तिकरण भयो त्यो सबै नेपाली कांग्रेसकै पहलमा भएको हो ।
नेपाली कांग्रेसले नै गर्दा देश तथा स्थानीय तहमा स्वायत शासन आएको छ । किन भने नेपाली कांग्रेसले सबै ऐन बनाई बिकेन्द्रिकरणको सबै सिद्धान्त ल्यायो । तर जनताले सिंहदरबारको अधिकार स्थानीय सरकारबाट अनुभूति गर्न सकेका छैन । अहिले स्थानीय तहमा योजनाको तर्जुमा गरी राम्रोसग बजेटको खर्च गर्ने कर्मचारीको पनि अभाव देखिएको छ । तर पनि स्थानीय सरकार बनेपछि केही न केही काम भएकै छ ।
११) के–कस्ता काम स्थानीय स्तरले गरिदिदा जनतालाई अझै राहत हुने थियो ?
सबैभन्दा पहिला उत्पादन क्षेत्र, शिक्षा, स्वास्थ्य, सिचाई, सडक कार्यमा जोड दिनुपर्छ । कुषि क्षेत्रमा उत्पादन भयो भने मुलुकको अर्थतन्त्र फष्टाउनुको साथै मासिनले रोजगार पनि पाउँछन् । अहिलेसम्म एउटा पनि वैदेशिक लगानी नेपालमा भित्रिएन ।
मुलुकमा आयात बढिरहेको छ भने निर्यात घटिरहेको अवस्था छ । यसपालिको सरकारले दिएको आर्थिक सर्वेक्षणमा कृषिमा मात्र आर्थिक बृद्धिदर देखाईरहेको छ । कुनै पनि क्षेत्रमा अर्थिक बृद्धि भएको छैन । नेपालमा वैदेशिक ऋण १० खर्बको भएको छ । जसमा वर्तमानको कम्युनिष्ट सरकारमा मात्र ५ खर्व बढेको छ । अहिले नेपालमा एउटा बच्चा जन्मेनेदखि नै उसको टाउकोमा ३३ हजार ऋण हुन्छ ।
मुख्यतः यसमा स्थानीय सरकारले शिक्षा, स्वास्थमा खर्च गर्नु पर्छ । यसले पढेलेखेको जनशक्ति तयार हुन्छ । जसले मुलुक दिगो विकास हुन्छ । तर यस तर्फ स्थानीय सरकारले ध्यान पु¥याएको देखिदैन ।
स्थानीय सरकारले बृक्षारोपण गर्नुको साथै जंगलको सुरक्षा गर्नमा पनि ध्यान दिनुपर्छ । किन भेन अहिले पर्सा जिल्लाको सबै नदिनाला सुक्दै गईरहेको अवस्था छ । पर्सा जिल्लामा दिनुहु जंगलमा तस्करी बढ्दै जादाँ जंगल मासिदै गईरहेको छ । जसले पर्साको पर्यावरणको समस्या छ । पर्साका नदि, नाला सुक्दै छन् । अब त आउने दिनमा पर्सा जिल्ला मात्र नभई तराई नै मरुभूमिकरण भइरहेको छ । त्यसकारण मैले जहिले पनि भन्ने गरेको छु चुरे लगायत क्षेत्र प्रदेश नं. २ मा हुनुपर्छ । जंगलको सुरक्षा गर्नुको साथै नयाँ नयाँ जंगल पनि लगाउनमा स्थानीय सरकारले अहम भूमिका खेल्नु पर्ने बेला आएको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्रीले समेत २२ अर्वका बजेट पाएका थिए । कित वटा जंंगल लगाए ? कति वटा नदिको पानीलाई सुरक्षित गरे ? पर्सा जिल्ला लगायत प्रदेश नं. २ नै मरुभूमिकरण हुने क्रमलाई कति रोक्दैछन् ? स्थानीय सरकारले ध्यान दिएको छैन । न त प्रदेश सरकारले नै । बोरिङ्ग गरेका धाराको पाईप, टिबवेलहरु सुक्दै गईरहेको छ ।
पर्यावरण जोगाउन र जंगल जोगाउन प्रदेश नं.२ ले के सोचेको छ ? प्रदेश सरकारले जंगलको सुरक्षा गरी नयाँ नयाँ जंगल लगाउनुको सट्टा ठुल(ठुला गफ दिने काम मात्र गरिरहेको छ । प्रदेश नं २ मा प्लान्ट सिटी बनाई योजनाबद्ध रुपमा गा्रमिण तथा सहरी विकास हुनुपर्छ । तर यसतो कार्यमा प्रदेश सरकारको योजनाको कुनै अतोपतो छैन । मुख्यतः प्रदेश नं. २ को सरकारले समग्र रुपमा प्रदेश नं २ को विकासको प्लानियङ्ग नै दिन सकेको छैन ।