पाँच पटक प्रधानमन्त्री तथा नेपालको शान्ति प्रक्रियाका शिल्पकार गिरिजाप्रसाद कोइरालाको ८६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधन उनकी छोरी तत्कालिन उपप्रधानमन्त्री सुजाता कोइरालाको घरमा २०६६ साल चैत्र ६ गते (मार्च १०, २०१०) मा भएको थियो । उनी विगत केही वर्षदेखि श्वास प्रश्वाससम्बन्धी रोगबाट पीडित थिए । स्वतन्त्रता सेनानी समेत रहेका उनी आफ्नो राजनीतिक क्यारियरको उतार चडावमा आफूलाई एक चतुर राजनीतिज्ञका रुपमा स्थापित भए । लोकतन्त्रको दृढ रक्षकको रूपमा उनले आफूलाई प्रमाणित गरे ।
आफ्नो पार्टी भित्र नेपाली कांग्रेसका सभापति लगायत सबै प्रतिद्वन्द्वीहरूलाई पन्छाउने चलखेल गर्ने नेता पनि उनलाई मानिन्थ्यो । विडम्बनापूर्ण रूपमा, १९९० (२०४६) जनआन्दोलनका फाइदाहरूलाई उनले क्षतविक्षत पारे । स्व.गिरिजाको अदुरदर्शिता, र अहंकारले देशलाई अन्तहिन भुमरिमा लिएर गयो जसको दुर्दशा देशले आज पनि भोगिरहेको छ । देशमा माओवादी विद्रोहको सुत्रपात हुने कारण नै गिरिजा प्रसाद कोइराला थिए भन्नेको पनि ताँती कम छैन । यसोभन्दा कुनै अन्याय पनि हुँदैन । आज देशमा देखिएका जे जति वेथितिहरु छन्, त्यसको विजारोपण नै गिरिजाले गरेका थिए । सम्पूर्ण पाठकहरुलाई उनले गरेको कुकर्मलाई सम्झन निवेदन गरे । यो पनि उनको जिवनको गलत कार्यको समिक्षा हो ।
उनकै पालादेखि न्यायालयदेखि लिएर सरकारी सबै संस्थाहरुलाई कमजोर र निम्छरो बनाउनको लागि विउ रोपियो । २०४७ देखि २०५९ सालसम्म राज्यका कारीब १८ वटा ठुला ठुला उद्योग तथा कलाकारखानाहरुलाई बेचेर देशमा भ्रष्टाचार र घुसखोरिको संस्थागत रुपले बिकास हुन थाल्यो । यस्तो एउटा समय आएको थियो कि त्यसबेला विराटनगर जिल्ला अदालतमा मेरो थर कोइराला बनाइ पाउँ भनी रिट हालिएको थियो । अर्थात कि त कोइराला हुन प¥यो कि त कांग्रेसको पिछलग्गु हुनु प¥यो । नत्र कतै केही काम गर्न र गराउन सकिदैनथ्यो । नातावाद र कृपावाद र फरियावादले सिमा पार गरेको उनैको पालादेखि हो भन्दा अत्यिुक्ति नहोला ?
मलाई त आश्चर्य लाग्छ, उनी त यति निक्रिस्ट थिएकी आफ्नो पार्टी भित्रका सबै प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउन उनले कुनै कसर बाँकी राखेनन् । कृष्ण प्रसाददेखि गणेशमान, प्रदिप गिरी, मनोहर बरालदेखि दमननाथ ढुंगाना हुँदै दुर्गा सुवेदीसम्मलाई उनले अनेक घात प्रतिघात गर्दै पार्टी नै आफ्नो वपौति बनाए । २०४६ सालको सम्पूर्ण उपलव्धीलाई उनकै नेत्रित्वले स्वाहा पार्यो । माओवादीहरूले राज्य विरुद्ध हतियार उठाउनुको एउटा कारणको रूपमा सन् १९९० (अर्थात २०४६ पछिको) को दशकको राजनीतिक अस्थिरता नै थियो जसको नेतृत्व गिरिजाले नै गरेका थिए । छत्तिसे र बहत्तरे हुँदै पार्टी विभाजन पनि उनकै करणीले गर्दा भएको थियो । त्यसबेला शेर बहादुर देउवा गिरिजा सँग चिडिने कारण नै गिरिजाको अहंकार, आफ्नो भाई भतिजा र छोरीलाई प्राथमिकता, पुर्वका कांग्रेसिहरुलाई मात्र राज्यका ठुलठुला निकायमा नियुक्ति तर देशका अरु क्षेत्रका कार्यकर्तालाई हेय र चरम विभेद गरेका थिए गिरिजाले र उनका आसेपासेहरुले ।
तथापि शेर बहादुर देउवाले पनि गिरिजाकै पदचापलाई अनुसरण गर्दै आजसम्म आईपुग्दा कांग्रेसलाई मावोवादी– कांग्रेस बनाइ सक्न लागि सके । दुर्गा सुवेदीले केही महिना अघि टेलिभिजन अन्तर्वार्तामा निकै सान्दर्भिक तर्क गरेका थिए, ‘गिरिजाप्रसाद कोइरालाले संसदीय व्यवस्थालाई व्यवस्थित गर्न नसकेकाले आज देशले यस्तो अवस्था भोगिरहेको छ । मध्यावधि चुनावको चक्रव्युहमा देशलाई डोर्याउने काम नै गिरिजाले गरेका थिए । उनी त सबैको लागि एक प्रेरणादायी नेता हुने अवसर पनि गुमाएका थिए । देशलाई एउटा अग्रगामी बाटोमा लान सक्नु पथ्र्यो । गिरिजाले सुरु गरेको मध्यवधिको विजारोपण केपी ओलीसम्मले त्यही विगतलाई दोहार्याए । एउटा राजनेताले त विरोधी दललाई पनि सँगै हाकेर लग्न सक्नु पथ्र्यो तर गिरिजाले त्यसो गर्न सकेनन् । भट्टराई प्रधानमन्त्री बनेको केही महिना नबित्दै गिरिजाले सहन सकेनन् र फलस्वरूप उनले किशुन्जीविरुद्ध हस्ताक्षर अभियान नै छेडे । उनलाई भट्टराईको सफलता सह्य नै भएन । जसरी पहिलो निर्वाचनमा बानेस्वर क्षेत्रबाट आफ्नै दलका कार्यकर्तालाई भट्टराई विरुध्द घात गरेर हराए भट्टराईलाई त्यसकै जस्तो पुनरावृत्ति गरी भट्टराई विरुद्ध लाग्न थाले । फलस्वरूप उनले किशुन्जी विरुद्ध हस्ताक्षर अभियान सुरु गरे । समर्थक र शुभचिन्तकहरूले किसुनजिलाई संसद विघटन गर्न सल्लाह दिए, तर किशुन्जीले यसलाई स्पष्ट रूपमा अस्वीकार गर्नु भयो । उहाँले भन्नुभयो, “जनताले हामीलाई पाँच वर्षका लागि निर्वाचित गरेका छन्, जनताले धोका दिनु हुँदैन , म नभए मेरै दलको गिरिजाजिको लागि म बाटो खुकुलो पारीदिन्छु ।” र किशुन्जीले संसदमा आफ्नो भनाइ राख्दै हाँस्दै पदबाट राजीनामा दिनु भएको थियो। वफादारी र प्रतिबद्धताको प्रतीक किशुन्जीको यही विशेषता थियो । चाहेको भए किसुनजिले पनि सन्सदलाई भङ गर्नु सक्नु हुन्थ्यो तर वहाँले त्यसो गर्नु भएन । यस्ता सन्त र सिध्दान्त निष्ठ कांग्रेसको कोहिनुरलाई गिरिजाले किनारा लगाए , ठीक त्यसै गरी गिरिजाको आतिवादी सोच र विरोधिहरुलाई निमिट्यन्न पार्ने हरकत देखी दिक्क भएर लौह पुरुष जसको नेत्रित्वमा ४६ सालको जनान्दोलन सुरुभयो र ४९ दिनको आन्दोलन पछी तत्कालिन राजा विरेन्द्रले घुडा टेक्नु प¥यो र २०४६ साल चैत्र २६ गते राती ११ बजे देशमा बहुदलिय प्रजातन्त्रको घोषणा भयो। नेपाली कांग्रेस र देशकै दुर्भाग्य त्यही समयबाट सुरु भयो ।
दुर्गा सुवेदीको शब्दमा, ‘गिरिजाप्रसाद कोइरालाले ठूलो अपराध गरे जसको पीडा आज देशले भोगिरहेको छ । त्यसबेलादेखि नै राजनीतिलाई अदालतमा सुम्पने प्रक्रिया सुरु भयो र त्यसको अगुवाइ गिरिजाले नै गरे । त्यसबेलादेखि अदालतलाई बारम्बार राजनीतिक निर्णय गर्ने अधिकार दिइएको थियो । त्यहीबाट देशमा विथिति सुरु भएको एकाथरीको विस्लेषण छ । सायद कोइरालाको सबैभन्दा उल्लेखनीय कार्यहरूमा २०५८ सालमा राजा ज्ञानेन्द्रको कू विरुद्धमा उभिनु र संसदीय दलहरूलाई २०६१ सालमा नयाँ दिल्लीमा माओवादीसँग १२ बुँदे सम्झौतामा हस्ताक्षर गराउनु थियो । एमाले र कांग्रेसको देउवा गुट पनि २०५८ सालपछि शाही सरकारमा सामेल भए पनि कोइराला राजासँग सम्झौताको विपक्षमा थिए । कोइरालाले २०६१ मा घोषणा गरे, “म जोसुकैसँग पनि सहमत हुन सक्छु ।
तर लोकतन्त्रमा कसैसँग पनि सम्झौता गर्दिनँ,“कोइराला सुरुमा संवैधानिक राजतन्त्र कायम राख्ने पक्षमा थिए र ज्ञानेन्द्रका नातिलाई ’बेबी किंग’ प्रस्ताव गर्ने सबैभन्दा बलियो समर्थक थिए । तर २००७ को अन्तसम्म परिस्थितिले अर्कै रुप लियो । प्रचन्डले उनलाई राष्ट्रपतिको ललिपप देखाएपछि मर्ने बेलामा पनि आफ्नै स्वार्थकालागी अडानलाई त्यागे । उनले वास्तवमा माथिका दुई काम बाहेक जनताको जनजिविकाको लागि केही नै गरेनन् ।
माओवादीसँगको १२ बुँदे सम्झौता २०६२–६३ को जनआन्दोलनको लागि मार्ग प्रशस्त गर्ने र विद्रोहीहरूलाई एक दशकको युद्ध र १७ हजार नेपालीको मृत्युले हासिल गर्न नसकेका शान्तिपूर्ण आन्दोलनमा सडकमा ल्याइदिएर आन्दोलनको उभार ल्याउने काम उनले गरे भनिन्छ । तर राजाको सेखी झार्न उनले माओवादिसँग हात मिलाएका थिए , यही नै तथ्य हो । कोइरालाले माओवादीले हिंसा त्यागेर शान्तिपूर्ण मूलधारको राजनीतिमा सामेल हुने सुनिश्चितता आफैंमा लिए र यसका लागि उनले निरन्तर काम गरे । २०६३ पछि माओवादीलाई धेरै ठाउँ दिएको उनको पार्टीभित्र धेरैले आरोप लगाए । आफ्नी छोरी सुजाता प्रधानमन्त्री बन्न सकोस् भनेर माओवादी नेता पुष्पकमल दाहालसँग गठबन्धन गरेको आलोचना गरे पनि गोप्य रूपमा भन्नुपर्दा उनले माओवादीहरू जङ्गलमा नफकिउन् भनी सुनिश्चिता गर्न खोजेका थिए । माओवादीको साथ पाए मात्र राजालाई तह लगाउन सकिन्छ भन्ने उनको धारणा थियो । त्यसैले उनले शान्ति सम्झौतामा आफुलाई संलग्न गराए । युवावस्थामा गिरिजाप्रसाद कोइराला सधैं आफ्नो दाई बीपीको छायामा थिए । बीपी पनि आफ्नो कान्छो भाइबाट प्रभावित भएनन्, भान्जी शैलजा आचार्यलाई आफ्नो उत्तराधिकारीको रूपमा प्राथमिकता दिए । गिरिजालाई एउटा प्रसङमा विपिले आफ्नो आत्मव्रितान्त पुस्तकमा हवल्दारको उपमा दिएका छन् । सन् २००८ तद्नुसार २०६५ सालको शान्ति प्रक्रिया र माओवादीको चुनावी जितपछि कोइरालालाई दाहालले नयाँ गणतन्त्रको पहिलो राष्ट्रपति बन्ने आश्वासन दिएका थिए ।
तर दाहालले रामराजाप्रसाद सिंहलाई पार्टीको उम्मेदवार बनाएर कोइरालालाई नराम्रो गरी धोका दिएको उनको निष्कर्ष रह्यो । रामराजाको पक्षमा भोट प्राप्त गर्न नसकेपछि कांग्रेसबाट कोइरालाका निकटस्थ मानिने डाक्टर रामवरण यादव देशको पहिलो राष्ट्रपति बन्न सके । कोइरालालाई यस घटनाक्रमले धेरै आघात पा¥यो । फेरि पनि देशको लागि त्यागको लागि हैन आफ्नो स्वार्थ सिद्ध हुन नसकेकोमा उनी दुखी भए । आफ्नो छोरी सुजाता कोइरालालाई देशको प्रधानमन्त्री बनाउन अनेक कोशिष गर्दा पनि उनी सफल भएनन् । जबकी सुजाताको योगदान प्रधानमन्त्री बन्नेसम्मको नभएको पार्टी भित्रकै सहकर्मी योद्धाहरुको थियो ।
सन् २००६ अर्थात २०६३ सालमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले उनलाई “एसियाका महान् राजनेताहरूमध्ये एक“ भनेर लेबल लगाए ता पनि आन्तरिकरुपमा उनी देशको लागि एक कुलंगार नै थिए, भस्मासुर नै थिए । ६० वर्षभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय रहेका कोइरालाले नेपाली भूमिमा पहिलो राजनीतिक मजदुर आन्दोलन सुरु गरेका थिए, जसलाई आफ्नै गृहनगर विराटनगरमा विराटनगर जुट मिल हडताल भनिन्छ । यत्रो दुःख गरेर देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुगेपछि उनले आफ्नो विगत विर्सिए र उनकै अदुरदर्शिता र मुर्खतापूर्णपनले देशले नाप्न नसकिने क्षत्ति व्यहोर्न प¥यो । नेपाली राजनीतिमा आजका धेरैजसो नेताहरूले पञ्चायती शासन र त्यसपछि राजतन्त्र विरुद्ध लड्दै जेल सजाय भोगेका थिए। उनीहरूले लोकतान्त्रिक मूल्यमान्यता, समतामूलक समाज र विधिको शासन– र सबैभन्दा माथि जनताका लागि आफ्नो अटल प्रतिबद्धता प्रदर्शन गरेका थिए भन्ने कुरामा कुनै इन्कार छैन । तर सत्तामा पुग्ने बित्तिकै उनीहरुले यी सबै बिर्सने प्रवृत्ति विश्लेषकहरुको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्ने राजनेता यो देशले आजसम्म पनि पाएको छैन ।
अन्त्यमा गिरिजाप्रसाद कोइरालाले माथि उल्लेख गरिएका दुई वटा काम बाहेक, पाच पाँच पटक प्रधानमन्त्री हुँदा पनि केही गर्न सकेनन् । उनको दुरदर्शिताले ५०% मात्रै काम गरेको भए आज यो मुलुकका करीब एक करोड युवाहरु विदेश बस्नु पर्दैनथ्यो होला । यो हो गिरिजाको यथार्थ ।
त्यसैले हामीले उहाँलाई युग पुरुषको उपमा दिनु कत्तिको जायज होला ? सबै पाठकहरुले मनन् गरांै । एउटा नियमित स्तम्भकार भएकोले सबै प्रमाण र अनुसन्धानका आधारमा मैले यो जानकारी पाठकहरुको अगाडि प्रस्तुत गरें । कुनै टिप्पणी गर्न चाहेमा मेरो इमेल ठेगाना उल्लेख गर्न सक्नु हुन्छ ?