रसना ढकाल
समयले धेरै फड्को मारेको छ । घर, टोल, समाज राज्यहुदै अन्तराष्ट्रिय स्तरसम्म महिलाका कदम पुगेका छन् । महिलाले हरेक क्षेत्रमा सहभागिता जनाइरहेका छन् । महिला आन्दोलनको फल स्वरुप सकारात्मक विभेद जस्ता प्रावधान राज्यले गर्नु प¥यो जुन एकदमै ठुलो सफलता हो । हरेक क्षेत्रमा सहभागिता हुनु, आफनो सवाल राख्नपाउनु, प्रतिनिधित्व गर्न पाउनु यो सबै समयले महिलाको पक्षमा दिएका अवसर हुन । तर यति अवसर महिलाले पाइरहदा हाम्रो समाजले अहिले पनि घर भन्दाबाहिर कामगर्न हिडने महिलालाइ यौनिकतामाप्रश्नलगाएर उसको आत्मबललाइखसाउनखोज्छ । घर देखि कार्यालय सम्मकायात्रामामहिलाले यहि यौनिकताको परिक्षादिनु पर्ने हुन्छ । जुनउसको लागिअग्नि परिक्षा हुन्छ ।
यौनिकताआजको मुख्य बहस हो । जँहाखुलेर यौनका कुरा गर्नु ?आफुलाइ कसरी महिला भन्नुहुन्छ ? जस्ता सवालहरु यौनिकताभित्र आउँछन् । हाम्रो समाजले हेर्ने महिलाका गुणहरुलाइ जब यौनिकतामाबदल्नखोज्छ तब तिमहिलाको आत्मबलनै खसेर जान्छ । आखिर किन यस्तो ? यौनिकताको बहस भित्र यौनका सवालआउनु स्वाभाविकहो । तर कसैको आत्मबलखसाएर उसलाइ साधनको रुपमाप्रयोग गर्नु , उनको क्षमतालाइ यौनमाबदलेर आफनो प्यास मिटाउनु यो सबै महिलाप्रतिको हेराइ र उनको क्षमतामाप्रश्नचिन्ह्लगाउनखोज्नेहरुको बदमासि हो । समाजमादुइ थरीकाव्यक्ति हुन्छन् एक प्रश्नकर्ता र अर्को जवाफकर्ता । यो दुइको विचमाथिलिएको हुन्छ महिलाको क्षमता ।
सामान्यकार्यालयमाकामगर्ने एक महिलाको उदाहरणलाइ हेरौं । उसको कामलाइ त्यस कार्यालय मालिकले यौनको बहसमा राखेर उसको मूल्यांकन गर्छ । किनकीमहिलालाइउसको इज्जत सँग जोडेर कुरा गर्यो भने उसले आफूलाइहिनताबोध गर्छिन । जँहाहिनताबोध हुन्छ त्यहाँकामको कुनै इज्जत नै हुदैन । उनीमाकामगर्न लालसाहुदाँहुदै पनि त्यस क्षेत्रबाट पर जानु पर्छ । उनलाइअरुले जे जे भनेछ त्यो गर्न बाध्यहुनु पर्छ होइनभने फेरी घरमा र समाजमामुख देखाउननमिल्ने खालका घटना उनीसँगहुन सक्छ । आफनो अस्तित्वको मायाकसलाइहुदैन र के पुरुष के महिला सबैलाइआफनो अस्तित्वको माया हुन्छ तर याहाँजित उसैको हुन्छ जो बलवान हुन्छन ।
पितृसत्ताको सोच र त्यसबाट जन्मिएका घटनाक्रमहरुजुनवर्तमानमा उदाहण नै छन् । बेला बेलामा समाजनै हल्लाउने खालका घटनाहरुहरुको क्रम बढदो मात्रामाहुनु यो सबै हुनुमा दोषिको त ? यो प्रश्न सबैको लागिप्रश्न नै बनेको छ । आजकिन घर देखि बाहिरको दुनिया सुरक्षित छैन ?किनव्यक्तिमा एक अर्काको सम्मानहुन सकेको छैन ?किनबलवानपक्षले महिलालाइजहिले पनि यौनको रुपमा हेरेको हुन्छ ?उनको क्षमतालाइ यौन उपभोगको थलो बनाइप्रयोगशालाको रुपमाप्रयोग गर्न खोजिन्छ । खानीको रुपमाअर्को लिंगले उपभोग गर्दा जो प्रयोग भैरहेको हुन्छ उसको आत्मबलकतिको मरेर जान्छ सायद यो कुरा उपभोगकर्ताले बुझ्न सक्दैन । तर उसले अनेकननाम र उदाहरण दिदै उ माथि हिंसा गरिरहेको हुन्छ ।
भनिन्छ हरेक सफलव्यक्तिको पछाडि अर्को व्यक्तिको हात हुन्छ , त्यो अर्को व्यक्तिभनेको चाँहे पुरुषहोस या महिला । अपवादमाकोहिकोहि आफनो क्षमताले अघि बढेका हुन्छ । एकले अर्कालाइ साथदिएर अघि बढन प्रोत्साहान दिन्छ । तर उनिहरुको विचको सवाललाइल्याएर वहसको विषय बनाइन्छ । आखिर किन त ? के महिलाको क्षमतालाइउसको यौनिकतामा ढालेर उसलाइकमजोर बनाउनखोजेको हो त ? या महिला घर देखि बाहिरको यात्रानिस्किदा यो समाजलाइनपचेको हो ? समयको माग सँगै हामी सोच बदलौ सोच बदलौ भन्दै आइरहका छौ । तार किन सोच बदल्न सकेका छैनौ त ?कँहानिर हाम्रो कमजोरी छ । यस विषयमागहनरुपमाचर्चा हुनआवश्यक छ ।