बारा जिल्लाको कोल्हवी नगरपालिकाको वडा नं. ५ स्थित आफ्ना परिवारसंगै बसोबास गर्दै आएका ६ वर्षिय अड्किड कोल्हवीकै न्यू गेलर्ड ईङ्गलिस बोर्डिङ्ग स्कुलको कक्षा यू के जी मा अध्ययनरत छन् । बाबा आमाका कान्छो सन्तान हुन उनी । उसका एक दिदी छिन् । दिदी ओसिन सोहि विद्यालयको कक्षा २ मा अध्ययनरत छिन् । आमा सन्चिता कुवर गृहणी हुन भने बाबा हरि पौडेल नेपाल सशस्त्र प्रहरीबलमा कार्यरत छन् । आमा हजुरआमा, हजुरबाबा, संगै बस्छन् उनी ।
उमेर सानै भएपनि समझ्दार छन् अड्किड । विद्यालयमा पनि सबै संग मिलेर बस्ने मिलनसार छन् । पढाईप्रति निकै चासो देखाउने गर्छन उनी । विद्यालयबाट आउने वित्तिकै आफ्नो गृहकार्य गर्न बस्ने राम्रो बानी छ । मलाई आउने सबै म आफैगर्छु । नआएको दिदी वा आमालाई सोधेर लेख्ने गर्नु उसले भने ।
विद्यालयमा पनि आफू्रलाई नआएको र नबुझेको सोध्ने गरेको उसले बताए । विद्यालयमा हुने विभिन्न क्रियाकलापमा पनि सरिक हुन्छन् उनी । यसको पढाई राम्रो भएकै कारण पनि यस वर्ष उसलाई कक्षा टपाएर यू के जी मा राखिएको उसका शिक्षकले बताए । पढाई एकदम राम्रो छ बाबुको । पढ्दा होस् वा लेख्दा आफुले बुझेको छ भने मात्रै लेख्छ । आफूले नबुझेको कुरा उठेर सोध्ने बानी छ । एकदमै मिलनसार छ । शिक्षकहरुलाई एकदमै आदर गर्छन ।
खानेकुरामा कहिल्यै किचकिच गर्दैनन् । घरमा बनाएको खानेकुरा रमाउदै खान्छन् । भात भन्दा पनि रोटि ढिडो, माछा मासु बढी मनपर्ने उसले बताए । भविष्यमा आफू धेरै पढेर पाईलट बनी प्लेन उडाउँछु उनले भने ।
सानै छ तर समझदार छ । खानेकुरामा कहिल्यै किचकिच गर्दैन । रोटि, ढिडो, हरियो सागपात बढी मनपराउँछ । पढ्नमा पनि एकदमै रुचाउछ । विद्यालयबाट आउने बितिकै विद्यालयको होमवर्क गर्न बस्छ । यसको दिदीलाई जस्तो पढाउन धेरै गाह्रो भयो तर उसलाई केही गाह्रो भएन । विद्यालय जान थालेपछि उ आफैले पढ्न थाल्यो ।
नजिकै विद्या लय भएपनि राम्रो पढाई हुँदैन । यस पालि देखि उनीहरुलाई कोल्वीमा रहेको विद्यालयमा राखेको छु । त्यहाँ पढाए देखि उसको पढाईमा पनि राम्रो सुधार आएको छ । अहिलेको समयमा पढाई एकदमै महत्वपूर्ण छ । शिक्षा समाज परिवर्तनको आद्यार हो । त्यसैले पनि हामीले उनीहरुलाई निजि विद्यालयमा राखेको हो ।
अहिले हामीले उसको भविष्यको बारेमा केही सोचेका छैनौ । पढ्दै जादा उसको रुचि के मा हुन्छ त्यही बनोस् । हामी उसको ईच्छामै साथ दिन्छौ । उ पढेर ठूलो भन्दा पनि असल मान्छे बनेको हेर्ने हाम्रो एउटै चाहाना छ ।