सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयको मापदण्डभन्दा तल झरेको छ। २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंकको गिरावटसहित २६७० अंकमा कायम भएको छ।
यस दिन २३ कम्पनीका सेयर मुल्यमा वृद्धि भए पनि २२१ कम्पनीका मुल्य घटेका छन्। कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडको कारोबार मात्रै भएको छ।
बजारमा सबै सेक्टरका सूचक घटेका छन्। व्यापार क्षेत्र सबैभन्दा बढी ३.१ प्रतिशत घटेको छ। बैंकिङ क्षेत्रमा ०.९७ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, होटल तथा पर्यटन १.३५ प्रतिशत, फाइनान्स २.२६ प्रतिशत, हाइड्रोपावर १.३७ प्रतिशत, लगानी १.६९ प्रतिशत, जीवन बीमा ०.८३ प्रतिशत, उत्पादन १.४२ प्रतिशत, माइक्रोफाइनान्स १.०३ प्रतिशत, निर्जीवन बीमा १.२२ प्रतिशत र अन्य ०.४४ प्रतिशत घटेको छ।
यसैबीच, बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा बढी ७.४६ प्रतिशत वृद्धि भएको छ। त्यसैगरी, बुटवल पावर ६.६३ प्रतिशत, सिन्धु विकास बैंक ६.४४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको मूल्यमा ६.११ प्रतिशतको वृद्धि भएको छ।
अपरहेवाखोलाको मूल्य भने सबैभन्दा बढी ९ प्रतिशत घटेको छ। हिमालयन पावर पार्टनरको ४.३२ प्रतिशत र समृद्धि फाइनान्सको ४.०१ प्रतिशत घटेको छ।
यसै समयमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टनर कारोबारका आधारमा शीर्ष पाँच कम्पनीहरूको सूचीमा परेका छन्।