सामान्यतया समाज परिवर्तनको कुरा गरिरहँदा महिला अनि पुरुष प्रति गरिने असमान व्यावहार अगाडी आउँछ । यसलाई प्राथमिकता दिइरहँदा आजको समाज परिवर्तनको मुख्य पाटो प्रावृधिक पहुँचमा भइरहेको विस्तार अनि विकाससगैँ समेटिएका पाटालाई नियाल्न पनि जरुरी हुन्छ ।
समाज भित्र समान वातावरणमा आफ्ना छोरा, छोरीलाई हुर्काउन बढाउन पर्नेमा सुरुवाती कमजोरी यहि रहेको देखिन्छ । अझ आजको छोराछोरीलाई विभेद गर्नु हुन्न भनी चर्को कुरा गर्नेहरुको लिष्ट पनि कम लामो छैन । विभेदपुर्ण व्यवहारका कारण महिलाहरु पछि परिरहेको कुरा त सबै माझ छर्लङ्ग छ ।
तर परिवतर्नको नाममा गरिने व्यवहारमा परिवर्तन आउन सकेन भने वर्तमान विज्ञान र प्रवृधिको समयमा आईपुग्दा समेत सोचे अनुरुप परिवर्तन हुन सकिराखेको छैन । यसलाई स्वयम् आफु र आफ्नो सोचलाई परिवर्तन गर्न नसकेको भन्दा अत्युक्ति नहोला । हाम्रो समाजले कुनै ठोस कार्यलाई प्राथमिकता दिईँरहदा यस्ता कार्यहरु प्रति प्रतिस्पर्धा बढ्नुले अन्यथा होइन । वास्तवमा आजको समयको आवश्यकता अनुरुपको माग पनि यहीँ हो ।
विज्ञान अनि प्रविधिको पहुँच चुलिदै गएको यस प्रतिष्पर्धामा नेट, ईन्टरनेट, बिभिन्न वेवसाईडहरुको दुनियाँमा बालबालिका तथा युवा,युवती देखि पाको उमेरका व्यक्तिहरु लागिरहदाँ आजको प्रतिष्पर्धामा परिवर्तनको पाटोमा कतिको खह्रो उत्रिन सक्दैछौ या त एउटा लतको रुपमा मात्र विकाश हुदैछ कि भन्ने बुझ्न आवश्यक छ । हिजो आज वयस्कदेखि पाको उमेरकाहरु सम्म ईनटनेटको प्रयोगमा रमाउने प्रचलन बढ्दै जाँदा यसको प्रत्यक्ष असर घर परिवार आफन्तहरु संगको सम्बन्धमा परिरहेको एक अनुसन्धानले देखाएको छ । आफ्नै घर परिवार भित्र बाबुआमा तथा भाइबहिनीहरु एक साथ रहेता पनि बिहानदेखि रातको अबेरसम्म मोवाईल ईन्टनेटकै दुनियाँमा रमाइरहँदा नजिक भएर पनि नहुनुको आभाष अधिकांस परिवारमा बढ्दो छ ।
यति मात्र होइन ईन्टरनेटको प्रयोग बढेसगैँ स्कुल कलेज, हस्पिटल, क्लिनिक, होटेल, कलकारखाना, व्यापार व्यवसायदेखि लिएर चोक, गल्लि,सार्वाजनिक क्षेत्र जस्ता स्थानमा अति नै व्यस्तता बढेको देखिनुलाई ईन्टरनेटको सुबिधा अनि उपयोग गर्ने माध्यमको बिचमा कसरी लिने सबैको चासोको भएको छ । अर्काे कुरा प्रविधिको कुरा गरिरहँदा ईनटरनेटको दुनियाँले आज थु्रपै अवसरका ढोकाहरु खोलिरहेको कुरा अन्देखा छैन । किन कि हामी स्वयम् प्रत्क्षरुपमा लाभ लिई नै रहेका छौ । एउटा सानोभन्दा सानो काम हातमा बोकेको स्र्माट मोवाईल फोनले गर्न सकेका छन् । ईन्टरनेटको गलत प्रयोगका कारण घर परिवारसंगको सम्बन्धमा फाटो ल्याउने कार्य पनि यदापदा नसुनेको होइन । जस्तो पति र पत्निकै सम्बन्धमा शंकास्पद दुरी बढाउने कार्य पक्कै पनि राम्रो होईन । ईन्टरनेटको लतको कारण पति पत्निमा सम्बन्ध विछेदका घटनाले प्रवेश पाउनु, युवा युवतिहरुको फेसबुके सम्बन्धको कारण मानसिक दवाव दिने धम्क्याउने, शारिर तथा मानशिक तनावको सृजना गराउने मात्रै नभएर आत्महत्या जस्तो जोखिमपुर्ण कार्य गर्न समेत बाध्य पार्ने जस्ता अमानविय कार्यहरु पनि यसै प्रविधिको कारण बढेको उदाहरणहरु फेला परेका छन् ।
सामाजिक संजाल मार्फत आउट गरिएका गोप्य सुचना तथा लिङ्गका कारण एकाउन्ट, एटिएम, लोकेसन, घरमा कोइ भएको नभएको जानकारी, ठुलो रकम लिएर कतै निश्किएको सुचनाको आधारमा लुटपाट, चोरी, बालबालिका अपहरण जस्ता कार्य थुप्रै भएका छन् । यति मात्रै हैन खोक्रो प्रेमको आडमा बलात्कार, हत्या जस्ता जघंन्य अपराधहरुको माध्यम पनि कहि न कहि ईन्टनेटको गलत प्रयोगका कारण भएका छन् । दिन प्रतिदन आफ्नो स्वभावमा परिवर्तन, खानपिनको ताल तौरन, रातमा अबेर सम्म नेटमा झुमिरहदाँ, बिहान अबेर सम्म सुतिरहने कारण उब्जिएका सानातिना समस्याले पछि गएर मानशिक वा शारिरक रोगि सम्म बनाउन सक्ने खतरा बढ्दै गएको डाक्टरी तथ्याङले देखाएको छ । ईन्टरनेट प्रविधि खराब भन्न खोजेको भने पक्कै होईन प्रतिस्पर्धाको यस दोडमा ईन्टरनेटको माध्यमले हरेक कार्यलाई सहज त बलाएको छ नै । देश बिदेशको सम्बन्ध देखि लिएर विकास र निमार्णमा उक्तिकै सफल भुमिका खेल्न सकेको छ । खोज अनुसन्धानका कुरादेखि कतिपय सम्बन्ध जो माया मारिसकेको हुन्छ । तर ईनटरनेटको सम्बन्धका कारण फेला परेका हुन्छन् ।
हिजोको ढुङ्गे युग आजको ईन्टरनेट युगसम्म आईपुग्दा विशाल परिवर्तन आएको पक्कै हो । तर हिजो ढुङ्गे युगका मानविय स्वभाव र आजका मानविय स्वभावको खुशीलाई खोज्ने हो भने हिजोकै सहि भन्ने अवस्थाको सृजना हुन दिनु हुदैन । यस्तो परिस्थितिमा अभिभावकले सहि निर्णय गरि बालबालिकाको आवश्यकता र खुशीलाई मध्यनजर गर्न सक्नु पर्दछ । आफ्ना बाबु आमाले संतान प्रति गर्ने व्यवहार र संतानले अभिभावक प्रति गर्ने व्यवहारमा आत्यमियता हुन आवश्यक छ । वर्तमानमा सहि बिचार, सहि निर्णय, उचित सोच र विवेकलाई सम्यमतापुर्ण रुपमा लिन सक्नुपर्छ । त्यसो भएमात्र नयाँ प्रविधि र प्रयोगको सहि उपलब्धि प्राप्त हुन सक्छ ।