लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवरसमा जिल्ला प्रहरी कार्यालय पर्सा, विधार्थी युवा तथा समाजिक संस्थाहरुले शान्ति एंव सुरक्षित समाज निर्माणका लागी विहिबार सचेतनामूलक ¥याली निकालेको छ ।
समुदायिक जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको ¥यालीमा ‘ड्रग्स नखुवाउ नखाउ, देश र आफ्नो स्वास्थ जोगाउ’ भने मूल नाराका साथ वीरगंजको घण्टाघरबाट निकालेको ¥यालीले माईस्थान, आदर्शनगर, घडीअर्वा पोखरी हुदैँ घण्टाघर पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले लागु औषध दुव्र्यसनी हटाउन सबैको साझा जिम्मेवारी हुनुपर्नेमा जोड दिएका थिए । प्रहरीले आगु औषध नियन्त्रण कार्यमा सक्रियता देखाए पनि आर्थिक अभावका कारण रोकथाम गर्नमा समस्या देखिएकाले लागु औषध दुव्र्यसनी रोक्न जनचेत्ना संगसंगै आर्थिक समपन्नता हुनुपर्ने धारणा राखेका थिए ।
हाम्रो समाजमा लागु औषध जस्ता अवैध काम गर्ने गराउने व्यक्ति बारे जानकारी हुँदा हुँदै पनि गैर जिम्मवार भएर समयमै सुचना नदिएकै कारण युवा युवतीहरु यसको सिकार हुने गरेका छन् । यसको रोकथामका लागी समुदायका सबै व्यक्तिहरुको सहयोगी भूमिका अपरिहार्य रहेको उनको भनाई थियो ।
यसैगरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले मानव जीवनको महत्वलाई बुझाउन लागु औषध दुव्र्यसनी रोक्न अत्यन्तै जरुरी रहेको बताए । पर्सा जिल्ला खुल्ला सिमाना भएको कारण यस्ता दुव्र्यसनीलाई न्युनिकरण गर्नमा कठिनाई भएकोले समुन्नत समाजको निर्माणमा कठिनाई भईरहेको बताए ।
समाजको अज्ञानता र अनभिज्ञताका कारण कतिपय युवा, बालबालिकाहरु यसको सिकार भएकोले यसमा समाजका सबै तहतपकाका व्यक्तिहरु लाग्नुपर्ने बताए ।
दुव्र्यवसनी नियन्त्रणका लागी अबको ६ दिनसम्म पनि विभिन्न चेतनामूलक कार्यक्रम गरिने समुदायिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कार्यक्रमा व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिप राज कार्की, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद मियाँ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागीता रहेको थियो ।