समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने बताएका छन्।
प्रतिनिधिसभामा समय लिएर बोल्दै भट्टराईले चीनसँगको आयात(निर्यातमा तत्काललाई प्रभाव पार्न नसकिने प्रस्ट्याए। उनले भने, ुचीन हाम्रो नजिक रहे पनि हिमाली भागहरु परेकाले समदुरीमा हामी जान सक्दैनौं। चीनतिरको ३र४ दशक भारतको तुलनामा चीनसँग लाभ लिन सक्दैनौं। भारतसँग नै हाम्रो अर्थतन्त्र आश्रित छ।’
अर्थमन्त्री डा युवराज खतिवडाले गतिहीन बजेट ल्याएको उनले आरोप लगाए। अर्थमन्त्रीलाई उनले दोसाँधमा उभिएको व्यक्तिको संज्ञा दिए। ‘दोसाँधमा उभिए जस्तो, यता जाऊँ कि उता जाऊँ जस्तो,अलि डराए जस्तो लाग्यो। प्याराडाइम सिफ्ट तरिकाले बजेट प्रस्तुत हुनुपर्नेमा त्यस्तो हुन सकेन,’ उनले भने।
आर्थिक वर्ष २०७६र७७ को बजेटमाथि धारणा राख्दै बजेट वार्षिक आयव्यय मात्र नभएको बताए। अस्थिरताको बीचमा विगतका प्रस्तुत भएका बजेटहरुको निरन्तरता नै बजेटमा देखिएको भट्टराईको भनाइ थियो। ‘कुनै युगान्तकारी परिवर्तन गर्ने बजेट आउन सकेन। नराम्राहरुको बीचमा अलिकति राम्रो आउँदा राम्रो भन्न परे पनि हाम्रो आवश्यकता त्यतिले मात्रै पुग्दैन,’ उनले भने, ‘दुई तिहाइको सरकारले ल्याएको बजेट हिजोको निरन्तरतासँग दाँजेर हुँदैन। अर्थतन्त्रलाई वायुपङ्खी घोडाको स्तरमा गुडाउनुपर्ने समय हो। महान् छलाङ र क्रमभंगता गर्नुपर्ने अहिलेको आवश्यकता हो।’
भट्टराईले दिगो विकास लक्ष्यमा पुग्नका लागि प्रस्तुत बजेट चुकेको बताए।
‘सन् २०२२ सम्म अल्पविकसतिबाट विकासोन्मुख राष्ट्रमा पुग्ने, सन् २०३० सम्म मध्यम स्तरमा पुग्ने र सन् सन् २०४० सम्म विकसित देशमा पुग्ने हाम्रो साझा लक्ष्य हो,’ उनले प्रश्न गरे, ‘त्यस अवस्थामा पुग्नका लागि हाल प्रस्तुत गरेको बजेटले कहाँनेर सहयोग पुर्याँउछरु बजेट गत वर्षभन्दा पनि पछि फर्केर आयो।’
आयव्ययको संरचना लामो समयदेखि एकै तबरको भएको पद्धतिप्रति उनले आलोचना गरे। पञ्चायतकालदेखि हालसम्म आउँदा आयव्ययको संरचना खासै अन्तर नभएको उनको भनाइ थियो। उनले भने, ‘करको दायरामा भन्सार कर र भ्याट मुख्य आधार रहेको छ। जति बढी आयात गर्न सक्यो, कर उति धेरै बढ्ने भयो।’ देशको अर्थतन्त्रलाई ध्यानमा राख्नुभन्दा पनि आयातमुखी अर्थतन्त्र बनाउने कार्यलाई प्रस्तुत बजेटले निरन्तरता दिएको भट्टराईको दाबी छ। आयको स्रोतमा परिवर्तन नभएको प्रति पनि उनले गुनासो गरे।
विकास खर्च र चालु खर्चको अन्तरमा उल्टो हुनुपर्ने उनको सुझाव थियो। ‘सामान्य खर्च बढ्ने कार्य मात्रै भएको छ। ६२ प्रतिशतभन्दा बढी चालु खर्च गरेपछि विकास खर्च कसरी गर्न सकिन्छरु विकास खर्च बढी चाहिने अवस्थामा जम्मा २६ प्रतिशत रहेको छ। हुनुपर्ने यसको उल्टो हो,’ आर्थिक संरचनामा परिवर्तन नभएको प्रति असन्तुष्ट जनाउँदै उनले भने, ‘वित्तीय व्यवस्थापन त ऋणको ब्याजतिरको हो। आर्थिक संरचनामा कुनै परिवर्तन आएन। खुसी हुने अवस्था छैन।’
आर्थिक वृद्धिदर केहि बढ्नुमा मौसमी कारण भएको दलिल पनि उनले पेस गरे। अर्थतन्त्र सानो रहेको मुलुकामा मात्रात्मक प्रतिशतसँग जोडेर हेर्नुेपर्ने भन्दै उनले थपे, ‘सयमा सय थपिनु पनि शतप्रतिशत हो। एकमा एक थपिनु पनि शतप्रतिशत। कम आधार भएको अर्थतन्त्रमा ६ देखि ७ सम्मको आर्थिक वृद्धिदर हुनुलाई मौसमले पनि साथ दिएको हो।’
सत्ता र प्रतिपक्षको आँखाले नहेरी एक नेपालीको आँखाले हेर्दा बजेटमा सन्तुष्ट हुने अवस्था नरहेको बताउँदै भट्टराईले बजेट सही ढंगले नआउनुमा सत्तारुढ दलको वैचारिक अस्पष्टता भएको औंल्याए।
‘उत्पादन बढाउन सकिएको छैन। उत्पादन बढे नै वितरण हुने हो,’ भट्टराईले भने, ुवृद्धि, न्यायपूर्ण वितरण, दिगो र खुसीपन लगायतका आयामलाई ख्याल गरी बजेट आउनुपर्ने थियो।ु
सत्तारुढ दल कम्युनिस्ट पार्टी नभएको उनको दाबी थियो। - सौजन्य