प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहारको मधुवनीमा आयोजित राष्ट्रिय पंचायती राज दिवसका अवसरमा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणप्रति कडा प्रतिक्रिया दिँदै भने, “आतंकवादको कमर तोडेरै छाड्नेछौं।”
जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले २२ अप्रिलको आतङ्कवादी आक्रमणमा निर्दोष नागरिकहरूलाई ज्यान लिने कार्यले सम्पूर्ण राष्ट्रलाई दुखित र आक्रोशित बनाएको उल्लेख गरे। उनले भने, “कसैले आफ्नो छोरा गुमाएको छ, कसैले आफ्नो जीवनसाथी, तीमध्ये कोही बांग्ला बोल्थे, कोही कन्नड, मराठी, ओडिया, गुजराती, र यहाँसम्म कि बिहारकै लाल पनि थिए।”
प्रधानमन्त्री मोदीले यो हमला केवल निहत्था पर्यटकहरूमाथिको आक्रमण मात्र नभई भारतको आत्मामाथिको दुस्साहसी हमला भएको बताए। उनले स्पष्ट शब्दमा भने, “जसले यो हमला गरेका छन्, जसले यो साजिश रचेका छन्, तिनीहरूलाई कल्पनाभन्दा ठूलो सजाय दिइनेछ ।”
आफ्नो सम्बोधनको अंग्रेजी अंशमा मोदीले भने, “म आज बिहारको धरतीबाट सम्पूर्ण संसारलाई भन्न चाहन्छु, हामी आतङ्कवादी र तिनका समर्थकहरूलाई चिन्न सक्छौं, र तिनीहरूलाई दण्डित गर्न सक्छौं।”
प्रधानमन्त्री मोदीले अन्त्यमा भने, “अब आतङ्कवादको बाँकी जमिन पनि समाप्त पार्ने समय आएको छ। १४० करोड भारतीयको इच्छाशक्तिले आतंकका आकाहरूको कमर तोड्नेछ।”