ग्लोबल विजनश क्लेजको आयोजनामा आज निःशुल्क आखाँ शिविर समपन्न भएको छ ।
वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी क्लेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसधारण र शिक्षक गरी एक सय ७० जनाले आखाँ चेकजाँच गराएको क्लेजका प्रबन्ध निर्देशक श्रीराम दासले बताए ।
डा. अरुण यादव, प्राविधिक आशा जैशवाल, अन्जना घिमिरे र राजेश चौधरीको टोलिले निःशुल्क रुपमा चेकजाँच गरेको उक्त शिविरमा ६ जनामाथि दृष्ट दोश देखिएको मट्रिका फाउण्डेशनका मेडिकल कोर्डिनेटर महेश धामीले बताए ।
उपचारका क्रममा आखाँमा समस्या देखिएका विरामीहरुको थप उपचार माट्रिका फाउण्डेशनले निःशुल्क रुपमा गरिदिने धामीले विश्वास व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भिजिट मधेशका राष्ट्रिय अध्यक्ष ओम प्रकाश सरार्फले गर्मी मौसममा यस्ता कार्यक्रमले आर्थिक विपन्नता रहेको परिवारलाई राहत मिल्ने संगै विद्यार्थीहरुमा थप उर्जा प्रदान गर्ने बताएका थिए ।
शिविरमा ग्लोबल विजनश क्लेजका रोशन पटेल, उषमा गिरी, प्रिति भट्ट, प्रियंका यादव, शिसम मिश्रा, अमन कुमार चौरसिया, अभिषेख डंगोल, मनिषा यादव, अनिशा पटेल, ज्ञानेन्द्र चौधरी, रोहित गुप्ता, स्नेहा झा, अंकिता महतो, गौरव गुप्ता, गौरव पटेल, मुकेश सहनी, नेहा साह अभिभावकहरु विनिता महतो, तुलाधर चौधरी, रैजिता देवि, विजय कुमार यसैगरी शिक्षक शैरभ वर्णवाल, सुमन श्रेष्ठ, सिम्ररण परियार, विवेक थापा, सुरज पटेल लगायतले स्वास्थ्य लाभ लिएका थिए ।
कार्यक्रममा वित व्यवस्थापक अशोक सरार्फ, मानव संशाधन तथा अनुसन्धान व्यवस्थापक ओम प्रकाश श्रेष्ठ, क्लेजका सल्लाहकार तथा निर्देशक निभा दास लगायतको उपस्थिती रहेको थियो ।