वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडद्धारा २७ औ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार बिस्को भवनमा भएको रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४० जनाले रक्तदान गरेका थिए।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रहरी उपरिक्षक गौतम मिश्रले गरेका थिए। उक्त कार्यक्रम वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडका अध्यक्ष डिल्ली विक्रम कार्कीको अध्यक्षतामा सञ्चालन गरिएको थियो। प्रमुख अतिथिहरूसँगै अन्य अतिथिहरूमा राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय कुमार महत्तो, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरेराम पटेल, मध्य नेपाल मिडियाका सम्पादक कबिता खड्का, जय गणेश बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक रामबाबु चौधरी, लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाका श्रीकान्त पटेल र गृहलक्ष्मी बचतका कार्यकारी प्रबन्ध निर्देशक रविभूषण श्रीवास्तव लगायतका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा बिस्कोका असल कारोबारकर्ता २९ जना सदस्यलाई सम्मानित पनि गरिएको छ।

प्रमुख अतिथि प्रहरी उपरिक्षक गौतम मिश्रले बधाइ ज्ञापन गर्दै भने, ‘वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले २७ वर्षको सफल यात्रा तय गरेको छ। सहकारीको प्रगति राम्रो कामको परिणाम हो’ उनले सँगै सहकारी संस्थामा भएका केही खराब सदस्यहरूको कारण अन्य राम्रो काम गर्ने सहकारी संस्थाहरूलाई पनि नकरात्मक असर परेको बताए। मिश्रले सबै सहकारी संस्थाहरूलाई आफ्नो प्रतिष्ठा र छवि उच्च राखेर जिम्मेवार ढंगले काम गर्न सुझाव दिए।
सहकारी संस्था (विस्को) लिमिटेडको यात्रा ५१ शेयर सदस्य र ५ लाख १० हजार पूँजीबाट सुरु भएको थियो। आज यस संस्थामा ३,८०० भन्दा बढी सदस्य छन् र २६ करोडको कारोबार गर्न सक्षम भएको छ।
कार्यक्रमको सहजिकरण वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडका सचिव गोविन्द श्रेष्ठले गरेका थिए।
तस्वीरहरुः











