सिप सिकौ र आत्म निर्भर बनौ भन्ने मुल नाराका साथ वीरगंजमा आजदेखी व्यवसायिक बजार मेला शुरु भएको छ ।
वीरगंजको आदर्शनगर रानीसती मंदिरस्थित घरेलु तथा साना उद्योग कार्यालय पर्साले आयोजना गरेको मेलालाई उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले गृहणी महिलाले सीप सिकेर ‘घर घरमा उत्पादन हुन समान भारतबाट आयात भइरहेको तथा गृहणी महिलाले ‘घरमा काम गरिसकेपछि फुर्सदको समयमा काम गरि आय आर्जन गर्न सक्ने वातावरण महानगरपालिकाले बनाईरहेको बताएका छन् ।
उत्पादित समान कहाँ, कसरी बिक्री गर्ने भन्ने सवालमा घरेलु, उद्योग वाणिज्य संघ र महानगरपालिकाले समन्वय गरि घरेलु व्यवसायलाई अझै व्यवसायिकरणतिर लैजान सहयोग गरिने नगर प्रमुख सरावगीले आवश्वासन समेत दिएका थिए ।
‘सीप सिकौं आत्मनिर्भर बना’ैं भन्ने नाराका साथ शुरु गरिएको मेला असार १२ गतेसम्म चल्ने घरेलु तथा साना उद्योग कार्यालयकी लेखा अधिकृत सरिता खड्काले बताईन् ।
मेलामा प्रजेक्ट प्रेमा एण्ड मार्ट, उमेन्स स्किल सेन्टर, चेली कृषि सहकारी संस्था, हिमोरा प्लाष्टिक उद्योग लगायत १० वटा संघसंस्थाहरुको स्टल राखिएको छ, भने मेलामा डल कुसन, महिलाले प्रयोग गर्ने विभिन्न सामाग्री, अचार, पापड, जुत्ता चप्पल लगायतका हस्तकलाका सामाग्री पनि प्रदर्शनीमा राखिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय वीरगंजकी प्रमुख उद्योग अधिकृत रिमा साहले उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन् ।