स्व.विन्दु पाण्डे स्मृती महिला पत्रकारिता पुरस्कार सञ्चारकर्मी लक्ष्मी खरेललाई प्रदान गरिएको छ ।
सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित समारोहमा लामो समयदेखी क्रियाशिल महिला पत्रकार लक्ष्मी खरेललाई पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको पहिलो पत्रकार महिला सदस्य स्व.विन्दु देवी पाण्डेको स्मृतिमा विग्त ३ वर्षदेखी सक्रृय रुपमा हरेक वर्ष एक महिला सञ्चारकर्मीलाई प्रदान गर्दै आएको प्रमाण पत्र सहित १२ हजार रुपैयाँ सहितको पुरस्कार यसवर्ष महिला सञ्चारकर्मी लक्ष्मी खरेललाई प्रदान गरिएको हो ।
खरेल नारायणी एफ.एम, मध्य नेपाल सन्देश, सिमर्पण एफ एम लगायतको सञ्चारगृहमा काम गरिसक्नु भएको सञ्चारकर्मी हुन् ।
स्व.विन्दु पाण्डे स्मृती प्रतिष्ठानका अध्यक्ष विजय भण्डारी (तुलसी) को सभापतित्वमा समपन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले महिला सञ्चारकर्मीहरुका लागी पत्रकारितामा राम्रो अवसर रहेकाले लग्न भई लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले प्रतिष्ठानका लागी पत्रकार महासंघले समेत सहयोग गर्ने प्रतिवद्धत जनाएका थिए ।
प्रतिष्ठानले यसअघि नारायणी एफ.एम की माधुरी महतो, मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खडकालाई प्रदान गरिसकेको छ ।
नेपाल सोनार समाजका केन्द्रिय उपाध्यक्ष भुलन प्रसाद सोनारको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा विन्दुवासिन गाऊँपालिका की उपाध्यक्ष किरण देवि, समाजसेवि पशुपति विक्रम साह, उषा साह सञ्चारकर्मी सरोज खड्का, सुदर्शन राज पाण्डे, युवराज खड्का, आर के पटेल, जगत राई लगायतको उपस्थिति रहेको थियो ।