व्यवस्थित तरिकाले नबनाइको मासु खाँदा ग्रामीण क्षेत्रका उपभोक्ताहरु फोहर र अस्वस्थ्यकर माछा मासु खान बाध्य भएका छन् । पर्सा जिल्लाको ग्रामिण क्षेत्रका बजारहरुमा पशु चौपाया, लगायत कुखुराको मासु तथा माछा अव्यवस्थित तरिकाले बिक्री बितरण हुँदा उपभोक्ता भने अवश्वस्थकर माछामासु खान बाध्य भएका हुन् ।
न्युनतम मापदण्ड समेत पालना नगरी खुल्ला आकाश मुनी मासु राख्ने र विक्री वितरण गर्ने पसलहरुले गर्दा ग्रामीण भेगका उप्भोक्ताहरु ठगिएको स्थानीय उपभोक्ताले बताए । खुल्ला रुपमा बेचिने मासु पसलहरुमा झिगा भन्केको र धोलो परेको मासु माछा बिक्री हुने गरेको छ । फोहर स्थानमा नै पसल थापी मासु काटीने गरेकाले समस्या थपिएको उनीहरुको भनाइ छ ।
बाटो, चौर, अव्यवस्थित बजारीकरणले समेत खसी, बोका, कुखुरा, बंगुरहरु काटेर बिक्री हुने गरेको छ । तर स्थानीय निकाय र प्रहरी प्रसाशन पनि यसमा निगरानी नराखी हिडिदिने गर्छन् उनीहरुले भने । मासु पसल बनाउदा मार्वल लगाएको पक्की हुनुपर्ने, पसलमा प्रयोग हुने भाडाकुडा, पानी, मासु काट्ने औजारहरु सफा लगायत फ्रिज पसल भएको हुनुपर्ने जस्ता मापडण्डहरु रहे पनि यी नियून्तम मापदण्ड पनि मासु पसल सञ्चालकहरुले पूरा नगरेको जानकिटोलाका नरेश महतो केवटले बताए ।
उचित व्यवस्थापन र सम्बन्धित निकायको हेलचेक्र्याईले व्यापारीले समेत मापदण्ड पुरा नगरेको उपभोक्ता हित संरक्षणका केही जानकारहरुले बताए । ग्रामिण क्षेत्र जानकिटोला, भिस्वा, लंगडी, पोखरिया, महुवन, डकैला, पचरुखी, सेढ्वा, महादेवपट्टी, सुबर्णपुर, मानवा, रङ्ग गपुर, बिजयबस्ती, ठोरी, लगाएतको हाट बजारमा समेत फोहर स्थानमा मासु माछा बिक्री हुने गरेको पाईन्छ ।
मासु माछा ब्यवस्थापनको लागि जिल्ला पशु कार्यालय बिरगंज र स्थानिय तहहरुमा व्यापक रुपमा कार्यक्रमको नाउ“मा रकमको चलखेल भईरहेकोले स्थानिय तहले मासु माछा बिक्री बितरणमा ब्यवस्थापन गर्न नसकेको स्थानियहरुको आरोप रहेको छ । माछा, मासुमा झिंगा, धुलोले गर्दा खरिद गर्ने उपभोक्ताहरुलाई बिमार हुने गरेकोले स्वास्थ्य संस्थाहरुमा बढि बिरामीहरु आउने गरिरहेको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवले बताए । रोगबाट वच्नको लागि फोहर, र बासी माछा, मासु जथाभाबी बनाएर बिक्री बितरण गर्ने ठाउ“बाट खरिद नगर्न र व्यवस्थित ठाउ“बाट खरिद गरि खान उनले आग्रह समेत गरे ।