मुलुक संङ्घीयता कार्यान्वयनको बाटोमा बामे सर्दैछ । बीष बर्षपछिको लामो आन्दोलन पश्चात जनताले स्थानीय सरकारको अनुभुति गर्ने अवसर पाएका छन् । स्थानीय सरकार अब स्थानीय जनताका समस्यालाई मसिनो ढंगले पहिचान गर्ने गराउने बिषेश माध्यम हो । यसो भनिरहँदा स्वभाविक रुपले अब हुने आर्थिक, अनि सामाजिक समृद्घिका अवसर अनि चुनौतिलाई पहिचान गर्ने मुल एजेण्डा र ती एजेण्डालाई सम्बोधन गर्न कतिसम्म प्रयत्नशिल छ ? आउने दिनले पक्कै पनि जनतालाई प्रत्याभुति गराउनेछ भन्नेमा जनता बिस्वस्त छन् ।
सुखी नेपाली समृद्घ नेपाल अहिलेको सरकारको मुख्य नारा हो । यहिँ नारामा केन्द्रित भएर केन्द्रिय सरकारले निति तथा कार्याक्रम ल्याएको दाबी गरिरहँदा अनि देशमा केन्द्रित शाषन, राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा दिगो बिकाशको बेतिथी निकाशको निमित्त संङ्घीयताको आन्दोलन गर्न परेको भनिरहँदा अब स्थानीय सरकारले कसरी जनतालाई समृद्घि विकाश तर्फ उन्मुख गर्ने हो ? सबैको चासोको बिषय बनेको छ । केन्द्रिय सरकारले जेष्ठको १५ गते आर्थिक बर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गरी पारित समेत गरिसकेको अवश्था छ ।
अब विकासको बजेट प्रस्तुत गर्ने पालो प्रादेशिक सरकार पक्षको हो भनिरहँदा प्रदेश नं दुईले पनि २०७६÷०७७ को लागि ३८ अरब, ७२ करोड, ५६ लाख ६१ हजार रुपैयाको बजेट सार्वजनिक गरिसकेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बिजय कुमार यादवले पुजिगंत तर्फ १९ अर्ब २६ करोड, ७४ लाख चौसठी हजारको बजेट बिनियोज गरेको छ । प्रदेश नं २ मा संवाहनिक पक्ष गरिबी, अतिबिपन्न, अल्पसंखयक, समुदाय, महिला शिक्षा, कृर्षि, उत्पादन, पर्यटकिय क्षेत्र जस्ता कुरामा बढि प्राथमिकतामा राखेको भनिरँहदा बिनियोजित बजेटले कति सम्म क्षेत्रलाई ओगट्न सक्कने हो ? आउने दिनले नै बताउने छ
प्रदेश नं २ का आठ वटा जिल्लाले ९ ह जार ६६१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा सानो यो प्रदेश जनघनत्वका हिसाबमा भने अरु प्रदेशभन्दा कम छैन । जनगणना २०६८ लाई आधार मानेर हिड्दा ५४ लाख ०४ हजार १४५ जनसख्यामा देखाउछ । भने आर्थिक र सामाजिक विकासको पाटोमा भने पछाडी नै रहेको देखिन्छ ।
आर्थिक विकासको धरातल :
सडक विस्तारका हिसाबले भौगोलिक रुपमा सहज रुपमा मानिएको यो प्रदेश बिस्तारित उपलब्धिका आधारमा ५ आंै स्थानमा हुनु दुखद कुरा हो । स्थानिय पुर्वधार विकाश तथा कृषि सडक विभागका अनुसार कुल ५८ हजार ३ सय ९८ किलोमिटर सडक मध्ये प्रदेश नं दुईमा ५ हजार ६ सय ९५ किमी सडक पर्दछ । जस्मा कालो पत्रे सडक १२७ किमी, कच्ची सडक २ हजार ७ सय ९७ र ग्राभेल २ हजार ७ सय ७१ किलोमिटर छ । गरिबिको रेखा मुनि रहेका जनताको प्रतिशत हेर्ने हो भने ४७.९७% प्रतिशत देखिन्छ । भौगोलिक दृष्टिकोणले सडक निमार्णलाई सहज रुपमा अगाडी बढाउने प्रसस्तै ठाउँ हुदाँ हुदैँ कछुवाको चाल देखिनु आर्थिक विकासको धरातल खुम्चदै जानु स्पस्ट हुन्छ । विकासका कार्ययोजनालाई राजनितीक द्घन्द बनाई तेरो र मेरोमा जुगाँको लडाई कहिले सम्म ? विकासको आधारका संम्भावित पक्षलाई बाहिर ल्याउन आवश्यक छ
आर्थिक विकासमा कृषि :
प्रदेश नं २ लाई आर्थिक नगरिको रुपमा चिनाउे आधार उद्योग, कृषि, पर्यटन नै देखिन्छ । तर देश कै ठुलो औद्योगिक करिडोर भनिरहँदा उद्योग विभागको तथ्याङ्क अनुसार कुल ७ हजार ३ सय ३४ उद्योगहरु मध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा रहेको देखिन्छ भने प्रदेश नं २ मा उद्योगको संख्या ४ सय ९१ छन् । वैदशिक लगानिमा खुलेका कुल ४ हजार २ सय उद्योग मध्ये प्रदेश नं दुईमा १३० रहेका छन् भने १५ हजार ७ सय घरेलु तथा साना उद्योग दर्ता छन् । केन्द्रिय आर्थिक विभागको आर्थिक गणना अनुसार कुल ९ लाख २२ हजार ४४५ व्यावसायिक प्रतिष्ठान मध्ये प्रदेश नं २ मा १३ प्रतिशत मात्रै रहेको तथ्य देखिन्छ । यस हिसाबले हेर्दा चौथो स्थानमा देखिन्छ । जो प्रदेश १ मा १८ प्रतिशत, ३ मा ३० प्रतिशत र ५ मा १६ प्रतिशत देखिनुले प्रदेश नं २ को आर्थिक विकाशको आधार के मा ? प्रश्न चिन्ह उठ्नु पक्कै पनि सवल पक्ष होइन । हाम्रो देश कृषि प्रधान देश भनिरहँदा प्रदेश नं २ पनि आर्थिक हिसाबमा नाम कमाउन सफल प्रदेश हो । कृषिको स्तरलाई उकास्न संम्भावित पक्षलाई ध्यान दिन पर्छ । जग्गाको वर्गीकरण र खेतिमा तुलात्मक लाभ छनौटको अभावमा अपेक्षित उपलब्धी हुन नसक्नु, वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना बन्द हुनुले यस क्षेत्रको कृषिको स्तर खच्किदो कुरालाई ध्यानमा राख्न आजको प्रदेश नं २ को आवश्यकता हो ।
पर्यटक :
धार्मिक र सांस्कृितक महत्व बोकेको प्रदेश नं २ मा सम्भावित जिल्लामा पर्यटन प्रवद्र्घन गर्न सके नेपाल र भारत सिमाना जोडिएको प्रदेश साथै नेपाल र भारतका घर्म संस्कृतिहरु थुप्रै मिल्दा जुल्दाका कारण पर्यटक भित्रयाउने प्रवल सम्भावना छन् । नागरिक तथा उडड्यन मन्त्रालयका अनुसार हवाईमार्गबाट आउने पर्यटक ८१ र स्थलमार्गबाट आउने १९ प्रतिशत छन् । बिदा मनोरन्जका लागि ७० र तिर्थयात्रामा आउनेको पैतिशत प्रतिशत छन् भने पर्वतारोहण पदयात्रा ८ र अन्य ७ प्रतिशत हुँदा यस्ता कुरामा ध्यान जान जरुरी छ ।
शिक्षा :
गाँस बास कपासभन्दा पछि आउने शब्द हो शिक्षा । शिक्षा बिना त आज भोलि मानिस कल्पना सम्म पनि गर्न सक्दैन । आर्थिक, सामाजिक कुरामा जसरी सजकताका कुरा पहिलो नं मा लिइन्छ शिक्षा पनि समृद्घिको एक अहंम हिस्सा हो । प्रदेश नं २ लाई आज हरेक दृष्टिकोणमा पछाडी देख्नु भनेको मुख्य कारण शिक्षा नै हो । औषतमा शिक्षाको प्रतिशत हेर्ने हो भने ४० प्रतिशत मात्रै जनता साक्षर देखिन्छन् । २०७४ सालको आधारभुत तह कक्षा १ देखि ५ सम्म ९५ प्रतिशत रहे पनि ६ देखि ८ सम्म पुग्दा ६२ प्रतिशत, छ । ११ र १२ मा यो प्रतिशत मात्रै १९ . ५ प्रतिशतमा सिमित देखिनुले शिक्षाको क्षेत्र चुनौतिपुर्ण छ ।
समग्रमा माथी उल्लेखित कुराहरु प्रदेश नं २ को विकासका सम्भावनासगंँ जोडिएका बिषय वस्तु हुन् । कतिपय चुनौतिहरुको पहाड झै लागेता पनि स्थानिय सरकार र केन्द्रिय सरकार बिचको सहकार्य हुने हो भने विकासको गतिलेले फड्का मार्न अब धेरै बर्ष कुर्न पर्दैन ।