गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ । अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन । अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ । घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले क्लिन्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ । अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ । अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस, दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ । जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ । आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।
गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ ।गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्छ र छालालाई फुस्रो बनाउँनुका साथै अनुहारमा चाया पोतो ,डण्डिफोर लगाएतका समस्याहरु देखा पर्ने गर्दछ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ । गर्मिमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्छ र छालालाई फुस्रो बनाउँनुका साथै अनुहारमा चाया पोतो ,डण्डिफोर लगाएतका समस्याहरु देखा पर्ने गर्दछ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।
सुन्दर र आर्कषक अनुहार सबैको चाहाना हुन्छ । सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जुन सुकै समाग्रीहरु प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । अझ हामिले गर्मीयाममता छाला तथा अनुसारको ज्यादा ख्याल राख्नुपर्ने हुन्छ । धुले, धुँवा र चर्को घामले गर्दा छाला डढेर विभिन्न समस्या देखापर्दछ । घामको किरणले छालालाई असर नगरोस भनेर नै छालाको हेरचाह गर्नु पर्दछ । ब्युटिसियनका अनुसार मानिसको छाला तीन प्रकारका हुन्छन् । फुस्रो छाला, निकै चिल्लो छाला र सामान्य छाला । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन् । गर्मीमा बढी चिल्लोपना हुने छालामा समस्या देखिने उनीहरूको भनाइ छ ।
ड्राइ छालाको हेरचाह
स्किन ड्राइ छ भने घरको भान्छामा पाइने सामग्री प्रयोग गरेर फेस प्याक बनाउन सकिन्छ । दैनिक मुख सफा गर्न सफा पानी र फेसवास प्रयोग गर्दा राम्रो हुन्छ । हप्ताको दुई पटक स्क्रबको प्रयोग गर्नु छालाको लागि राम्रो मानिन्छ । गर्मी महिनामा शरीरमा पानीको कमी भई डिहाड्रेसन हुने समस्या हुन्छ, तसर्थ छालालाई मोइस्चर राख्नु जरुरी हुन्छ ।
गर्मी मौसममा भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु उपयुक्त मानिन्छ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । यस्तै, कागती, टमाटर र घ्युकुमारीको जुस अनुहारमा लगाउनु उपयुक्त मानिन्छ ।
चिल्लो छालाको हेरचाह
चिल्लो छाला भएकाहरूलाई पिम्पलले निकै दुःख दिने गर्छ । जसका लागि गर्मियाममा चिल्लो छाला भएकाहरुले कागती र दही मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउनुपर्छ । यसो गरे अनुहारको प्राकृतिक चिल्लोपना कम गर्छ । यसको साटो बेकिङ पाउडर र कागतीको मिक्समा पेस्ट बनाएर लगाउन पनि सकिन्छ । चिल्लो छालाको लागि कागती, टमाटर, एलोबेरा, दही र मुलतानी माटो लगाउन पनि उपयुक्त मानिन्छ ।
सामान्य छाला
सामान्य छाला हुनेहरूका लागि मोस्चराइजर आवश्यक हुन्छ । मौसम अनुसारको फलफूल र आवश्यक मात्रामा पानी पिउनुपर्ने हुन्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खान, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउन र फेसियल गर्न ब्युटिसियनहरु सुझाब गर्दछन् । उनीहरूका अनुसार अनुहारको सुन्दरतालाई बढाउने मुख्य गहना मुस्कान हो । तसर्थ सधै मुस्कुराउनु पनि सुन्दर हुनु हो ।