खोलेसाग पर्साको ठोरीका स्थानीयले त्यहाँका खोलाहरुमा व्यवसायीक रुपमै खोलेसागको खेती सुरु गरेका छन् । यो सागको खेती गरी उनहरुले राम्रो आम्दानी पनि गरिरहेका छन् । खोलामा खेर गइरहेको सागको गाउ“घर देखि शहर बजार सम्म माग बढ्न थालेपछि व्यावसायिक रूपमै खोले सागको खेती गर्न थालेको उनीहरुले बताए । खोले साग किन्न उपभोक्ताहरु आफैं खोलासम्म पुग्ने गरेकोले बजारको समेत समस्या नपर्ने ठोरीका किसानले बताए । पर्साको ठोरीमा रहेका खोलाहरुमा पाईने खोले सागलाई सिमसाग भन्ने गरिएको उनीहरुको भनाइ छ ।
केही वर्षयता देखि खोलेसाग, स्थानीय किसानका लागि आम्दानीको राम्रो श्रोत बनेको छ । ठोरी गा“उपालिकामा पर्ने तालखोला, गंगटेखोला, जरायोखोला, धार्नी खोला, झिंगे खोला लगायतका खोलामा स्थानीयवासीले व्यवसायीक रुपमै खोले सागको खेती गर्दै आएको स्थानीय पुरन थापाले बताए । प्रति मुठ्ठा लगभग २० देखी २५ मा बिक्ने गरेको छ । मंसिरदेखि चैत महिनासम्म खोलामा खोलेसाग उत्पादन हुने गरेको छ । ती महिना सम्म यसको माग अत्यधिक हुने गरेको उनको भनाइ छ ।
गतवर्षको बाढीले अधिकाशं किसानको खेतीयोग्य जमिन वगरमा परिणत भएपछि विकल्पको रुपमा खोले सागको खेती सुरु गरिएको स्थानीय दिलकुमारी मगरले बताइन् । यसबाट आम्दानी पनि राम्रै भएको छ उनले भनिन् । “२०७४ सालको बाढीले धेरै विनाश भयो । धानखेतहरु सबै कटान गरी लग्यो । त्यो ठाउँमा चाही सबैले आ—अफनो क्षेत्रमा नै लगाउँछौं । प्रति मुठ्ठा २५ रुपैयाको दरको बिक्री हुन्छ । यो साग एकदम राम्रो फेरी हल्का पनि हुन्छ । पछिल्लो समय खोले साग वीरगंज, चितवन, कास्की, काठमाडौं लगायतका शहरसम्म पुग्न थालेको स्थानीयले बताए । खोलामा अधिकाशं किसानहरुले कठ्ठाभन्दा धेरै जग्गामा खोले सागको खेती गरेको छ । स्थानीय किसानले भने अहिलेको सिजनमा प्रत्येक वर्ष एक घर परिवारले ३० हजार सम्मको साग बेच्ने गरेको बताए । खोले साग खाद रहित भएकोले यसको अध्याधिक माग समेत हुने गरेको स्थानीय किसान हर्क बहादुर आले मगरले बताए ।
नारायणघाट, सुवर्णपुर, भारतको रामनगर, वीरगंज काठमाडौ सम्मको मानिसहरु खोलामै आउने गरेको उनले बताए । खोले साग खा“दा स्वादिष्ट, पोषिलो भएकोले त्यहा“का स्थानीय होटल, होमस्टेहरुमा समेत माग हुने गरेको स्थानीय होटल व्यवसायी चुमा लामिछानेले बताईन् । साग पोषिलो राम्रो हुने भएकोले होटलहरुमा ग्राहकहरुको माग धेरै बढेको उनको भनाइ छ । खोले साग रोप्न तथा हुर्काउन कुनै किसिमको खादको आवश्यतmा नपर्ने भएकोले मानिसको स्वास्थ्यका लागि पनि यो साग हितकारी हुने गरेको पोषण विदहरुको भनाई छ । रोप्दा हेरचाह धेरै गर्न नपर्ने तथा रोपेको एक महीना भित्र नै बेच्ने लायक हुने र खेती गर्न कुनै लगानी गर्न नपर्ने भएकोले पछिल्लो समयमा ठोरीका अधिकाशं किसानहरु खोले सागतर्फ आकर्षित भएको त्यहाँका किसानहरुले बताए ।