ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साद्वारा गठित आकस्मिक रक्तदाता क्ल्बको आयोजनामा वीरगंजमा रक्तदान कार्यक्रम गरिएको छ ।
बढ्दो गर्मिका कारण रक्त सञ्चार केन्द्र वीरगंजमा दिनानुदिन रगत अभाव भएकाले अकास्मिक रक्तदान गरिएको आकस्मिक रक्तदाता क्लवका सचिव राजन श्रीवास्तवले बताए ।
रक्तसञ्चार सेवा केन्द्रबाट बिरामिहरुलाई सेवा पुर्याउन अत्यन्तै कठिनाइ भईरहेकाले तत्कालै आकस्मिक रक्तदान कार्यक्रम गरिएको उनको भनाई छ ।
कार्यक्रममा ४ महिला सहित ६८ जनाले रग्तदान गरेका रक्तदाता क्लबका संयोजक एव ब्लड डोनर्स एसोसिएसन नेपालका सचिव अरबिन्द सिंहको सभापतित्वमा समपन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी,सहायक प्रमुख जिल्ला अधिकारि नेत्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अरबिन्द सिह, राजन श्रीवास्तव, प्रभाकर गुप्ता, अन्नु श्रीवास्तव, सुजिता थापा, सुश्मा महर्जन, करन यादव, सुशील ठाकुर, राजु कुमार, निरज शाह, मनोज गुरुङ, सुरेन्द्र यादव, महेस शाह, अखलेस कुमार, बिकेस पटेल, राजेन्द्र कुमार लगायतले रक्तदान गरेका थिए ।