आज अषाढ १५ अर्थात धान दिवस ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ यसवर्ष १६ औं धान दिवस देश व्यापी रुपमा मनाईदै छ । यस दिनलाई किसानहरुले माना छरेर मुरि उब्जाउने दिनको रुपमा पनि लिने गरेका छन् ।
किसानहरुले आजको दिनमा सम्पुर्ण धान रोपाई सकाएर बिट मार्ने दिन जस्तै लिदै आए पनि हरेक वर्ष झै यसवर्ष पनि पानी अभावले अझैपनी पुर्ण रुपले धान रोपाई सुरु हुन सकेको छैन् ।
पर्सा जिल्लाको विभिन्न स्थानीय तहले १६ औँ राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाई समपन्न गरेको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नंं. ५ मा समेत दान दिवसको अवसरमा धान रोपाई समपन्न गरेको छ । धान उत्पादनमा देशमै अग्रणी मानिएको पर्सा जिल्लामा गत आर्थिक वर्ष १७ प्रतिशत बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए ।
हरेक वर्ष जिल्लाका प्रमुखहरुको उपस्थितिमा हुने धान रोपाई दिवसले पर्सा जिल्लामा भने खासै रौनकता पाएनन् । बहुदरमाई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा खेतधनीलाई जानकारी समेत नगराई धान दिवस मनाइएको छ । जग्गा धनी रामलखन कुशवाहाले १५ कठा खेतमा रोपहार लगाई खेती गराईरहेको खेतमा आयोजक बहुदरमाई नगरपालिका व्यानर लिदै सोझै दिवस मनाउन पुगेको थियो ।
गतवर्ष झै यसवर्षपनी नेपाल सरकारको अनुदानमा जिल्लाको विभिन्न स्थानमा बोरिङ्ग पम्प लगाए पनि संचालन हुन नसक्दा प्रत्येक वर्ष झै यस वर्ष पनि किसानले आकाशे पानिको भर पर्दै धान रोपाई गर्नुपर्ने देखिन्छ ।
सरकारले २०६० सालदेखि धान दिवसको रुपमा मनाउदै आएको भएपनी यस दिनमा किसानको कुनै लगाव देखिन्न । किसान दर्जनौँ समस्याका बावजुद अफनो बालिको अनुकुल खेतमा कसैले विउ काटने, रोप्ने कसैले बालि लाउने गर्दछन् भने अफना दुःख समस्या विर्सि रोपाहार र बालि लाउनेले एक आपसमा हिलो छयापाछयाप गरि धान रोप्ने अर्थात माना छरेर मुरि उब्जाउने गर्दछन् ।
पुर्वदेखी पश्चिम नेपाल सम्म विश्वकै सबैभन्दा अग्लो ठाउँमा धान फलाउने जुम्ला होस या तराई भेगका फाँटहरुमा हुन्, धानु उब्जाउनुको शैली एकै हुन् । यी शैली झै नेपाली किसनका पिडा पनि एकै हुन् । कहिले धान रोप्दा पानी नपर्ने, खडेरी हुने, किरा लाग्ने, कहिले मल, खाद र विऊको अभावले समेत सताउने गरेको हुन्छ ।
पर्सा जिल्ला लगायत तराई क्षेत्रमा मुख्यगरि सोना मन्सुली धानको चैत्र, भदौँ र मंसिरमा गरि तीन बाली उत्पादन गरिन्छ । सोना मन्सुली धानमा किरा र रोग लाग्न थालेपछि किसानहरुले त्यसको विकल्पमा स्वर्णसब १ नामक जातको धान उत्पादन गर्न थालेका छन् । नयाँ सिफारिश गरिएका धानका जात, सुख्खा र डुबान सहन सक्ने, रोग र कीरा नलाग्ने खालको र उत्पादन पनि बढ्ने भएकाले यो जातको धानको बीउ छनोट गर्न कृषि प्राविधिकहरुको सुझाव पनि दिने गरेका छन् । तराईको बारा, पर्सा, रौतहट लगायतका किसाले माटो र हावा पानीका लागि राम्रो मानिएको हर्दिनाथ १, स्वणर््ाँसब १ र सोनामन्सुली जातको धानखेति गर्दै आएका छन् ।
यसैगरी कृषि औजार अनुसन्धान केन्द्र वीरगंजले समेत आज धान दिवस मनाएको छ । वीरगंज श्रीपुर स्थित कार्यालय परिसरमा विभिन्न कार्यालय प्रमुखहरुको उपस्थितिमा धान रोप्दै दिवस मनाएको हो । धान बाली देशकै समृद्धिका लागी भएकाले यसको वैज्ञानिक विस्तार आजको आवश्यक्ता रहेको बताएका थिए ।