ग्रामिण र विकटको कुरा होइन । वीरगंज महानगगरपालिकाको पुरानै वडा भित्रको हदै दयनीय अवस्थाको कुरा हो यो । जहाँ नेपालको विभिन्न तहमा आशिन ७ उच्च ओहदाका व्यक्तिहरु आशिन छन् । उनीहरुलाई जनताले नै जिताएर उच्च ओहदामा पु¥याएका पनि हुन् । तर वडावासीले ती उच्च पदस्थ व्यक्तिको अगुवाइमा आफ्नो ठाउँको स्तरीयताको महसुस भने गर्न पाएका छैनन् । गएका ४ महिनादेखि धुलो र हिलोमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ का वडावासीको दिनचर्या वितिइरहेको छ । दुवै वडालाई जोड्ने सडकको अवस्था तस्बिरले पनि आफै बोलिरहेको छ । यिनै वडामा प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दीदेखि सांसद प्रदिप यादवसम्मको घर पर्दछ ।
प्रदेश नम्बर २ को एकमात्र महानगरका नगरप्रमखुको घर पनि यो सडकभन्दा धेरै टाढा भने घर छैन । दूरावस्था भएको सडको पारीपट्टि उनको पनि घर छ । तर त्यो सडकको दूरावस्थाले भने त्यो सडकभएर हिड्ने हरकेको मन दुःखने गर्दछ ।
यसको अलावा वडा नं. १३ का वडा अध्यक्ष तुफान अंसारी, पश्चिम तर्फ वडा नं. १२ मा जिल्ला समन्वय समितिका पर्साका सभापति नेक महम्मद अंसारी आसिन हुन्छन् । नजिकै वडा नं. १२ का वडा अध्यक्ष रामदरस कुशवाहा बस्ने घर छ । तर ७/७ जना उच्च ओहदाका व्यक्ति आसिन वडाको सडक विगत ४ महिनादेखि अलपत्र हुदाँ आम सर्वसाधारण वाहेक उनीहरुको ध्यान नगएको स्थानीयले गुनासो गरे ।

जीर्ण सडकमा दैनिक हिडडुल गर्न धेरै गाह्रो भएको स्थानीय महमुद अंसारीले भने, सडक छेउमै घर पर्छ । चेलिबेटिहरु कहिले लडेको देख्छु कहिले आफ्नै घरका सदस्य लडेर आउँछन् । भनेर थाक्यौ कतिपटक वडामा गयौँ, मेयरलाई भन्यौँ सडक जस्ताको त्यस्तै छ । खै कहिले बन्ने कुनै ठिगान छैन उनले भने ।
यस्तो प्रतिकृया दिने महमुद अंसारी त प्रतिनिधि पात्र मात्र हुन् । स्थानीय अखिलेश साह पनी सडक विग्रेकाले विहानै पढ्न जाने विद्यार्थी भाइवहिनिहरुलाई निकै सास्ती हुने गरेको बताउँछन् । विहानीसत्र भएकाले विद्यालय जानै प¥यो । राति पानी परेको हुन्छ स्कुल पुग्नु अगाडी लडेर घर फर्कने गर्छन् विद्यार्थीहरु । साह्रौ नरमाइलो लाग्छ । खासगरी वृद्ध, बच्चाहरु बाटोदेखि साह्रै पिडित छन् उनले भने ।
वीरगंजमा एशियाली विकास बैकद्वारा सञ्चालित एडिबि परियोजना अन्र्तगत अन्डर पास नाला निर्माण भईरहेको छ । सडकको विच बाटो भएर निकालिएको नाला निर्माणको काम ३ महिना अगाडी नै सम्पन्न भइसकेपछि अझै सम्म माटो, ग्रेभल तथा पिच नबनाएकाले स्थानीय पिडित बनेका साहको तर्क छ । वर्षा अगावै सम्पन्न गरिसक्ने काम भए पनि अझैसम्म माटो पुर्ने, ग्रेभलिङ्गको काम समेत सुरु नगरेकाले वर्षाका बेलामा आम सर्वसाधारणले अझ सास्ती खेप्नु पर्ने देखिन्छ उनले भने ।
उच्च ओहदाका ७/७ जना आशिन व्यक्तिहरुको वडामा यति धेरै पिडा खेप्नु पकै पनि सम्बन्धित व्यक्तिका लागी सुखद् पक्ष भने नभएको वडावासीको तर्क छ ।