दंगल चलचित्रबाट ख्याती कमाएकी बलिउड अभिनेत्री जाइरा वासिमले बलिउडबाट सन्यास लिएकी छिन्।
१८ वर्षीया जाइराले धर्मको नाममा आफ्नो कलाकारितालाई त्याग गरेकी हुन्। चलचित्र दंगलमा आमिर खानको छोरीको भूमिकामा जाइराले सन् २०१६ मा अभिनय गरेकी थिइन्।
त्यसबेला उनको अभिनयको निकै चर्चा चुलिएको थियो। उनले सन् २०१७ मा दङ्गलको भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जितेकी थिइन्। उनले सिक्रेट सुपरस्टारको भूमिकाका लागि पनि अवार्ड जितिन्।
तर एकाएक कलाकारितामा जम्ने उमेरमा मुश्लिम धर्ममा आस्था भएकी जाइराले बलिउड त्यागेको घोषणा गरेकी हुन्।
आइतबार मात्र उनले इन्स्टाग्राममा आफूले अब अभिनय नगर्ने भनेर लामो स्टाटस पोस्ट गरेकी थिइन्। सुरुवातमा उनको इन्स्टा अकाउन्ट ह्याक भएको बताइए पनि पछि उनी आफैंले यो विषयलाई पुष्टी गरिन् कि उनले कलाकारिता छाडिन्।
कलाकारिता त्याग्नुको कारणर:
‘आफ्नो आत्मासँग लामो समय लडाइँ लड्नुपर्ने यो यात्रा थकानपूर्ण रह्यो,’उनले आइतबार फेसबुकमा लेखेकी छन्,“जब मैले यहाँको कुरा बुझ्न थाले र मैले मेरो समय, मिहेनत र भावना दिएको कुराहरूको अर्थ खोज्न थालेँ एवम् नयाँ जीवनमा भिज्न प्रयास गरे तब बल्ल मलाई थाहा भयो कि म सायद यहाँ अटौँला तर यो मेरो स्थान होइन।’
‘यहाँ मैले धेरै माया, समर्थन र प्रशंसा पाएँ। तर म चुपचाप र थाहै नपाई इमान, धार्मिक विश्वासबाट बाहिरिएँ र यसले मलाई अनभिज्ञताको बाटोमा लग्यो। मेरो इमानसँग नियमित दखल दिने वातावरणमा काम गरिरहँदा मेरो धर्मसँगको सम्बन्ध खतरामा पर्यो।’-सौजन्य