संगिता दास वीरगज महानगरपालिकाको लागी अव भने नौलो नाम पक्कै होईन गएको स्थानिय निकाएको निर्वाचनमा निर्वाचित वडा नं ३ को वडा सदस्य रहेकी दासको जन्म २०४६ साल भदौ १० गते वीरगंज निवासी बुवा बिद्या दास, तथा आमा कान्ती देवीको जेठो सन्तानको रुपमा भएको हो । बुवा नगरपालिकामा सवारी चालकको पदमा कार्यरत तथा आमा सोही कार्यालय कार्यालय सहयोगी पदमा रहेकोले आफु दलित समुदायको भएता पनि पारिवारिक अवस्था सबल रहेको र बाल्यकाल एकदमै सुखमय बितेको उनले बताईन । वीरगंजको पन्नालाल विद्यालयबाट २०६५ सालमा विवाह भएको र त्यो बेला भर्खर एसएलसी दिएर बसेको उनले बताईन । पहिला पहिला छोरीलाई बढाउने चलन थिएन झन म दलित परिवारको भएर पनि पढ्न बुवा आमाको सहयोगले सफल भएको उनले बताईन । बुवा नगरपालिकामा जागिरे भएकोले वहाँले पढाईको महत्व बुझनु भएको थियो । बाहिरी वातावरण वहालाई थाहा भयो र त्यसमा आमाले पनि सहयोग गर्नु भयो । छोरीलाई पढाउनु पर्छ भनेर वहाँको मानसिकतामा रहयो । मेरो विहे गराउने मान्छेले केही झुठासाचो बोलेर बिहे गराई दियो । जव म विहे गरेर घर गए त्यहाँ स्थिति त्यती ठिक थिएन । अनि मेलै श्रीमानसंग भने की मैले पढेलेखेर केही गर्नु पर्छ । अनि वहाँको सहयोगमा मैले आफनो काम र पढाईलाई अगाडी बढाए अहिले मैले आ¥नो अध्यय्न स्नातक सम्म गरिसकेको छु । उनले गर्ब गदै बताईन स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको आगमन र उत्साहप्रद उपस्थितिले समाजमा पछाडी पारिएका तथा दलित र अवसर, श्रोत र पहुँचबाट वञ्चित रहेका महिलाहरुको अर्थपुर्ण सहभागीताको लागि धेरै कामहरु गर्न सकिने कुरा अहिले बुझेको बतार्ईन । महिलाहरुका लागि विभिन्न किसिमका समान तथा विशेष अधिकारहरु संविधानले प्रदान गरेतापनि त्यसको प्राप्तिका लागि स्थानीय तहमै जागरुकता तथा अग्रसरताको खाँचो अझै पनि रहेको गुनासो गरिन । संघीय संरचना अन्र्तगत स्थानीय तहलाई विभिन्न किसिमका अधिकारहरु प्रत्याभुति गरेको भएतापनि आवश्यकता अनुसार अन्य नीति नियमहरु पनि गाउँ तथा नगरपालिकाहरुले तर्जुमा गर्न सक्नु पर्नेमा जोड दिईन । आजको अंकमा मध्य नेपालको लागी वीरगजमहानगरपालिका वडा नम्वर ३ को निर्वाचित वडा सदस्य संगिता दास संग समसामयिक बिषयमा गरिएको कुराकानी :
१) समग्रमा तराईको दलित महिलाको अवस्था कस्तो पाउनु भएको छ ?
म पहिला शिक्षिकाका रुपमा काम गर्दा बाहिरको बारेमा मलाई त्यती धेरै थाहा थिएन तर राजनिति आए पछि समाजलाई नजिकबाट हेर्ने अवसर पाए । महिलाहरु एकदमै पिडित छन त्यसमा झनै पिडीत दलित महिलाहरु रहेका छन । हाम्रो जातिमा झन जाड रक्सी खाने रातिमा घर आएर श्रीमतीलाई कुटपिट गर्ने चलन बढी छ । महिला माथी हुने घरयासी हिंसाहरु बाहिर आउने सकेको छैन । दलित महिलाहरुको अवस्था एकदमै नाजुक रहेको पाए ।
२) शिक्षिका हुदाँ र राजनितिमा आउदाँको जिवनमा के फरक पाउनु भएको छ ?
पहिले र अहिलेमा धेरै फरक छ । शिक्षिका हुदाँ बच्चाहरुको मात्र जिम्मेवारी थियो । उनीहरुलाई मात्र सम्झाउथे , पढाउथे । अहिले त समाजको जिम्मेवारी थपिएको छ । अहिले सवैलाई सम्झाउछु । सवै समस्या समाधान गर्न नसके पनि सम्बन्धित निकायमा पु¥याउन सहयोग गर्छु । अहिले म भित्र पावर र शक्त्ती पनि आएको महशुस गर्छु ।
३) शिक्षिकाको जागिरबाट राजनितिमा प्रवेश गर्ने बेलामा घरपरिवारबाट कस्तो प्रतिकृया पाउनु भयो ? सजिलो वा कठिनाई के भयो ?
राजनितिमा प्रवेश गर्ने बेलमा मेरो भाईको सहयोग महत्वपुर्ण रहयो । मेरो टोलमा धेरै नेता ज्युहरु हुनु हुन्छ वहाँहरु प्रति आम जनताको सोच सकारात्मक छैन । हाम्रो आर्थिक अवस्था पनि सामान्य छ म यसमा सक्दिन भन्दा पनि भाई बुवा आमाले सहयोग गर्छाै भन्नु भयो । अहिले अवसर छ अगाडी बढन सकिन्छ भनेर सवैजनाको सुझाव र सहयोग आएकोले म सजिलै यस तर्फ मोडिए । राजनितिमा आउदाँ श्रीमानको पनि सकारात्मक सहयोग मैले पाए ।
४) स्थानीय तहको निर्वाचनमा धेरै महिलाहरु जनप्रतिनिधि हुनु भएको छ वहाँको जनचेतनाको स्तर कस्तो पाउनु भएको छ ?
१ देखि ३२ वडामा महिला र दलित महिलाहरु निर्वाचित भएर जनप्रतिनिधिको रुपमा आउनु भएको छ । वास्तवमा कतिपय जनप्रतिनिधीहरु निर्वाचित हुनु पुर्व घरमा गृहिणीको रुपमा हुनुहुन्थ्यो । वहाँहरुलाई राजनिति कुरा त्यती थाहा थिएन, बोल्न जान्नु भएको थिएन तर अहिले विस्तारै परिवर्तन हुदै गईरहेको छ । सभा सम्मेलनमा माईकमा बोल्न नसके पनि विस्तारै बैठकहरुमा आफनो वडाको छलफला बोल्न थाल्नु भएको छ । तर सोचेको र जनचाहाना अनुरुप अगाडि बढेर कार्य गर्न सकिरहेका छैनन् । अहिले पनि घरको काममा बढी सयम दिईरहनु भएको छ तर बिस्तारै परिवर्तन भईरहेको छ ।
५) तपाईको वडामा वडाअध्यक्ष पुरुष हुनुहुन्छ । तपाईले महिलाको हकमा ल्याउने योजना, कार्यक्रमहरु वा अन्य विषयमा तपाईको कुरा कतिको सुनिन्छ वा महिला भएकै कारण पन्छाईन्छ ?
हम्रो ३ नम्वर वडामा त्यस्तो छैन । हामी ५ जनाको सल्लाह अनुसार नै योजनाहरुको बाडफाँड हुन्छ । हाम्रो वडामा एक जना कार्यपालिका सदस्य हुनुहुन्छ वहाँलाई समेत हामी राखेर योजना बनाउछौ । सवै सल्लाह अनुसार नै हुन्छ । महिला भएकै कारण योजनामा सहभागि नगराउने वा अध्यक्षले एकलौटी रुपमा गर्ने त्यस्तो छैन ।
६) जनताको काम गर्नका लागि जनताले तपाईहरुलाई मत दिएर तर तपाईहरु विच नै कुटाकुट हुने अवस्था छ यसलाई के भन्नु हुन्छ ? यस्तो अवस्थामा जनताको काम कसरी प्रभावकारी हुन्छ ?
होईन, अरु ठाउँमा होला तर अहिले हाम्रो वडामा त्यस्तो छैन । सामान्य विवाद त भईरन्छ तर जनताको काम रोकिएको छैन । हामीले पनि आफनो वडाका कामहरु छन जुन हामीबाट हुन सक्दैन त्यस्तो काम लिएर मेयर सावको जान्छौ वहाँले गरि दिनु हुन्छ ।
७) प्रत्येक वडामा एक जना दलित महिला जनप्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको छ , वहाँहरुको अवस्था कस्तो ? तपाई त शिक्षित हुनुहुन्छ तर सवै जना सक्षम हुनुहुन्न वहाँहरुलाई सक्षम बनाउनका लागि के गर्दै हुनुहुन्छ र अगामाी दिनमा अझ के गर्नु पर्ला ?
सवै वडामा दलित महिला सदस्यहरु हुनुहुन्छ । बैठकमा वहाँहरुसंग मेरो भेटघाट भईरहन्छ । अव सवै जना एकै किसिमको हुनुहुन्न ।कोही सकृय रुपमा लाग्नु भएको छ भने कोही अलि कम सक्रिय हुनुहुन्छ । वहाँहरु मसंग भेटदा गुनासो गर्नुहुन्छ की मेरो वडाअध्यले मलाई बोलाएन ,मैले वहाँहरु जहिले पनि सम्झाउछु की बोलाएर मात्र जाने होईन । हाम्रो पनि दायित्व छ आफनो वडामा टोलमा भएका समस्याहरुको बारेमा वडाअध्यक्षलाई बताउने । जनताको समस्या भएको ठाउमा जाने भनेर सम्झाउदै आएको छु र आगामी दिनमा पनि अझ वहाहरुको क्षमता अभिबृद्धी हुने किसीमको कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको छु ।
८) तपाई महिला प्रतिनिधिको रुपमा हुनुहुन्छ , महिलाको लागि के के काम गर्नु भएको छ ? अगामी दिनको योजना के छ ?
शुरुमा त हामी पनि नयाँ थियौ केही कुराहरु थाहा थिएन । अहिले मैले आफनो वडामा महिलाहरु प्रौढ शिक्षा मार्फत घरबाट बाहिर निस्कने प्रेरणा दिएको छु । किन भने अझ पनि घुंघट प्रथा कायमै छ हाम्रो समुदायमा । महिलाहरुलाई सिपमुलक तालिम संचालन गरेर आत्म निर्भर बनाउने , घरमै भए पनि आम्दानी गर्ने किसीमको शिप विकास होस भनेर योजना बनाएका छौ । महिलाहरुमा जनचेतनाकोको अभाव छ हामीहरुले चेतनामुलक कार्यक्रम गर्ने पनि योजना बनाएका छौ ।
९) जनप्रतिनिधि आए पनि असारे विकासको चलन हराएको छैन, तपाई त जानकार महिलाहुनुहुन्छ , आफनो वडाको विकास कसरी गर्ने के सोच्नु भएको छ ?
हामी कहाँ मात्र होईन सम्मपुर्ण स्थानीय तहको अवस्था नै यस्तै छ । विभिन्न कारणले महानगरपालिका भित्र कामहरु श्ुास्त भईरहेका छन । अहिले नगर परिषद भईसक्यो । हामीले दिएको योजनाहरु बनेका छन । अव कार्यान्वयन हुन्छ ।
१०) निर्वाचनको समयमा गरकोे वाचा अनुसारको कति काम गर्न सक्नु भएको छ जस्तो लाग्छ ?
हामी निरन्तर रुपमा जनताको काममै लागिरहेका छौ तर विभिन्न अवरोधले गर्दा सवै काम गर्न सकेका छैनौ । अझ हाम्रो समय बाकी छ जनतासंग गरेको वाचा पुरा गर्छाै ।
११) अन्त्यमा वडा र नगरवासीलाई के भन्न चाहनु हुन्छ ?
हामी निर्वाचन भएको केही वर्षको समय सिकाईमै गयो तर अहिले हामी धेरै नियम प्रकृया बुझेका छौ अव काम द्रुत गतिमा हुन्छ । तपाईहरुको केही काम छ आउनुस हामी सक्छौ भने हामी वडाबाट गर्छाै नभए महानगरपालिकाबाट भए पनि काम गराउछौ । आशा गरे अनुसारको काम गरेरै जान्छौ थोर्रै समय लाग्न सक्छ ।